-->
एघार जातिले जनजातिको मान्यता पाउने कुरामा विश्वस्त छौँ –स्वराज थापा

एघार जातिले जनजातिको मान्यता पाउने कुरामा विश्वस्त छौँ –स्वराज थापा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २ सितम्बर ।केन्द्रिय जनजाति मन्त्री जोएल ओराम कालेबुङ आउन एकदिन अघि जीटीए सल्लाहकार स्वराज थापाले जनजातिको मुद्दालाई राज्य सरकारले अनुमोदन गरिसकेको दाबी गरेका छन्। उनले आज एक पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्रिय जनजाति मन्त्रीलाई भव्य स्वागत जनाउने बताउँदै उक्त दाबी गरेका हुन्।
जनजाति मन्त्रीको कालेबुङ आगमनलाई केन्द्र गरेर भारतीय गोर्खा जनजाति महासङ्‌घले भव्य स्वागत गर्ने भएको छ। यसक्रममा जनजातिको मान्यताको निम्ति मन्त्रीलाई महासङ्घले भेटघाट गरेर ज्ञापन चढाउनका साथै विभिन्न जात गोष्टिको झाँकी समेत प्रस्तुत गर्ने भएको छ। केन्द्रिय मन्त्रीलाई कालेबुङ आगमनमा जनजाति महासङ्घले विभिन्न समुदायका मानिसहरूले जातीय वेभभुषामा सजिएर स्वागत जनाउने भएको स्वराज थापाले जानकारी दिएका छन्।
उनले जनाए अनुसार 11 वटा जातगोष्ठीलाई जनजातिको मर्यादा दिलाउन मोर्चा अनि महासङ्‌घ प्रयासरत्‌ छ। जीटीएको सम्झौताको आधारमा जनजातिको माग भइरहेको छ अनि राज्य सरकारले पनि यसबारे अध्ययन गरेर 11 वटा जातगोष्ठीलाई जनजाति मर्यादा दिलाउन अनुमोदन गरेर केन्द्र सरकारलाई पठाइसकेको थापाले दावी गरेका छन्‌।
उनले अझ जनाए अनुसार केन्द्र सरकारले जनजातिको मर्यादा दिलाउन संयुक्त सचिव अशोक पाइको नेतृत्वमा कमिटी गठन भइसकेको छ। तर अप्रेल महिनामा नै गठन भइसकेको पाइ कमिटीले आजसम्म रिपोर्ट नबुझाएको सन्दर्भमा थापाले अशोप पाइका दाजु क्यान्सरले पीडित भएका कारण कमिटीले रिपोर्ट बुझाउन ढिलाइ भएको भएपनि चॉंडै कमिटीले रिपोर्ट बुझाउने कुरामा आफूहरू विश्वस्त बताए। कमिटिको मियाद समाप्त भए पनि आगामी दिनमा कमिटिले सरकारलाई काम गर्नका निम्ति अझ मियाद बडाईमाग्ने बताउँदै उक्त कमिटिको आधारमा नै एघार जातिले जनजातिको मान्यता प्राप्त गर्ने कुरामा आफुहरू विश्वस्त रहेको स्वराज थापाले अझ बताएका छन्।
यसरी नै अर्कोतिर जनजाति महासङ्‌घका कानुनी सहल्लाकार डीके प्रधानले जनाए अनुसार सरकारले जनजातिको मापदण्डहरूमा फेरबदल गरिरहेको छ। नयॉं मापदण्डभित्र 11 वटै जातगोष्ठी छिर्नसक्ने कुरामा आफूहरू विश्वस्त रहेको बताउँदै उनले जनजातिको निम्ति धेरैवटा मापदण्ड पूरा गर्नुपर्ने जसमध्ये राज्य सरकारले पनि स्वीकृति दिइसकेको पनि प्रधानले बताए। यसरी नै उनले जनजाति प्राप्ति का निम्ति सम्बन्धित निकायहरूसम्म पुगेर पहल गरिने कार्य पनि महासङ्‌घबाट भइरहेको अनि आगामी 5 सितम्बरका दिन पुनः महासङ्‌घका प्रतिनिधिहरू कलकत्ता गएर सम्बन्धित निकायहरूसम्म पुगेर अझ यस मागलाई ठोस्‌ रूपमा अघि बढाउने कार्यक्रम रहेको प्रधानले बताए।
अर्कोतिर महासङ्‌घका अध्यक्ष एसबी प्रधानले भारतीय संविधानको धारा 342 अन्तर्गत 11वटा जातगोष्ठलाई जननजातिको मर्यादा दिलाउनु नै महासङ्‌घको मूल उद्देश्य रहेको बताउँदै जनजाति प्राप्तिका निम्ति भाररभरिका गोर्खाहरू एक भएर अघि बढ्‌नुपर्ने उनले आह्वान गरेका छन्‌।

0 Response to "एघार जातिले जनजातिको मान्यता पाउने कुरामा विश्वस्त छौँ –स्वराज थापा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.