-->
बेलायतकी राजकुमारी बिएट्रिस एलिजाबेथ कालेबुङमा.......  राज खान-दान र समाज सेवामा सहभागी बन्ने सौभाग्य प्राप्त गरेकी छु - बिएट्रिस एलिजाबेथ

बेलायतकी राजकुमारी बिएट्रिस एलिजाबेथ कालेबुङमा....... राज खान-दान र समाज सेवामा सहभागी बन्ने सौभाग्य प्राप्त गरेकी छु - बिएट्रिस एलिजाबेथ

राजकुमारी बिएट्रिस एलिजाबेथ
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 4 अक्टोबर। बेलायतकी राजकुमारी बिएट्रिस एलिजाबेथ मेरी आज कुनै हल्ला नगरी कालेबुङ आइपुगिन्।
सेतो पजेरो वाहनको पछिल्लो सिटमा बसेर कालेबुङ भित्रिएकी राजकुमारी बिएट्रिसलाई न त कुनै साइरनको आवश्यकता पर्‍यो न त पुलिसको लामोताँत सुरक्षाको नै आवश्यकता परेको थियो। सुटुक्क कालेबुङ आइपुगेकी राजकुमारी बिएट्रिस एलिजाबेथलाई कालेबुङ आइपुगेर तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दुक रूइतले गरिरहेको कार्य हेर्न हतारो थियो।
चुपचाप उनी यहाँको जामगोन कोङट्रूल आँखा जाँच केन्द्रमा आयोजित निशुल्क आँखा जाँच शिविर आइपुगिन् अनि भनिन् – ‘मलाई डा. सन्दुक रुइतको स्थलगत भ्रमण गरेर उनको कार्य हेर्न हतारो छ। यसै निम्ति म बढो उत्साहित छु’।
डा. सन्दुक रुइत सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार पाउने प्रख्यात नेपाली आँखाका डाक्टर र तिलगंगा आँखा केन्द्रका निर्देशक हुन। रुइत बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति 'रुईतेक्टोमी'का सुरुवातकर्ता पनि हुन।
उनले आपनै हातले एक लाखभन्दा बढीको मोतिबिन्दु शल्यक्रिया गरेका छन्। विश्वकै चर्चित आँखा डा. रूइत यहाँको जामगोन कोङट्रूल आइ सेन्टरमा सोम्बारदेखि आयोजित तीन दिवसीय निशुल्क आँखा जाँच शिविरमा आँखामा रोगिहरूको जाँच गर्नमा व्यस्त थिए। आफ्नो कार्यप्रति खुबै लगनशिल रहेका डा. रूइतले बिरामीहरू जाँच गरिरहेको अवस्थामा राजकुमारी आइपुगे पनि उनी आफ्ना बिरामीहरू छोडेर बाहिन निस्केनन्।
राजकुमारी बिएट्रिस एलिजाबेथको स्वागत् गर्दै एक लामा
यसक्रममा जामगोन कोङट्रूल आँखा जाँच केन्द्रका प्रभारीले पत्रकारहरूलाई भने –‘डा. आफ्ना कार्यमा व्यस्त भएको समय कसैलाई भेट्दैनन्। आफ्ना कार्य पुरा गरेर मात्र उनले भेट गर्छन्’।
डा. रूइतलाई काठमाडौँको तिलगंगा आँखा केन्द्रमा नै भेट गर्ने राजकुमारीलाई उनको कार्यले खुबै प्रभावित बनाएको बताइन्। ‘काठमाडौँको तिलगंगा आँखा केन्द्रमा एकजना बालकको डबल कोर्निया सर्जरी भएको थियो। आफ्नो दृष्टि गुमाइसकेका उक्त बालकले सर्जरी पछि पुन: दृष्टि पाएर स्कुल जान पाएका थिए। उनको कार्य काठमाडौँको केन्द्रदेखि बाहिर गएर गरेको हेर्ने ईच्छा मलाई जागेको थियो। सोहि कारण आज यहाँ स्थलगत भ्रमण गरेर डा. रूइतको कार्य हेर्न अनि उनलाई भेट गर्न कालेबुङ आइपुगेकी हुँ’ – राजकुमारीले भनिन्।
राजकुमारी बिएट्रिस एलिजाबेथलाई स्वागत गर्दै एक वृद्धा
पहिलोचोटी कालेबुङ आएकी बताउने ‘क्वीन एलिजावेथ II’ की पाँचौ नातिनी 28वर्षोय राजकुमारीले डा. रुइतबारे उनै समुहद्वारा जानकारी प्राप्त गरेकी थिइन्। त्यसपछि काठमाडौँको अस्पतालमा उनको कार्य देखेपछि उनी प्रभावित बनेको बताइन्। त्यसै समयदेखि डा. रूइतले समाज निर्माणको निम्ति निर्माण गरेको आँखा जाँच केन्द्रहरूमा उनले गरेको कार्यहरू हेर्ने उत्कट चाहना जागेको उनले अझ बताइन्। जुन सौभाग्य आज कालेबुङमा आएर हेर्ने अनि कालेबुङको दृष्य अवलोकन गर्ने मौका समेत प्राप्त भएको उनले अझ जनाइन्। डा. रुइतको स्थलगत भ्रमण गरेर कार्य हेर्ने सौभाग्य प्राप्त गर्नु आफ्नो निम्ति खुबै खुशीको क्षण सम्झने राजकुमारीले कालेबुङमा आएर समाज सेवाको कार्य देखेर प्रफुल्लित बनेको जानकारी गराइन्।
‘म एकजना सौभाग्यशाली व्यक्ति हुँ किन भने मैले राज खानदान र समाज सेवा दुवैमा सहभागी मौका प्राप्त गरेकी छु’ राजकुमारी बिएट्रिस एलिजाबेथ मेरीले अझ भनिन्।

