साँढेको जुझाइमा बाछाको मिचाइ हुनु हुँदैन – जाप
फाइल फोटो |
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 27 सितम्बर। एकातिर गोर्खा जनमुक्ति मोर्चाले बन्द डाकेको छ भने अर्कोतर्फ बन्दको विरोधमा तृणमूल कङ्ग्रेस सडकमा ओर्लिने घोषणा गरिसकेको छ। यस्तो अवस्थामा यता जन आन्दोलन पार्टीले भने शन्तिको अपिल गर्दै साँढेको जुझाइमा बाछाको मिचाइ नहुनेपर्ने माग गरेको छ।
पहाडमा शान्ति शृङ्खला बनाएर राख्नुपर्ने माग गर्दै जापले आज यहाँको सात दोबाटेबाट शहरमा जुलुस निकालेको थियो। पार्टी कार्यालयबाट निस्किएको ऱ्यालीलाई नारी एकाई प्रमुख प्रतीभा कुमाई, टाउन कमिटी संयोजक प्रदीप छेत्री युवा प्रकोष्ठका प्रवक्ता विशाल राई, सचिव अमीर बस्नेत आदिले नेतृत्व दिएका थिए। यस अवसरमा धेरै मात्रमा जाप कार्यकर्ताहरू उक्त शान्ति जुलुसमा सहभागी बनेका थिए।
यसक्रममा उनीहरूले तृणमूल कङ्ग्रेस अनि मोर्चाको आपसी द्वन्दमा जनता पिसिनु नहुने मागमा व्यापक रूपले नाराबाजी गरेका थिए।
उक्त जुलुसकै क्रममा यता जाप टाउन कमिटीका संयोजक प्रदीप छेत्रीले पत्रकारहरूसित कुराकानी गर्दै उक्त बन्द औचित्यहिन रहेको अनि साँडेको जुझाइमा बाछाको मिचाइ हुन नहुने माग गरे।
‘यो 4 हजार करोड रूपियाँले जन्माएको समस्या हो। यसैले मुख्यमन्त्रीको वक्तव्य अनि मोर्चाको कारण साधारण जनता पिसिनु हुँदैन’ प्रदिप छेत्रीले भने।
0 Response to "साँढेको जुझाइमा बाछाको मिचाइ हुनु हुँदैन – जाप"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.