-->
बन्दलाई लिएर कालेबुङ शहर तनावपूर्ण ........ गोजमुमो अनि तृणमूलको गर्‍यो अघोषित शक्ति प्रदर्शन

बन्दलाई लिएर कालेबुङ शहर तनावपूर्ण ........ गोजमुमो अनि तृणमूलको गर्‍यो अघोषित शक्ति प्रदर्शन

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २७ सितम्बर 2016। गोर्खा राष्ट्रिय जनमुक्ति मोर्चाले डाकेको बन्दलाई लिएर आज कालेबुङ शहर प्राय: दिनभरी नै तनावपूर्ण रह्यो। बन्दलाई सफल पार्न एकातिर युवा मोर्चाले आज शहरमा बाइक र्‍याली निकालेर शक्ति देखाउने प्रयास गरेको थियो भने अर्कोतर्फ मोर्चाले डाकेको बन्दलाई विफल पार्न तृणमूल कङ्ग्रेसले पनि जुलुस निकालेको थियो। यस्तै अवस्थामा अर्कोतिर जन आन्दोलन पार्टीले पनि शहरमा जुलुस निकालेको थियो। 
एकैदिनमा यसरी तीनवटा राजनतिक पार्टीले जुलुस निकालेपछि शहरको वातावरण तनावपूर्ण बनेको हो। यद्यपी राजनैतिक दलका कार्यकर्ताहरूलाई भिड्न नदिनका निम्ति प्रशासनले कठोर सुरक्षा व्यवस्था गरेको थियो। विशेष गरेर आज गोजमुमो अनि तृणमूल कङ्ग्रेसले अघोषित शक्ति प्रदर्शन गरेको कारण आज शहर तनावपूर्ण बनेको थियो। 
बन्दलाई कुनै पनि हालतमा सफल पार्न गोजमुमो पार्टीका युवा कार्यकर्ताहरूले शहरमा बाइक र्‍याली निकालेर शक्ति देखाउने प्रयास गरेपनि उनीहरूलाई पुलिस प्रशासनले डम्बर चौकमा नै रोकेर राखेको थियो। जसको कारण स्थिति निकै तनावपूर्ण बनेको थियो। बन्दलाई सफल पार्न युवा मोर्चा कार्यकर्ताहरूले शहरमा बाइक र्‍याली निकाल्ने प्रयास गरेपनि उनीहरूलाई प्रशानसले अनुमति दिएको थिएन। जसको कारण पछिबाट उक्त बाइक र्‍याली यहाँको डम्बर चौकबाट सोझै पेदोङ प्रस्थान गरेको थियो। यद्यपी उक्त र्‍यालीलाई राजनैतिक रङ्ग नदिनका निम्ति प्रशासनले गोजमुमो पार्टीको झण्डालाई समेत बाइकबाट निकाल्न लगाएको थियो। 
बाइकमा लगाइएका सम्पूर्ण मोर्चाको झण्डाहरू निकालेपछि मात्र उक्त बाइकलाई आखिरमा पुलिसले अघि बढ्न दिएको थियो। मोर्चाको उक्त बाइक र्‍याली अलगडा हुँदै पेदोङसम्म पुगेर डम्बर चौकमा साँझ पर्दा आइपुगेपछि पुन: स्थिति तनावपूर्ण बनेको थियो। पुलिसले उक्त बाइक सवार जुलुसलाई डम्बर चौकमा रोकेपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रशासनले पुनः बाइकहरुमा सवार जुलुसलाई रोक लगाउँदा मोर्चा कार्यकर्ताहरूले गोर्खाल्याण्डको नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए। 
यता आज प्रशासनको कार्यप्रणालीलाई लिएर गोजमुमो पार्टी रूष्ठ बनेको छ। प्रशासनको भूमिकालाई लिएर जिटिए उपप्रमुख कर्णल रमेश आलेले जोडदार आलोचना गरेका छन्। उनले तृणमूल कङ्ग्रेस अनि जन आन्दोलन पार्टीलाई जुलुस निकाल्न अनुमति दिँदा गोजमुमो पार्टीलाई किन दिँदैन भनि प्रश्न गरेका छन्। ‘बङ्गाल सरकारको अत्याचारको सिमा नाघेको छ’ कर्णल रमेश आलेले भने। उनले सरकारको अतिक्रण अनि बोनसको मागमा बन्द गर्दा प्रशासनले अन्याय गरिरहेको आरोप लगाउँदै आज यहीँबाट नै पुनः गोर्खाल्याण्डको आन्दोलन शुरू भएको बताए। 
यसक्रममा उनले मन्त्री गौतम देवको कालेबुङ आगमनलाई लिएर प्रश्न गर्दा ‘मन्त्री पहाडमा आउनसक्छ। तर मन्त्रीको आगमनले गोर्खाल्याण्डको मागलाई रोक्न सक्दैन’ आलेले अझ भने। 
अर्कोतर्फ गोजमुमो पार्टीले डाकेको बन्दलाई विफल बनाउनका निम्ति दार्जिलिङ जिल्ला हिल तृणमूल कङ्ग्रेसले पनि शहरमा जुलुस निकालेको थियो। उक्त जुलुसमा पर्यटन मन्त्री गौतम देव स्वयम् कालेबुङ आएर भाग लिएका थिए। यसक्रममा मन्त्री गौतम देवले बन्दलाई कोलकोता उच्च न्यायालयले अवैधानिक भनेर घोषणा गरेको बताउँदै भोलि मोर्चाले डाकेको बन्द अगणतान्त्रिक हो भने। उनले जनतालाई बन्द विफल पार्नका निम्ति आह्वान गर्दै बन्दको समय दोकान, स्कूल, सरकारी कार्यलय सबै खुल्ला हुने दाबी गर्दै यातायात समेत सुचारू हुने बताए। 
यसक्रममा जनताको सुरक्षाका निम्ति कठोर रूपले सुरक्षा व्यवस्था गरिने पनि उनले बताएका छन्। पहाडमा पर्यटनको मौसम सुरू भएको कारण बन्दले पूजाको ठिक अघि सम्पूर्ण जनतालाई समस्या हुने भएको कारण यस्ता अचाहिँदो बन्दलाई जनताले सहयोग गर्न नहुने बताए। उनले बन्दलाई विफल पार्नका निम्ति आफु भोलि कालेबुङमा नै रहने बताउँदै आवश्यक परे सडकमा उत्रने पनि बताएका छन्। बन्दलाई उच्च न्यायालयले अवैधानिक बताएपछि उक्त न्यायालयको फसेलालाई सम्मान गरेर मान्नुपर्ने पनि बताएका छन्।

1 Response to "बन्दलाई लिएर कालेबुङ शहर तनावपूर्ण ........ गोजमुमो अनि तृणमूलको गर्‍यो अघोषित शक्ति प्रदर्शन"

  1. Bimal Gurung is misleading the hill public, He is using Public fund for his own cause. Once again today he proved this.

    ReplyDelete

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.