-->
कालेबुङमा डेंगु रोग लक्षण , आशंका

कालेबुङमा डेंगु रोग लक्षण , आशंका

डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 अक्टोबर। कालेबुङमा यसवर्षको पहिलो डेंगु (उच्चारण -डेङ्गी) रोगको मामिला अघि आएको छ। महकुमा अस्पतालमा तीनजना रोगीहरूलाई डेङ्गी रोगको प्राथमिक लक्षण देखा परेपछि पहिलोपल्ट डेङ्गी  रोगको मामिला प्रकाशमा आएको हो। 
डेङ्गी रोग लागेका सम्भावित बिरामीहरू क्रमैले छोडेन मोलम्मो(31), जेरियम मोलम्मो(7) अनि नाहुमहाङ सुब्बा(74) रहेका छन् भने उनीहरूको रक्त परिक्षणका निम्ति महकुमा अस्पताल कर्तृपक्षले सिलगडी पठाएको छ। अस्पताल कर्तृपक्षले पठाएको रक्त जाँचको रिपोर्ट आएपछि मात्रै उक्त रोगीहरू डेङ्गी रोगले सङ्क्रमित थिए थिएनन् भन्ने पुष्टि हुने भएको छ। यद्यपी यहाँ नै गरेको रक्त परिक्षणमा भने उनीहरूको रक्त नमुनामा डेङ्गी रोगको लक्षण देखा परेको हो। 
डेङ्गी रोग लागेको अनुमानमा उक्त तीनजना बिरामीहरूलाई अहिलेघरी महकुमा अस्पतालमा विषेश देखरेखमा राखिएको छ। यसबारे कालेबुङ महकुमा अस्पतालका स्वास्थ्य अधिकारी अङ्कन सिमलाङदीले जानकारी दिएका हुन।

डेङ्गी ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने र शीतोष्ण तथा समशीतोष्ण भूभागमा फैलिने रोग हो। यो रोग डेङ्गी भाइरसका कारणले लाग्ने गर्दछ। सामान्यतया डेङ्गी भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्।
यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा हातखुट्टाका जोर्नीहरू र शरीरमा पीडा हुने, खाना खान मन नलाग्ने, पखला आउने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्।
सबै लक्षणहरु देखा परेपछी मात्रै २/३ दिन पछि शरिर् झन शिथिल हुँदै जान्छ। डेङ्गी भए पछि पानी धेरै खाने, बढी हरियो फलफुल र सागपातहरु खाने, ग्यास भरिएको पानी जस्तै 100 प्लसहरु पनि बढी नै खाने गर्नुपर्छ।
यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ। केही बिरामीहरूमा यो रोग विकसित (डेङ्गी हेमोरेजिक फिबर) भएर रक्तस्राव हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ। यो अवस्थामा रक्तस्राव हुने मात्र नभइ रगतमा प्लेटेलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ। त्यस्तै डेङ्गीको अर्को विकसित रूप डेङ्गी सक सिन्ड्रोम पनि हो। यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ।
डेङ्गी धेरै प्रजातिका लामखुट्टेहरूका माध्यमबाट मानिसहरूमा सर्न सक्छ।
यो रोगका भाइरसहरू पाँच प्रकारका छन्। यी मध्ये कुनै एकको सङ्क्रमण भएपछि हाम्रो शरीरले जीवनभरका लागि त्यस प्रजातिको भाइरसका विरुद्ध प्रतिरोध क्षमता प्राप्त गर्दछ। तर यस्तो प्रतिरोध क्षमताले अन्य प्रजातिका भाइरसका विरुद्ध छोटो अवधिका लागि मात्रै काम गर्छ। एकपछि अर्को गरी लगातार हुने सङ्क्रमणले गम्भीर जटिलताको खतरालाई बढावा दिन्छ। डेङ्गीको पहिचानको टुङ्गो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन्। यस्ता परीक्षणहरूमा बिरामीको रगतमा डेङ्गीको भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टिबडी वा उक्त भाइरसको आरएनए पत्ता लगाउने गरिन्छ।
भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेङ्गी छ भने मुखबाट वा नसाबाट(इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ। गम्भीर खालको डेङ्गीको उपचार गर्न बिरामीलाई रगत दिनु आवस्यक हुन सक्छ। यो रोगका कारण प्रत्येक वर्ष करीब पाँचलाख मानिसहरू अस्पताल भर्ना हुने गरेका छन्। डेङ्गी लागेको बेलामा आइबोप्रोफिन जस्ता नन्स्टेरोइडल एन्टि इन्फ्लामेटरी औषधिहरू प्रयोग गर्नु हुँदैन। यो रोग छिप्पिन तीनदेखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले ४ देखि ७ दिनमै पूर्णता पाउँछ। त्यसैले डेङ्गीको जोखिममा रहेका स्थानहरूमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेङ्गी वा अन्य लक्षणहरू देखापर्ने सम्भावना हुँदैन।

0 Response to "कालेबुङमा डेंगु रोग लक्षण , आशंका"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.