
डेङ्ङी रोगको आस्ंका गरिएकाहरुमा यो रोग नलागेको प्रमाणीत्
क़ालिमन्युज, कालेबुङ 22 अक्टोबर। गत हप्ताहदेखि ज्वरो र डेङ्ग़ी रोगको आशंकामा उपचाराधिन तिन रोगीहरु डेङ्ग़ी रोगले सङक्रामित् नरहेको प्रमाणीत भएकोछ।
आज अबेर गरि सिलगडीबाट आएको उनीहरुको रक्त परिक्षणको रिपोर्ट अनुसार आमा छोडेन मोलम्मो(31), छोरो जेरियम मोलम्मो(7) अनि नहुमहाङ सुब्बा(74) तिनैजनाको रक्तमा डेङ्ङी रोगको जीवाणु नभेटिएको बताइएकोछ।
कालेबुङ महकुमा अस्पतालमा भर्ना भएका तीनजना प्रचण्ड ज्वरोले पिडीत रोगीहरूमा डेङ्ङी रोगको प्राथमिक लक्षण देखा परेपछि उनीहरूको रक्त परिक्षणका निम्ति महकुमा अस्पतालका कतृपक्षले सिलगडी पठाएको थियो।
रक्त जाँचको रिपोर्ट आएपछि उक्त रोगीहरू डेङ्ग़ी रोगले सङ्क्रामित थिएनन् भन्ने पुष्टि भएको छ। यद्यपी यहाँ नै गरेको प्राथमिक रक्त परिक्षणमा भने उनीहरूको रक्त नमुनामा डेङ्ङी रोगको लक्षण देखा परेको थियो। अस्पतालका अधिकारीहरु अनुसार यहाँ डेङ्ङी रोगको रक्त परिक्षणको उचित उपकरण र व्यवस्था उपलब्ध छैन।
प्रत्येक साल संसारमा लगभग 10 करोड़ मानिस डेङङी रोगको शिकार हुंन्छन। भारतमा पनि प्रत्येक साल डेङङी ज्वरोको कारण धेरैजनाको मृत्यु हुने गर्छ ।
डेङङी के हो?
डेङङी ज्वरो एक भाइरल रोग हो जसका 4 प्रकार छन । रोगीलाई कुनै एक प्रकारको भाइरसले संक्रमण गर्ने गर्छ। कुनै एक प्रकारको भाइरसले संक्रमित रोगीलाई त्यो भाइरसले पुन आक्रमण गर्न सक्तैन तर अन्य डेङङी भाइरसले भने आक्रमण गर्न सक्छ। यो प्रतिरोध इम्युनिटी क्षमता लामो समयसम्म रही रहन्छ। तर पुन यो डेङङी रोगको अर्को भाइरसले संक्रमण गर्यो भने त्यो संक्रमण गम्भीर् हुन सक्छ जसलाई Dengue Hemorrhagic Fever भनिंन्छ्।
डेङङी ज्वरो कसरी संक्रमित हुन्छ्
डेङङी ज्वरो हावा, पानी, संगै खाने या छूने कारण फैलिन्दैन। डेङङी ज्वरोले संक्रमित स्त्री जातीको Aedes aegypti नामक लामखुट्टेले टोक्दा हुन्छ्। तर कुनै व्यक्तिलाई डेङङी ज्वरो भएको छ अनि त्यस व्यक्तिलाई यो लामखुट्टेले टोकेर उसको रक्त चुस्यो भने त्यस लामखुट्टेमा डेङङी भाइरसयुक्त रक्त सर्छ । जब यो संक्रमित लामखुट्टेले कुनै स्वस्थ व्यक्तिलाई टोके त्यो डेङङी ज्वरो भाइरस स्वस्थ व्यक्तिमा सर्छ।
Aedes aegypti को विशेषताहरु यस प्रकार छन :
- यो दिँँउसो ज्यादा सक्रिय हुन्छ्।
- यो लामखुट्टेको शरीरमा चितुवाको जस्तो धर्काहरु हुन्छ्।
- ज्यादा माथि उड़नु सक्तैन।
- ठन्डा अनि स्याँल स्थानमा बेसि रहंन् या बस्न मन पराँउछ।
- पर्दोंको पछि या अँधेरो जगहहरुमा रहन्छ्।
- घरको भित्र राखेको अचल पानीमा बस्छ, अण्डा उत्पन्न गर्दछ।
- प्रजनन क्षेत्रको 200 मिटर दुरी भित्र मात्रै उड़द्छ।
- गटर या नालीमा जम्मा भएको दुषित पानीमा त्यति प्रजनन गर्दैन।
- पानी सुके पछि पनि यसको अण्डा 12 महीना सम्म जीवित रहनु सक्छ।
डेङङी ज्वरोको लक्षण के के हुन ?
