
सयदिने रोजगारका श्रमिकहरूले वेतन नपाएपछि विभागलाई एक सप्ताहको अल्टिमेटम .... ‘रोजगार दिन सकेनौँ तर पारिश्रमिक त देऊ’ – प्रवीण तामाङ
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 29 अगस्त। साङ्गसे ग्राम पञ्चायत अधिनस्थ मोठ 32 वटा सयदिने रोजगार योजना कार्यमा काम गरेर श्रमिकहरूले आजसम्म वेतन नपाएपछि विभागलाई एक सप्ताहको अल्टिमेटम दिएको छ।
वर्ष 2015-2016 को योजनाहरूमा काम गरेका श्रमिकहरूले आफ्नो वेतन प्राप्त गर्नका निम्ति सम्पूर्ण विभागीय कार्यलयहरूको ढोका ढक-ढकाउँदा पनि कुनै फल प्राप्त नगरेपछि आखिरमा उनीहरूले एक सप्ताहको समय सिमा दिँदै आन्दोलन गर्ने चेतावनी दिएका हुन।
सय दिने रोजगारमा श्रम गरेर पारिश्रमिक नपाएपछि आज गाउँका श्रमिकहरूले पत्रकार सम्मेलन आयोजना गर्दै सम्बन्धित विभागले लगभग एकवर्ष अघि काम गरेको पैसा झट्ट देऊ भनि माग गरे। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पिडीत पक्षबाट प्रवीण तामाङले ‘रोजगार दिन त सकेनौँ तर सयदिने रोजगारमा काम गरेकाहरूलाई आफ्नो पारिश्रमिक त देऊ’ भने।
यसक्रममा उनले ‘आजसम्म सयदिने रोजगारमा काम गर्ने श्रमिकहरूले आफ्नो वेतन किन पाउन सकेन?’ भनि प्रश्न गरे। विभिन्न मोठ 32 वटा योजनाहरूमा श्रमिकहरूले 84 दिनसम्म काम गरेपनि आजसम्म केवल कतिपय श्रमिकहरूले 12 दिनको मात्र वेतन पाएको जानकारी दिँदै रहल 72 दिनको वेतन किन दिँदैन भने।
यसबारे खण्ड दुईका अधिकारी लगायत दार्जिलिङ जिल्लापाल, जिटिए विभागका सम्बन्धित अधिकारीवर्गलाई समेत भेटघाट गरिसकेको उनले जानकारी दिएका छन्।
यसलगायत उक्त वेतनको मागमा जिटिए मुख्य सचिव, नरेगा योजनाका निर्देशक आदिलाई पनि अघिबाटै पत्राचार गरेर जानकारी दिइसकेको उनले जानकारी गराए।
यसै सन्दर्भमा आज पुन: श्रमिकवर्गले आफ्नो पारिश्रमिक पाउनुपर्ने मागमा कालेबुङ महकुमा अधिकारी, कालेबुङ विधानसभाका विधायक, खण्ड विकास अधिकारी लगायत क्षेत्रिय सभासदलाई पत्राचार गरेको जानकारी दिँदै यदि आगामी एक सप्ताहमा श्रमिकवर्गले आफ्नो पारिश्रमिक पाउन नसके सम्पूर्ण पिढीत श्रमिकवर्गले आन्दोलन गर्ने चेतावनी दिएका छन्।
‘हामी सम्बन्धित विभागलाई एक सप्ताहको समय सिमा दिँदैछौँ। यदि एकसप्ताह भित्रमा श्रमिकवर्गले आफ्नो परिश्रमिक पाएन भने हामी आन्दोलन गर्नेछौँ। त्यस आन्दोलनमा यदि कुनै अप्रिय घट्ना घटे त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित विभाग हुनेछ’ प्रविण तामाङले भने।
मनरेगाको नियम अनुसार सय दिने रोजगारमा काम गर्ने श्रमिकवर्गले आफ्नो कार्य सकेको 15 दिनभित्रमा पारिश्रमिक आफ्नो बैंक खाता मार्फत पाउनुपर्ने भए पनि आजसम्म पारिश्रमिक नपाएकोमा उनले आश्चर्य प्रकट गरे। उनीहरूले उक्त कार्य सन् 2015 को नोभेम्बर महिनादेखि गरेको जानकारी दिँदै अब आफ्नो पारिश्रमिक नपाएका श्रमिकहरूले के नशालु पदार्थ विक्री गर्नु? कि मद् मदिरा विक्री गर्नु? भनि प्रश्न तेर्साए।
सम्बन्धित विभागले आजसम्म पिढीतहरूलाई आफ्नो पारिश्रमिक नदिएपछि सम्पूर्ण श्रमिकवर्ग रूष्ठ बनेको बताउँदै अब आन्दोलन गर्नको साटो अर्को विकल्प नरहेको तामाङले बताएका छन्।
अर्कोतर्फ यता कालेबुङ खण्ड दुईका खण्ड विकास अधिकारी देवर्शी नागलाई प्रश्न गर्दा उनले विभागीय पक्षबाट आफुहरूले गर्नुपर्ने कार्य सबै गरेको जानकारी दिँदै सरकारबाट नै श्रमिकवर्गको पारिश्रमिक नआएको जानकारी दिएका छन्।
‘अहिलेघरी श्रमिकवर्गले आफ्नो बैंक खाता मार्फत नै आफ्नो पारिश्रमिक पाउने गर्छन्। उनीहरूले कति पाए पाएनन् हामीलाई कुनै जानकारी समेत हुँदैन’ खण्ड विकास अधिकारीले भने। यद्यपी उनले उक्त विभिन्न योजनाहरूको पारिश्रमिक भने सरकारबाट नै पैसा नआएको कारण श्रमिकवर्गले प्राप्त गर्न नसकेको स्पस्टिकरण दिएका छन्।
0 Response to "सयदिने रोजगारका श्रमिकहरूले वेतन नपाएपछि विभागलाई एक सप्ताहको अल्टिमेटम .... ‘रोजगार दिन सकेनौँ तर पारिश्रमिक त देऊ’ – प्रवीण तामाङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.