कालिम्पोङ हाफ म्याराथन आयोजना गर्न "रन विथ रोशनी फाउण्डेशन- पेदोङ समिति’ गठन।
कालिमन्युज, कालेबुङ 26 नोभेम्बर 2016। गोर्खे म्याराथन धावकहरु मार्फत गोर्खाहरुलाई चिनाउनु अनि गोर्खा धावकहरुलाई देशमा मात्रै होइन ओलम्पिकमा पनि भाग लिन योग्य बनाउने उद्धेश्य लिएर गठित रन विथ रोशनी फाउण्डेशनलाई सहयोग गर्न एक समितिको गठन गरिएकोछ।
गत २६ नोबेम्बर २०१६ पेदोङ जनता भवनमा, पेदोङका सम्पुर्ण सघं संस्थालाई लिएर “रन विथ रोशनी फाउण्डेशन” को एक जरुरी सभा डाकियो।
रुपेन राई, सचिव ‘पेदोङ युवा परिवार’ ले संचालन गरेको सभामा रोशनी राईले राष्ट्रिय अनि अन्तरराष्ट्रिय स्तरमा म्याराथन दौडेर् ख्याति प्राप्त गरिसकेको अनि पेदोङ लगायत जी टी ए (GTA) क्षेत्रको नाम रोशन गरेको बताँउदै बिगत दुई बर्षदेखि कालिम्पोङ हाफ म्याराथन, रोशनीको एकल प्रयासमा सम्पन्न भइरहेको अनि यस म्याराथनलाई अझ बढाएर लानको निम्ति एउटा समितिको नितान्त आवश्यकतालाई मध्यनजर राखेर आजको सभा डाकिएको जानकारी गराए।
सभामा धाविका रोशनी राईले ‘रन विथ रोशनी फाउण्डेशन’ बिगत २०१२ मा सथापित गरिएको अनि च्यारिटी ट्रष्ट महाराष्ट्रबाट पंजिकृत भएको जानकारी गराउदै प्रत्येक बर्ष पहाडबाट धावकहरुलाई मुम्बइ, हैदराबाद, चेन्नाइ, बंगलुरु, शिलाङ, दिल्ली आदीमा हुने म्याराथनहरुमा भाग लिन सहयोग गरेर लगिएको जानकारी दिइन। धावकहरुले प्रत्येक म्याराथनहरुमा भाग लिनजादा, ‘वि आर गोर्खास प्राऊड टु बि इन्डीयन’ स्लोगन रहेको टिसर्ट लाएर गोर्खाहरुको परिचय देशवाशी समक्ष दिएको जानकारी पनि दिइन। ‘
रन विथ रोशनी’ को मुख्य उदेश्य गोर्खा धावकहरुलाई ओलम्पिक प्रतियोगितासम्म लैजाने रहेको स्पष्ठ गराइन।
हालै २० नोबेम्बर २०१६ मा आयोजित दिल्लीहाफ म्याराथनमा ‘रन विथ रोशनी’ टिमले १४००० धावकहरु मध्ये दोस्रो, पाँचौ, आठौ अनि एघारौं स्थान ओगट्न सफल भएका थिए। रोशनी अनि टिमले सांसद एस एस आहलुवालीया, जीटी ए मुख्य कार्यकारी बिमल गुरुङ अनि सभासद रोशन गिरीलाई पनि दिल्लीमा नै भेटेका थिए। सांसद आहलुवालीयाले पहाडका धावकहरुलाई राष्ट्रिय अकादमीमा चयन हुन सहयोग गरिदिने आश्वासन दिएको रोशनीले सभामा जानकारी गराइन।
प्रत्येक वर्ष १ मइको दिन हुने कालिम्पोङ हाफ म्याराथनमा मुम्बइ, हैदराबाद, चेन्नइ, बंगलुरु, शिलाङ, दिल्ली साथै सिक्कीम, दार्जीलिङबाट पनि धेरै धावकहरुले भाग लिने गरेका छन्। यस म्याराथनमा पहिलो, दोस्रो अनि तेस्रो स्थानमा आउने पुरुषहरु अनि महिलाहरुलाई चयन गरि जनवरीमा हुने मुम्बइ म्याराथनमा लगिन्छ। म्याराथन आयोजना गर्नको निम्ति धेरै कुरोहरुको बन्दोबस्त गर्न पर्ने हुन्छ, जस्तै धावकहरुको पंजीकरण, बाटोमा धावकहरुलाई पानी, मेडिकल सुविधा साथै अन्य सुविधा हेतु नै सम्पूर्ण संघ सस्थाहरुलाई लिएर एउटा मजबुत समिति गठन गर्न नितान्त आवश्यक रहेको साथै सो समिति गठन पश्चात ‘रन विथ रोशनी फाउण्डेशन’ लाई धेरै टेवा पुग्ने सभामा सुझाव रोशनीले राखीन।
