-->
बन्द पूर्णरूपले सफल भएको छ – विमल गुरूङ

बन्द पूर्णरूपले सफल भएको छ – विमल गुरूङ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २८ सितम्बर 2016। गोजमुमो पार्टीले डाकेको 12 घण्टाव्यापी पहाड बन्द पूर्ण रूपले सफल भएको गोजमुमो अध्यक्ष एवं जीटीए प्रमुख विमल गुरूङले दाबी गरेका छन्। 
उनले आज यहाँको वर्निङ गोलाई नजिक पत्रकारहरूसँगको कुराकानीमा ‘बन्द सय प्रतिशत सफल भएको छ’ भने। जनताले बन्दलाई पूर्ण समर्थन गरेर सरकारलाई गतिलो जवाब दिएको बताउँदै ‘ परिआएको खण्डमा हाम्रा मानिसहरू एक हुन्छन्। आज विकास बोर्ड थाप्ने मान्छेहरूले पनि जातिको निम्ति आफ्नो स्वाभिमान बेचेनन्। यसैकारण उनीहरूले बन्दलाई साथ दिएर सहयोग गरे। यसको निम्ति म सबैलाई धन्यवाद दिन चाहन्छु’ विमल गुरूङले भने। 
उनले 12 घण्टाव्यापी बन्द 4 हजार करोडको सन्दर्भमा नडाकेको स्पष्टिकरण दिँदै बङ्गाल सरकारले बारम्बार गरिरहेको शोषणको विरूद्ध अनि चिया श्रमिकवर्गले 20 प्रतिशत बोनस पाउनुपर्ने मागमा डाकेको जानकारी गराए। ‘बङ्गाल सरकारले बन्दलाई विफल पार्नका निम्ति सकेसम्म आफ्नो बल प्रयोग गरेको थियो। उनीहरूले बन्द खोल्न मन्त्रीलाई समेत पहाड पठाउने कार्य गरेको हो। तर जनताले बन्दलाई पूर्ण समर्थन अनि सहयोग गरेर सम्पूर्ण सरकारको बन्द विरोधी नीतिलाई फेल गरिदिएको छ’ विमल गुरूङले भने। 
उनले बन्दको समय सम्पूर्ण पहाड शान्तिपूर्वक रहेको दाबी गर्दै पुलिस प्रशासनले पनि शान्ति बनाएर राख्ने कार्य गरेको दाबी गरे। 
यसक्रममा उनले राष्ट्रिय राजमार्ग 10 पनि पूर्णरूपले बन्द रहेको दाबी गर्दै राजमार्गलाई बन्द गरेर सिक्किम सरकारले दार्जिलिङ पहाडका मानिसहरूको समस्या समाधानको निम्ति सहयोग गर्दै बन्द सफल बनाउनमा सिक्किम सरकारको सहयोग प्रति पनि आभारी छौँ भन्दै धन्यबाद दिए। 
‘सिक्किम सरकारले दार्जिलिङ पहाडको समस्यालाई बुझेर आज राष्ट्रिय राजमार्गमा वाहनहरू चलाएन जसले गर्दा हाम्रो बन्द अझ सफल बनेको छ। यसको निम्ति मुख्यमन्त्री पवन चामलिङ लगायत अन्य सबै मन्त्री र सिक्किमे जनतालाई पनि धन्यवाद दिँदछु’ विमल गुरूङले भने। यसैक्रममा मोर्चा अध्यक्ष विमल गुरूङले बन्दलाई सफल पार्नका निम्ति व्यापारी समुदाय, अल्पसङ्ख्यक समुदाय, होटल अनि रेस्टुरेन्ट लगायत चालकवर्ग प्रति पनि आभार प्रकट गरेका छन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्दै बङ्गालको मन्त्रीहरू आएर अहिले बन्द खोल्नपर्ने स्थिति आएको दाबी गर्दै बङ्गाल गोर्खाल्याण्डको मुद्दा प्रति डराएको कारण नै यसरी बन्द खोल्न आएको आरोप लागाए। 
‘बङ्गालका मन्त्रीहरू बन्द खोल्नुपर्छ भनेर पहाड आए तर उनीहरूलाई जनताले गतिलो जवाब दिएका छन्। हाम्रो जातिले बोर्ड थापेर पनि जातिको मुद्दाका निम्ति सहयोग गरेका छन्’ विमल गुरूङले भने। यसक्रममा उनले 12 घण्टाव्यापी बन्द पूर्णरूपले शान्तिपूर्ण रहेको दाबी गर्दै आगामी दिनमा पूजा अनि विद्यालयहरूको परिक्षालाई केन्द्रमा राखेर भोलिदेखि सम्पूर्ण रूपले खुल्ला रहने मोर्चा अध्यक्ष विमल गुरूङले स्पष्ट पारेका छन्। 
अर्कोतर्फ आजको बन्दलाई लिएर गोजमुमो अध्यक्ष विमल गुरूङले कलेबुङको वार्निङ गोलाई स्थित बङ्गलोमा बसेर नै सम्पूर्ण जानकारी लिरहेका थिए। बन्दलाई सफल पार्न उनी सडकमा निस्कने सम्भावना रहेको भए पनि सुरक्षा र शान्ति शृङ्खला कायम राख्नका निम्ति उनी बाहिर निस्केनन्।

0 Response to "बन्द पूर्णरूपले सफल भएको छ – विमल गुरूङ "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.