
हाइवे जन मजदुर सङ्गठनद्वारा धर्ना प्रदर्शन
![]() |
हाइवे जन मजदुर संगठनको धरना |
डी के वाइबा, कालिमन्युज, कालेबुङ 6 सितम्बर । जन आन्दोलन पार्टीको भातृ सङ्गठन हाइवे जन मजदुर सङ्गठनले आज कालिझोडा स्थित पीडब्ल्युडी हाइवे डिभिजनको कार्यलय घेराउ गरेको थियो। सन् 1969 देखि राष्ट्रिय राजमार्गमा ग्रेफ आएपछि अस्थायी रूपले कार्य गर्दै आइरहेका दैनिक श्रमिकवर्ग अहिलेघरी राजमार्गलाई ग्रेफले पीडब्ल्युडीलाई हस्तान्तरण गरेपछि रोजगारविहिन बन्न पुगेका छन्। सोहि विषयलाई लिएर रम्फु देखि सेभोकसम्म लगभग 9 सय श्रमिकवर्गलाई पीडब्ल्युडीले रोजगार दिनुपर्ने माग गर्दै जन आन्दोलन पार्टीको हाइवे जन मजदुर सङ्गठनले उक्त घेराऊ गरेको हो।
सह अभियन्ता पीडब्ल्युडी हाईवे डिभिजन मुख्य कार्यलयको मुख्यद्वारमा नै उनीहरूले घेराऊ गर्दै धर्ना प्रदर्शन गरेपछि आज कार्यलयमा कुनै पनि अधिकारी समेत पस्न पाएनन्। जसको कारण कार्यलयमा कुनै कार्य हुन सकेन।
अघिबाटै ग्रेफमा कार्यरत रहेका श्रमिकवर्गलाई पीडब्ल्युडीले रोजगार नदिएपछि उनीहरू रोजगार विहिन बन्न परेको कारण हाल उक्त श्रमिकवर्गको परिवार आर्थिक सङ्कटको सम्मुखिन बन्न परेको छन्। जसको उनीहरूलाई रोजगार दिनुपर्ने मागमा सम्पन्न धर्नामा जाप युवा प्रकोष्ठका प्रवक्ता विशाल राई, हाइवे जन मजदुर सङ्गठनका अध्यक्ष हरि न्यौपाने, सचिव रमेश गुरुङ लगायत राजमार्गमा विगत दिनमा काम गर्दै आइरहेका श्रमिकवर्ग उपस्थित रहेका थिए।
13 सुत्री दावी गर्दै सुरु गरिएको उक्त धर्ना प्रदर्शन कार्यलाई माग पुरा नभएसम्म जारी राख्ने भएको छ भने आगमी दिनमा महकुमा अधिकारीको कार्यलत समेत घेराऊ गरेर धर्ना प्रदर्शन गर्ने जाप युवा प्रकोष्ठका विशाल राईले जानकारी दिएका छन्। उनले जानकारी दिए अनुसार राष्ट्रिय राजमार्ग 10 लाई ग्रेफले पीडब्ल्युडी विभागलाई हस्तान्तरण गरेपछि ग्रेफका मजदुरवर्ग रोजगार विहिन भएका छन्। उक्त श्रमिकवर्गले ग्रेफमा कार्य गर्दा मासिक सात हजार सम्म वेतन प्राप्त गर्ने गर्दथे भने अहिलेघरी उनीहरूको रोजि रोटी नै बन्द हुने अवस्थामा पुगेको छ। त्यसको साथै श्रमिकवर्गले ग्रेफबाट स्वास्थ्य भत्ता, बोनस राशी समेत प्राप्त गर्ने गरेका थिए भने अहिलेघरी पीडब्ल्युडी विभागमा हस्तान्तरण भएपछि उक्त लाभहरू मात्रै होइन रोजगार नै गुमाउनु परेको छ। त्यसैको विरोधमा सम्पूर्ण पुराना मजदुरवर्गले पीडब्ल्युडी विभागका पुन: ग्रेफकै नियम अनुसार कार्य पाउनु पर्ने श्रमिकवर्गको माग रहेको छ।
उनीहरूले कार्यालयको मुख्य गेटमा नै धर्ना प्रदर्शन सुरू गरेपछि यता पीडब्ल्युडी विभागका सह अभियन्ता उत्तम प्रधान कार्यालय जाँदा धर्ना प्रदर्शनकारीहरूले उनलाई कार्यालयमा प्रवेश गर्न समेत दिएन।
यसबारे बोल्दै जाप युवा प्रकोष्ठका प्रवक्ता विशाल राईले ‘हामी हाम्रो माग पुरा नभएसम्म धर्ना प्रदर्शन जारी राख्नेछौँ’ भने। हाल पीडब्ल्युडी विभागले राजमार्गमा ग्रेफला श्रमिकवर्गलाई रोजगार दिनको साटो बाहिरबाट श्रमिकहरू ल्याउने कार्य गरिरहेको आरोप लगाउँदै उक्त कार्य बन्द गर्नुपर्ने माग गरेका छन्। उनले श्रमिकवर्गको माग पुरा नभएसम्म यता पीडब्ल्युडी विभागलाई राजमार्गमा काम गर्न समेत नदिने चेतावनी दिएका छन्।
यसभन्दा अघि नै आफुहरूले श्रमिकवर्गको समस्यालाई केन्द्र गरेर पीडब्ल्युडी विभागलाई लिखित जानकारी दिए पनि विभागले कुनै पहल नगरेको आरोप लगाएको छ। जसको कारण आखिरमा न्यायको निम्ति श्रमिकवर्ग सडकमा उत्रनुपर्ने बाध्यता आएको राईले बताएका छन्।
यता यसबारे पीडब्ल्युडी विभागका उच्च अधिकारीसँग सम्पर्क गर्दा उनले ग्रेफमा कार्यरत श्रमिकवर्गलाई विगतका दिनहरूमा जस्तै रोजगार दिन नसक्ने स्पष्टिकरण दिएका छन्। पीडब्ल्युडी विभागको कार्यप्रणाली बेग्लै भएको कारण अनि विभागले ठेकामा कार्य दिने प्रणाली भएको कारण उनीहरूलाई ग्रेफले जस्तै सुविधा अनि सहुलियत दिन नसक्ने बताएका छन्।
0 Response to "हाइवे जन मजदुर सङ्गठनद्वारा धर्ना प्रदर्शन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.