-->
समस्या समाधान नभए जलढक्कामा आगामी 19 अक़्टोबरदेखि बन्द डाकिने

समस्या समाधान नभए जलढक्कामा आगामी 19 अक़्टोबरदेखि बन्द डाकिने

कालिमन्युज, जलढक्का, 5 अक्टोबर 2016। गत केहि समय देखि जलढक्का उच्च विध्यालयको मोड्ल स्कूल निर्माण लिएर उठेको विवादलाई साम्य पार्न जीटीए अघि आएको छ । जीटीएको प्रस्तावनालाई विध्युत बिभागले मानी लिए विवादमा आएको मेडिकल सेंटर भत्काएर मोडल स्कूल निर्माण काम अगि बड्ने सम्भावना रहेको छ।

यसै सम्बन्धमा हिजो दिएको सूचना अनुरुप आगामी 18 अक्टोबरभित्र उक्त समस्याको समाधान नभए 19 अक्टोबरदेखि जलढक्का क्षेत्रमा बन्द डाकिने अडानमा कुनै हेरफेर नहुने जलढक्का पिपल्स फोरमको पक्षमा मिङमर लामा, प्रकाश कट्टेल र जलढक्का उच्च विध्यालयको अभिभावकको पक्षमा गुंजे सुब्बाले जनाएका छन।
बन्दमा जलढक्का विध्युत प्रकल्प लगायत सम्पूर्ण विध्यालय, यानवाहन, कार्यालय, दोकान पाट बन्द रहने पनि उनिहरुले जनाएका छन।
आज जलढक्का विध्युत प्रकल्पका प्रोजेक्ट म्यानेजर एम के कर्माकर अनि  एसिस्टेंट म्यानेजर एस के हिल्लोल बाबुसंग पुन भेटेर 18 अक्टोबर भित्र मेडिकल सेंटर नहटाए 19देखि बन्द डाकिने अंतिमेत्थ्यमबारे जानकारी दिएको मिङमर लामाले बताए।

यता आज ज़ीटीए प्रतिनिधि र जलढक्का विध्युत प्रकल्प अधिकारीहरुसंग एक सन्युक्त बैठक बसेको बिशेष् सुत्रले जनाएकोछ। बैठकमा जीटीएले एक वैकल्पिक व्यवस्था मिलाएर्  मेडिकल सेंटर भवन बनाइदिने प्रतिश्रुति दिएकोछ भने विध्युत विभागले यस प्रस्तावनालाई उच्च स्तरिय अधिकारी समक्ष पुर्याएर मान्न सकिने संकेत दिएकोछ। यसको पक्का पक्की निर्णय केही दिनमा हुन सक्ने सम्भावना रहेको बताइएकोछ।

यसै बीच जलढक्का उच्चतर माध्यमिक विध्यालयले मेडिकल सेंटरलाई सार्ने पर्ने स्थितिमा वर्तमानको निम्ति आफ्नो तिन कक्ष भएको एसीआर भवनमा चलाउन दिने सहमति जनाएको छ।  आगामी 18 ता भित्रमा नै मेडिकल सेंटरलाई जलढक्का उच्चतर माध्यमिक विध्यालयले दिएको उक्त एसीआर भवनमा सार्नुपर्ने अभिभावकहरुको टेकमा विध्युत बिभागले यो सम्भाव्य रहेको जनाएको छ। उक्त कुरो सम्भव भए मेडिकल सेंटर भवन भत्काएर त्यँहा मोड्ल स्कूलको थप कक्षहरु बनिने र मोडल स्कूलको निर्माण पुरा हुने भएको छ।

आगामी छ महिनाको निम्ति मात्र यो व्यवस्था हुनसक्ने भएकोले जीटीएले यस छ महिनाभित्रमा नै मेडिकल सेंटरको अर्को भवन विध्युत विभागले चिन्हित गरेको जमिनमा बनाउने निश्चय भएको छ। छ महिना भित्र उक्त नँया भवन तैयार भएपछि उक्त मेडिकल सेंटर जीटीएले निर्माण गरिदिएको नव निर्मित भवनमा सर्ने प्रस्तावना रहेकोछ।

Related Posts

0 Response to "समस्या समाधान नभए जलढक्कामा आगामी 19 अक़्टोबरदेखि बन्द डाकिने"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.