-->
गोर्खाल्याण्ड माग्नेहरूलाई प्रशासनले यातना दिँदैछ – युवा मोर्चा

गोर्खाल्याण्ड माग्नेहरूलाई प्रशासनले यातना दिँदैछ – युवा मोर्चा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 20 सितम्बर 2016। मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ आगमनलाई केन्द्र गरेर छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै युवा मोर्चाले विभिन्न स्थानहरूमा आज मोर्चाको झण्डा अनि पोष्टर टाँस्ने कार्य गरिरहेको अवस्थामा युवा मोर्चा सचिव विनय घिसिङलाई पुलिसले पक्राऊ गरेर केरकार गरेको छ। 
गोजयुमो कालेबुङ महकुमा समितिका सचिव विनय घिसिङलाई यसरी पुलिसले केरकार गरेर मानसिक यातना दिएको युवा मोर्चाले आरोप लगाएको छ। यद्यपी यसबारे पुलिस प्रशासनबाट भने पक्राऊ गरेर केरकार गरेको पुष्टि हुन सकेन। 
उक्त घट्नापछि युवा मोर्चा अध्यक्ष बारूद थापा, प्रवक्ता बलकृष्ण थापा अनि केन्द्रिय समिति सदस्य अनिल लोप्चनले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेर उक्त घट्नाको तिब्र बिरोध गरे। ‘गोर्खाल्याण्ड माग्नेहरूलाई बङ्गालले अत्याचार गर्दैछ। बङ्गालसित साँठगाँठ भएका पार्टीहरूले झण्डा अनि पोष्टर लगाउँदा कुनै कार्वाही हुँदैन। जबकी गोर्खाल्याण्ड माग्नेहरूले पोष्टर टाँस्दा प्रशासन लगाएर यातना दिने कार्य गर्छ’ बारूद थापाले भने। यसबारे उनले पुलिस प्रशासनको कार्यप्रणालीको बिरोध गर्दै उक्त कार्य अगणतान्त्रिक र असंवैधानिक रहेको बताएका छन्। 
अर्कोतर्फ यता मुख्यमन्त्री ममता ब्यानर्जीको कालेबुङ आगमनलाई केन्द्र गर्दै युवा मोर्चाले भावी कार्यक्रमहरू पूर्णरूपले स्थगित गरेको घोषणा गरेको छ। 
युवा मोर्चा अध्यक्ष बारूद थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै ‘मुख्यमन्त्री ममता ब्यानर्जीलाई गोर्खाल्याण्डमा स्वागत गर्छौँ। हामी उनको आगमनलाई केन्द्र गरेर सम्पूर्ण भावी कार्यक्रमहरू स्थगित गरिरहेका छौँ’ बारूद थापाले अझ भने। 
यसक्रममा उनले युवा मोर्चाले कार्यक्रम स्थगित गरेपनि उनीहरूको नाउँ गरेर युवा मोर्चाको नाममा केही गरेर हामीलाई फँसाउनसक्ने सम्भावना व्यक्त गर्दै यसबारे प्रशासनले ध्यान दिनुपर्ने आह्वान गरेका छन्। “बङ्गाल सरकारले आज हामीमाथि पाकिस्तानले बलुचिस्तानमाथि गरेजस्तो व्यवहार गरिरहेको छ। अन्य राजनैतिक दलहरूले सँगैमा पोष्टरीङ गर्न पाउँदा युवा मोर्चा नेता अनि कार्यकर्ताहरूलाई भने पोष्टर टाल्दा पनि हिरासतमा लिने, चेताउनी दिने कार्य प्रशासनले गरिरहेको छ”- थापाले भने। 
उनले पत्रकारहरूलाई सम्बोधन गर्दै आज पनि प्रशासनले युवा मोर्चाको कालेबुङ महकुमा समितिका मूलसचिव विनय घिसिङलाई पोष्टर टालेको निउ गरेर ढेड घण्टासम्म थानामा लगेर मानसिक यातना दिएको आरोप उनले लगाए। 
यसरी नै युवा मोर्चा केन्द्रिय समिति सदस्य अनिल लोप्चनले गोजयुमोले हालमा भारतको संविधान अन्तर्गत मौलिक अधिकारको प्रयोग गर्दै पोष्टर टाल्ने कार्य गर्दा पनि बङ्गाल सरकारले प्रशासन लगाएर मानसिक प्रताडना दिनु पूर्णतया अगणतान्त्रिक, असंवैधानिक रहेको बताए। आफूहरूले पोष्टरिङ गरेर कुनै अशान्ति मच्चाउन नचाहेको बरू आफूहरूको मौलिक अधिकारबारे मुख्यमन्त्रीलाई पोष्टरिङद्वारा बताउन चाहेको उनले थप बताए। यसरी मौलिक अधिकारको प्रयोग गर्दा पनि प्रशासनले थानामा लगेर मानसिक यातना दिने गरेकोमा युवा मोर्चाको पक्षबाट पूर्णतया विरोध रहेको उनले बताए। 
अर्कोतिर युवा मोर्चा प्रवक्ता बालकृष्ण थापाले पनि मौलिक अधिकारको प्रयोग गर्न धरि प्रशासनले रोक लगाएकोमा विरोध प्रकट गर्दै मुख्यमन्त्री पहाडबाट फर्केपछि गणतान्त्रिक ढङ्गमा गोजयुमोले आफ्नो कार्यक्रमहरूलाई अघि बडाउने बताए।

Related Posts

0 Response to "गोर्खाल्याण्ड माग्नेहरूलाई प्रशासनले यातना दिँदैछ – युवा मोर्चा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.