-->
गोरामुमोले बन्दको बिरोध गरेको छ –मोहन घिसिङ्ग

गोरामुमोले बन्दको बिरोध गरेको छ –मोहन घिसिङ्ग

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 28 सेप्टेम्बर । गोजमुमोले गरेको पहाड़ बन्दलाई गोरामुमो पार्टीले समर्थन दिएन भनि गोरामुमो अध्यक्ष मोहन घिसिंगले बताएका छन।
यस सम्बन्धमा बन्दलाई लिएर मिरिकमा गोजमुमो पार्टी अध्यक्ष बिमल गुरुङले एउटा पत्रकार सम्मेलनमा गोरामुमो यूवाहरुलाई गोर्खाल्याण्डको निम्ति बन्दलाई समर्थन दिने पर्ने अपिल गरेका थिए त्यो अपिल गोरामुमो पार्टीका सदस्यहरुलाई भ्रमित पार्ने बक्तब्य थियो भनि तिनले बताएका छन् । 
तिनले भने आजको बन्द पहाड़मा गोजमुमोले बंगाल सरकारदेखी पाएको हिसाब किताबबारे मात्रै थियो तर गोर्खाल्याण्डको निम्ति थिएन। पछिबाट मात्रै जनतालाई आफ्नो स्वार्थको निम्ति गोजमुमोले गोर्खाल्याण्डको लागि बोनसको लागि भन्ने बक्तब्य दिएको हो । 
तिनले भने गोर्खाल्याण्डको निम्ति भन्दै आफ्नो स्वार्थको निम्ति यसरी अन्य पार्टीको समर्थकहरुलाई दुरुप्रयोग गर्नू उचित होइन । 
यस सन्दर्भमा बोल्दै तिनले भने कि पहाड़मा गोरामुमोले जुन जनसभा आयोजित गरेको थियो त्यसलाई बन्द डाकेर गोरामुमोको जनसभालाई क्षति पुर्याउने लक्ष्य राखेर नै यो बन्द डाकेको हो । तिनले 28 ता हुने जनसभालाई प्रशासनले सारिदिने अनूरोध गरेको कारण् उक्त जनसभा गर्न नसकेको हो भनि बताए। गोर्खाल्याण्डको निम्ति गोरामुमोको विध्यार्थी मोर्चाले दार्जिलिंगमा छैटौ अनूसुचिको माग गर्दै 2 देखी 3 हजारको र्‍यालि निकालेको हो अनि आज र्‍यालि दार्जीलिङ्ग आइपुगेर जनसभा गरिने योजना गरिएको थियो जसलाई गोजमुमोले बाधा पुऱ्याउने देखे पछि प्रशासनले दार्जिलिङ्गको शान्ति श्रंखला भंग हुन्छ भनि अनूरोध गरेकै कारण आजको जनसभा रोकिएको हो। 
आजको बन्दको समर्थनमा भने गोरामुमोले जनसभा स्थगित गरेको कदाचित होइन, यस बन्धको बिरोधमा गोरामुमो रहेकोछ साथै पहाड़मा गोजमुमोले शान्तिको बिपरित कार्य गरिरहेको छ भनि गोरामुमो नेता वाई लामाले पनि थप जनाएका छन ।

0 Response to "गोरामुमोले बन्दको बिरोध गरेको छ –मोहन घिसिङ्ग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.