संक्रमित लामखुट्टेले टोकेको 3 देखि 14 दिन पछि डेङङी ज्वरोको लक्षण देखा पर्नु प्रारम्भ हुन्छ्। जो यस प्रकार छन :
- प्रचण्ड चिसो लागेर आउने ज्वरो आउनु
- टाउको दुख्नु
- आँखा दुख्नु
- शरिर अनि हड्डीको जोर्नी दुख्नु
- भोक कम् लाग्नु
- शरीर अटस पटस हुनु, उलटी आउनु
- गिल्लो दिशा र पखाला हुनु
- छालाको मुनि रातो दागी बस्नु
- डेङङी हिमरेजिक ज्वरोको गंभीर स्थिथितिमा आँखा, नाकबाट रक्तस्राव हुनु
डेङङी ज्वरोको इलाज के हुन ?
- डेङङी ज्वरोको रोकथाम बचाव नै सबैभन्दा असल र उचित इलाज हो।
- डेङङी ज्वरोको कुनै खास विशेष दवाइ या खोप छैन।
- एक भाइरल रोग भएको कारण यसको दवाइ निर्माण गर्नु खुबै कठिन कार्य हो।
- डेङङी ज्वरोको इलाज / चिकित्सामा लाक्षणिक चिकित्सा गरिन्।
- डेङङी ज्वरोको कुनै औषधि छैन तर शरिरमा हुने साइड इफेक्ट्बाट बाँच्न रोगीलाई डॉक्टरको सल्लाह अनुसार आराम गर्नु खुबै जरुरत हुन् अनि समयमा दवाइ लिनु जरुरि हुन्छ्।
- रोगीलाई पर्याप्त मात्रामा आहार औ पानी दिनुपर्छ। ज्वरोको निम्ति डॉक्टरको सल्लाह अनुसार प्यारासिटामोल दिनुपर्छ। डेङङी ज्वरोमा रोगीलाई पर्याप्त मात्रामा पानी पिलाउनु सबै भन्दा ज्यादा आवश्यक हुन्छ्।
- ज्वरो या टाउको दुखेको निम्ति एसपिरिन या ब्रुफेन एकदमै दिनु हुदैन।
- डॉक्टरको सल्लाह अनुसार नियमित रक्तमा प्लेटेलेट काउण्ट्को जाँच गर्नुपर्छ।
- हाम्रो रोगप्रतिकार शक्ति डेङङी ज्वरोको भाइरससंग लड़न सक्षम हुन्, यसैले सदैव योग्य संतुलित आहार औ व्यायामद्वारा रोग प्रतिकार शक्ति बढाउने कोशिश गर्नु पर्छ।
डेङङी ज्वरोबाट् बचाउने उपाय के के हुन ?
रोकथाम प्रमुख हो यसबाहेक निम्न हुन।
- घरभित्र अनि छेवछाउमा पानी जम्मा हुनु दिनुहुदैन। कुनै पनि भाँडा बर्तनमा पानी जम्नु दिनु हुँदैन।
- बर्तनलाई खाली राखेर या उलटा पारेर राख्नु पर्छ।
- बर्तन, ड्रम या बाल्टीमा पानी राखिएको भए राम्रोसंग ढकनी लगाएर राख्नु पर्नेछ।
- पानी जम्मा गरेर राखिने बर्तनहरुलाई साबुन पानीले राम्रोसंग धुनुपर्छ जसको कारण लामखुट्टेको अंडा त्यँहाबाट नष्ट हुनेछ।
- घरमा कीटनाशकहरुको स्प्रे गरिरहनुपर्छ।
- कूलर चलाइन् भने त्यसमा जम्मा भएको पानी निकालेर सुकखा बनाउनुपर्छ। जरुरत भए कूलरको पानी नियमित रुपमा बदलि गरिरहनुपर्छ।
- खुल्ला स्थानमा भएको नाली, गमला, मैला कुचेलामा पानी जम्मा हुनु दिनुहुँँदैन। यदि पानी जम्मा भए त्यँहा माटो हालेर पुरिदिनुपर्छ।
- खिड़की अनि दैलोमा जाली लगाउनुपर्छ। बेलुकि हुन अघिनै दैलोहरु बन्द गर्नुपर्छ।
- शरीर पुरै ढाक्ने लुगा लगाउनुपर्छ।
- राती सुत्दा मच्छरदानी लगाएर सुत्नुपर्छ।
- अन्य लामखुट्टे हटाउने उपकरणको प्रयोग गर्नुपर्छ जस्तै electric mosquito bat, repellent cream, sprays etc.
- नानीहरु खुल्ला स्थानमा खेलन जांछन भने उनीहरुको शरीरमा पनि mosquito repellent cream लगाएर अनि लुगाले पुरै शरीर ढाकेर खेल्न दिनुपर्छ।
- वरिपरिका मानिसहरुलाई पनि लामखुट्टेदेखि बाँच्ने उपाय गर्न प्रोत्साहित गर्नुपर्छ।
- वरिपरि डेङङी ज्वरोको रोगी हुनसक्ने आशका लागे उक्त जानकारी स्वास्थय विभाग एवं नगर निगमलाई दिनुपर्छ।
- प्लेटेलेट काउंट बडाउन रक्तदान गरिरहनु लाभदायक हो भने मेवाको पातको रस पिउने सल्लाह पनि फलप्रद पत्तो लागेकोछ।
0 Response to "डेङ्ङी रोगको आस्ंका गरिएकाहरुमा यो रोग नलागेको प्रमाणीत्"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.