उमेश तामाङ, कालेबुङ, 4अक्टोबर: 61 वर्षोय सन्दुक रुइत नेपालका ख्यातीप्राप्त आँखा डाक्टर हुन्। नेपालको तिलगङ्गा आँखा केन्द्रका उनी निर्देशक हुन्। अहिलेसम्म उनले 1 लाखभन्दा बढी मानिसहरूको आँखाको अप्रेशन गरिसकेका छन्। विशेष च्यारीटी मार्फत् नै बेसी कार्य गर्ने डा. रुइतले 2006 मा रमन म्याग्सेसे पुरस्कार प्राप्त गरिसकेका छन्। उनी विश्वविख्यात सरल अनि कम लागतको मोतीविन्दु चिकित्सापध्दती रुईतेक्टोमी- का शुरुवातकर्ता हुन्। 
डा. रुइतको सम्बन्ध भारतसित शुरुवातदेखि रहेको छ। ताप्लेजुङको ओलाङचुगोबाट पढन भनि 15 दिनसम्म हिडेरै दार्जीलिङ आइपुगेका डाक्टर रुइतले केही समय सेन्ट रोबर्टस् स्कूल दार्जीलिङमा पनि अध्ययन गरेका थिए। भारत-चीनको युद्ध अवधि दार्जीलिङबाट फर्केर नेपाल पुगेपछि उनले नेपालमा नै शिक्षार्जन गरेका थिए। पछि आएर भारतकै लखनउस्थित किङ्ग जर्ज मेडीकल कलेजबाट उनले एमबीबीएस गरेका थिए। त्यसपश्चात नेपालमा नै कार्य गरेपछि उनले अष्ट्रेलियामा एकवर्ष पुन: अध्ययन गर्न गएका थिए। 
अस्ट्रेलियामा रहेको समय उनलाई त्यहाँ कार्य गर्ने प्रस्तावहरू आएको भए पनि उनले नेपाललाई नै प्राथमिकता दिएर नेपाल नै फर्किएका थिए। नेपाल आएपछि उनले अस्ट्रेलियाका डा.हलोजसित मिलेर तिलगङ्गा आँखा केन्द्रको स्थापना गरेका थिए। 1994 मा स्थापित यो केन्द्र अहिले आएर मानव संसाधन तालिम केन्द्र बनेको छ। आजसम्म एक लाखभन्दा बढी मानिसहरूको मोतीबिन्दुको उपचार गरेर दृष्टि प्रदान गर्ने डाक्टर रुइतको उपचार पध्दतीलाई अहिले अमेरिकाले पनि मेडीकल स्कूलहरूमा पढाइ रहेको छ। उनलाई विश्वले नै वर्तमानमा मोतीबिन्दुको उपचार गर्नसक्ने उत्कृष्ट डाक्टरको रुपमा मानिलिएको छ।

Related Posts

0 Response to "बेलायतकी राजकुमारी बिएट्रिस एलिजाबेथ कालेबुङमा....... राज खान-दान र समाज सेवामा सहभागी बन्ने सौभाग्य प्राप्त गरेकी छु - बिएट्रिस एलिजाबेथ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.