-->
प्रधानमन्त्री ग्राम सडकमा जीटीएले व्यापक भ्रष्टचार गरिरहेको छ – के.एन. सुब्बा

प्रधानमन्त्री ग्राम सडकमा जीटीएले व्यापक भ्रष्टचार गरिरहेको छ – के.एन. सुब्बा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 29 अगस्त। कालेबुङ महकुमा अधिनस्थ गोरूबथान खण्डमा प्रधान मन्त्री ग्राम सडक योजना कार्यमा व्यापक भ्रष्टचार भइरहेको पूर्व पार्षद एवं तृणमुल कङ्ग्रेस जिल्ला समिति सदस्य के.एन.सुब्बाले आरोप लगाएका छन्।
उनले आज एक पत्रकार सम्मेलनमा बोल्दै उक्त भ्रष्टचारको मुख्य जड भने जीटीए नै रहेको आरोप लगाए। उनले गोरूबथान खण्डको तीनवटा भिन्ना भिन्नै प्रधानमन्त्री ग्राम सडक योजनाको विवरण दिँदै सबै कार्यमा भ्रष्टचार भएको दाबी गरे।
उनले अम्बियोकदेखि दालिमटारसम्म प्रधानमन्त्री ग्राम सडकको कार्य हुनपर्नेमा उक्त कार्य सेरमालीदेखि निर्माण भएको बताउँदै निर्धारित स्थानबाट किन बनिएन भनि प्रश्न तेर्साएका छन्। उक्त सडक निर्माण कार्यको निम्ति सरकारबाट 7 करोड रूपियाँ अनुमोदन गरिएको बताए। उनले कुनैपनि सरकारी निर्देशबिना नै उक्त सडक निर्माण कार्यको स्थान परिवर्तन गरेको सन्दर्भमा पनि आपत्ति जनाएका छन|
उनले अझ जनाए अनुसार पुबुङदेखि लुङसेलसम्मको सडकको अवस्था पनि सोचनीय छ। उक्त सडकमा पेपर जस्तो पातलो अलकत्र मात्र लगाएको अनि हाल उक्त अलकत्र उक्किएर सडक पुरानै स्थितिमा पुगिसकेको सुब्बाले आरोप लगाएका छन्।
उक्त कार्यमा पनि विभागीय लापारवाही रहेको कारण भ्रष्टचार भएको दाबी गरे। यसरी नै अर्कोतिर अप्पर फागुदेखि शेर्पाटारसम्मको सडक मरम्मत्ति गर्ने काम भइरहेको थियो। त्यही सडकमा कालेबुङ इन्जिनियरिङ विभागद्वारा सडक बढोत्तरि र फराकिलो बनाउने काम भयो। तर आजसम्म सडक फराकिलो पनि नभएको अनि बढोत्तरि पनि नभएको कारण सुब्बाले आरटीआई मार्फत यसको जानकारी मागेका थिए।
तर उक्त आरटीआईको कुनैपनि जवाब नआएको कारण नै यस सडक निर्माण कार्यमा पनि व्यापक भ्रष्टचार भएको हुनसक्ने सुब्बाको आरोप रहेको छ। यस्ता भ्रष्टचारका कार्यहरू हुनुमा जीटीएको दोष रहेको बताउँदै सरकारले यसबारे झट्ट छानबिन गर्नुपर्ने माग गरेका छन्।

Related Posts

0 Response to "प्रधानमन्त्री ग्राम सडकमा जीटीएले व्यापक भ्रष्टचार गरिरहेको छ – के.एन. सुब्बा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.