-->
कालेबुङ महाविद्यालयमा अग्नि सचेतना कार्यक्रम सम्पन्न

कालेबुङ महाविद्यालयमा अग्नि सचेतना कार्यक्रम सम्पन्न



डी के वाइबा, कालिमन्युज, कालेबुङ 10 सितम्बर। कालेबुङ महाविद्यालयको आयोजना अनि अग्निसमन विभागको सहयोगितामा आज कालेबुङ महाविद्यालयमा दुर्घट्नाको समय अप्नाउनु पर्ने उपायहरू माथि सचेतना कार्यक्रम सम्पन्न भएको थियो। 
विशेष आगलागीको समय हुने आपतकालिन समयमा कस्ता सुरक्षाका पद्धतिहरू अप्नाउनुपर्छ भन्ने विषयमा नै विद्यार्थीवर्गलाई व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। 
यस अवसरमा उक्त सचेतना कार्यक्रममा कालेबुङ अग्निसमन विभागका अधिकारी उत्तम कुमार खवास, मुख्य अग्नि निरोधक कमल सुब्बा, चन्द्र कुमार लामा, लगायत अग्नि समन विभागका कर्मीहरू पुरण थापा, भाइकाजी बस्नेत, अनि सहदेव लामा उपस्थित रहेका थिए। 
यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै अग्नि समन विभागका अधिकारी उत्तम कुमार खवासले आगलागीको समयमा मानिसहरूले अप्नाउनुपर्ने सुरक्षा अनि सचेतनाबारे जानकारी गराएका थिए। 
‘प्रत्येक मानिस आगोसँग परिचित हुन्छन्। यसकारण हामी सामान्य आगोसँग डराउँदैनौँ। तर, जब त्यहीँ आगोले उग्र रूप लिने गर्छ त्यसबेला हामी त्यहीँ आगोसँग डराउँछौँ। यसकारण हामीले आगोबाट हुने खतराको निम्ति अघिबाटै सचेतता अप्नाउनु आवश्यक छ’ उत्तम कुमार खवासले भने। 
सोहि क्रममा अग्निसमन विभागमा मुख्य अग्नि निरोधक अधिकारी कमल सुब्बाले कार्यक्रमलाई सम्बोधन गर्दै आगो लाग्नुको कारण अनि यसको निवारणका निम्ति ध्यान दिनपर्ने विषयहरू माथी प्रकाश पारेका थिए। ‘आगो विशेष गरेर ठोस, तरल अनि ग्यासमा लाग्ने गर्छ। आगो लागेपछि कुन वस्तुमा लागेको हो त्यो पत्तो लगाउनुपर्छ अनि त्यसलाई निभाउनको निम्ति सही तरिका अप्नाउनुपर्छ’ कमल सुब्बाले भने। 
यसैक्रममा अग्निसमन विभागले महाविद्यालयका विद्यार्थीवर्गलाई आगो लाग्दा कसरी त्यसलाई नियन्त्रणमा लिनुपर्ने भन्ने विषयमा प्रदर्शनी गरेर व्यवहारिक ज्ञान पनि दिएका थिए भने आपतकालिन समयमा ठूल ठूला भवनहरूबाट समस्यामा परेका व्यक्तिहरूलाई कसरी उद्धार गर्नुपर्ने भन्ने विषयमा प्रदर्शनी गरेको थियो। कार्यक्रममा प्राध्यापिका अनुकम्पा सुब्बाले स्वागत सम्बोधन राखेकी थिइन भने प्राध्यापक डी.सी रोयले आभार प्रकट गरेका थिए।

0 Response to "कालेबुङ महाविद्यालयमा अग्नि सचेतना कार्यक्रम सम्पन्न "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.