सभामा रुपेन राईले, जिल्ला खेल कुद बिभाग अनि जीटी एले यसबारे चिन्तन गर्नु पर्ने अनि यसको पहल गरिनु पर्ने अनि ‘रन विथ रोशनी फाउण्डेशन’ लाई सम्पूर्ण संघ सस्था, ब्यक्तिहरुले सहयोग गर्न पर्नेसभामा निवेदन ट्क्राए।
सभामा खाम्दोङ समाज कल्याण संघका सभापति डा लाछिरिङ भोटियाले यस संस्थालाई आगामी दिनको कार्यक्रमहरुमा सहयोग गरिने वचन दिदै, एउटा स्थायी समिति गठन गरिनुपर्ने सुझाउ राखे।
सभामा पि वाइ पि का सभापति डुक छिरिङले ‘रन विथ रोशनी फाउण्डेशन’ गोर्खा धावकहरुलाई अन्तरराष्ट्रिय स्तरमा पुराउनु सक्ने माध्यम रहेको जानकारी गराउदै, कालिम्पोङ हाफ म्याराथन आयोजना गर्न एउटा समिति गठन गरेर् भविष्यमा कतिपय कार्यक्रमहरुलाई सठिक रुपले कार्यमा परिणत गरिनु पर्ने जनाए।
पि वाइ एस एका सचिव सुरज मोक्तानले रोशनी राईलाई बधाई टक्राउदै, विगत दिनमा रोशनीले अन्तरराष्ट्रिय म्याराथन दौडेर आए पश्चात पि वाइ एस ए”का दुइ धावकहरु अमृत राई अनि सौरभ बयानर्जीले मुम्बइ म्याराथनमा ‘रन विथ रोशनी फाउण्डेशन’ को माध्यमबाट भाग लिसकेको जानकारी गराउदै “पि वाइ एस ए”ले ‘रन विथ रोशनी फाउण्डेशन’ लाई साथ दिने अवगत गराए।
सभामा हितकारी संघका प्रतिनिधि श्री उमानन्द शर्माले ‘रन विथ रोशनी पेदोङ समिति गठन’ भए पश्चात अगामी कार्यक्रमबारे हितकारी संघमा चर्चा गरिने साथै सघंलाई अगामी कार्यक्रमको निम्ति तयार रहने सुझाव राख्ने बताए ।
सभामा पेदोङ “आई डि सि सि” (Independence Day Celebration Committee) का सचिव तथा एडी एल आर ओ रोलेन सुब्बाले रोशनी राई पेदोङको मात्र नभएर सम्पूर्ण गोर्खाहरुको गौरव रहेको जानकारी गराउदै, उनलाई बधाइ टक्राए। कालिम्पोङ हाफ म्याराथन आयोजना गर्नको निम्ति “आई डी सी सी” को ढाँचामा एउटा समिति गठन गरिनु पर्ने अनि त्यस समितिले नै पूर्णभार लिएर आगामी कार्यक्रम तय गरिनु पर्ने अनि सोहि समितिले कतिपय प्रशासनिक कार्यक्रमको निम्ति तयार रहनु पर्ने जानकारी गराए।
सभामा गठन भएको ‘रन विथ रोशनी फाउण्डेशन- पेदोङ समिति’ का सदस्यगण यस प्रकार चुनिए- चिफ प्याट्रोन सरिता राई विधायिका कालेबुंग, प्याट्रन- दावा लेप्चा, सभासद, 40 समष्ठि, सभापति- विनय कुमार मोक्तान, उप सभापतिवर्ग- डा ला छिरिङ भोटिया, पि टि मोक्तान अनि सि पि शर्मा, सचिव- रोलेन सुब्बा, सह सचिववर्ग- रुपेन राई, सुरज मोक्तान अनि अबनेर राई, कोषाध्यक्ष- पदम गुरुङ
सह कोषाध्यक्षा- छिरिङ डेन्का भोटिया।
फाइन्यांस कमिटिमा बिनोद राई, नरधोज राई, दिलिप राई, सन्तोष कार्की, टिकाराम शर्मा, कृष्ण श्रीवास्तव, बीपी शर्मा, शुभमान राई, उमानन्द शर्मा, नरबहादुर गुरुङ, नोरछिरिङ लेप्चा रहेका छन्।
पेदोंग भेकका सम्पूर्ण बिधालय प्रमुख अनि सम्पूर्ण सघं संस्था प्रमुखहरुलाई पनि कार्यकारिणी समितिमा अंतर्भुक्त गर्दै थप सदस्यहरुपनि लगाउने सभाले निर्णय लिएकोछ।
0 Response to "कालिम्पोङ हाफ म्याराथन आयोजना गर्न "रन विथ रोशनी फाउण्डेशन- पेदोङ समिति’ गठन।"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.