
झोलुङमा आगोले पाँच परिवार घर विहिन
कालिमन्युज, जलढक्का, 8 सेप्टेम्बर 2016: आज अपरान्ह 12.05 बजेतिर जलढ्क्का थाना अधिनस्थ झोलुङको ग्राउण्ड लाइनमा अवस्थित लेबर लाइनमा आगो लाग्दा छवटा सेडहरु पूर्णरुपमा ध्वस्त भए। एकैलाइनमा लहरै भएका यी सेडहरुमा 5 परिवार बस्थे जसका 18 सदस्यहरु आज बेसहारा भएका छन। आगो लागेको थाहा लाग्दा कुनै सामान पनि निकाल्न र बचाउन नसक्ने अवस्था भएकोले कसैले पनि कुनै सामान निकाल्न र बचाउन सकेनन।
छर छिमेकी र स्थानिय मानिसहरुको सहयोगले अरु छेउछाउका घरमा भने आगो लाग्नदेखि जोगाउन सकिएको जलढक्का उच्च विध्यालयका शिक्षक प्रदिप प्रधानले बताए।उनिहरुकै सहयोगले एउटा ग्यास सिलीण्डर पनि सुरक्षित निकाल्न सकियो। आगो प्राय निभी सकेपछि 1.15 तिर मात्रै 40 किमि टाडोमा रहेको मालबजारको अग्निशमनबाट् घटनास्थलमा एउटा दमकल आइपुगेको थियो।
आगोले पिडित परिवारहरु यस प्रकार छन: अम्बर सार्की, शुशिला माझी, लक्षुमण गुरुङ, बहादुर तामाङ अनि संजीवन सिंग़।आगो लाग्नुको कारण पत्तो लाग्न नसकेपनि कुनै एउटा घरबाट शर्ट सर्किट भएको हुन सक्ने आशंका गरिएकोछ। आगो लाग्दा उक्त सेडमा कोही थिएनन।
आगोले ध्वस्त घरहरुमध्ये एउटा ट्युशनको कमरा थियो भने त्यसै लाइनमा अम्बर सार्की(40)को 4 जनाको परिवार्, लक्षुमण गुरुङको 3 जनाको परिवार, बहादुर तामाङको 5 जनाको परिवार् बस्थे। त्यहा विध्युत विभागमा चौथो श्रेणीमा भर्खरै काम पाएकी शुशिला माझीको 3 जनाको परिवार अनि बाइक फिटर् संजीवन सिंग़को 3 जनाको परिवार पनि बसोबासो गर्थे ।
सबैकोनै सर्वनाश भएकोले पिडितहरुलाई आज दिउसोको खाना स्थानिय बासिन्दा सम्पद अग्रवालले अनि बेलुकीको खाना झोलुंग मिस्पा युसीएनआई मण्डलीले खुवाए।
अम्बर सार्की 70% अन्धो छन र तिनको एउटा आँखाको भर्खरै ओपरेशन भएर अर्को आँखाको ओपरेशन गर्न आफ्नो सानो दोकानको कमाइबाट जम्मा गरेको रु 20 हजार लगायत अरु सब सम्पत्ति गुमाउदा तिनी साह्रै खिन्न देखिएका थिए। त्यति मात्रै नभएर तिनका विध्यार्थी छोरी स्मृति जलढक्का उच्च विध्यालयमा आठौ अनि छोरा सुमित् सातौ श्रेणीमा अध्ययनरत छन तिनीहरु लागयत पत्नि रुपाको देखभाल कसरी गर्नु पर्ने हो तिनी बिलखबन्दमा परेका छन।
यता संजीवन सिंघ आफ्नो पत्नि बसंती, मिस्पा अकादेमीमा पडदै गरेको 8वर्षको छोरो शुभलाई लिएर कसरी जीवन धान्नु पर्ने हो चिंतामा रहेको बताउछन । पेशाले बाइक फिटर रहेको संजीवनले दुइवटा मोटरबाइक र स्कूटरको इंजीन बनाउन भनि घरैमा ल्याएर राखेको थ्यो ती सबै स्वाहा हुदा अब के गर्नु पर्ने हो थप समस्या बडेको बताउछन।
यता लक्षुमण गुरुंग्, पत्नि आशा अनि 4 वर्षको छोरो आयुस्मानको समस्याको आफ्नै कथा छ।
बहादुर तामाङ बुडेसकालमा आफ्नो पत्नि लिला, छोरा बिकाश, बुहारी कृष्ण अनि 1 वर्षको छोरो विधानलाई लिएर कता जानु पर्ने स्थिति हो बुझ्न सकेका छैनन।
उसरीनै आफ्नो स्वर्गिय पतिको बदलिमा विध्युत बिभाग कालेबुंङमा चौथो श्रेणीमा काम पाएर गत महिना मात्र जोइन गरेर काम गर्दै गरेको सुशिला माझी घरमा जलढक्का उच्चतर माध्यमिक विध्यालयमा बाह्रौ श्रेणीमा अध्ययनरत शिखा अनि नवौ श्रेणीमा अध्ययनरत अनुरागलाई मात्रै छोडेर ड्युटीमा थिइन। अचानक आगो लागेको सुनेर तिनी हतप्रभ भइन तर हुने हुनामी भैसकेको थियो।
कसैले पनि आफ्नो कागत पत्र निकाल्न नसकेकोमा दुखित बन्दै कति दुख गरेर निकालेको बर्थ सर्टिफिकेट, आधार कार्ड, मार्क्सिट के फेरि पाइंंछ के भन्ने संशयमा रहेको देखियो। घटनाको जानकारी खण्ड, महकुमा र जिल्ला अधिकारीवर्ग र सम्बन्धित विभागलाई दिइसकेकोछ।
राहतको रूपमा पाटेनगोदक ग्राम पंचायतबाट कालो तार्पोलिन सबै परिवारलाई दिइयो भने हालमा कुनै ठोस सहायता आइहाल्ने छाँट देखिएको छैन। गाँउ समाजबाट सहयोग गरिने आश्वासन पाउन लागे पनि भएको नोक्सानमा पाएको सहयोग राशी कति पो हुंंछ र अनि भोली फेरि के गर्ने भन्ने प्रश्नले उनीहरु सताइएको देखियो।
0 Response to "झोलुङमा आगोले पाँच परिवार घर विहिन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.