-->
गोजमुमो पार्टीको धरातल फुस्किसकेको छ – विन्नी शर्मा

गोजमुमो पार्टीको धरातल फुस्किसकेको छ – विन्नी शर्मा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 29 अगस्त। ‘गोर्खा जनमुक्ति मोर्चाको धरातल फुस्किसकेको छ। आफ्नो धरातल खुस्केको देखेर अहिले गोजमुमो नेताहरूले पहाडमा अशान्ति फैलाउने कार्य गरिरहेको छ।
खर्साङको जनसभामा मोर्चा नेता आर. मोक्तानले अब मन्त्रीहरूलाई पहाड चढ्न नदिने बयान दिएका थिए। जनाधार घटेको कारण अहिले उनीहरू उत्पट्याङ बोल्दैछन्’ उक्त कुरा हिल तृणमुल कङ्ग्रेस सचिव बिन्नी शर्माले एक पत्रकार सम्मेलन आयोजना गरेर भनेका हुन्। 
उनले आफ्नो सम्बोधनको क्रममा गोजमुमो पार्टीको खर्साङ जनसभामा मोर्चा प्रवक्ता आर. मोक्तानले दिएको भाषणको तिब्र निन्दा गर्दै ‘आर. मोक्तानले पहाडमा अब मन्त्री चढ्न दिनुहुँदैन’ भनेर सन्त्रासको राजनीति गर्न खोजेको आरोप लगाए। 
हाल मोर्चाले पहाडमा वसोवास गर्ने गैर गोर्खा जातिको मनोभावमा ठेस पुर्‍याउने कार्य गरिरहेको आरोप लगाउँदै तृणमूल कङ्ग्रेसले पहाडमा शान्ति सद्भावना बनाएर राख्ने प्रतिवद्धता गरे। हाल पहाडमा मोर्चाले आफ्नो जनाधार गुमाउनुको साथै तृणमुल कङ्ग्रेसमा बड्दो समर्थनले आत्तिएको बताउँदै जब-जब चुनावको मौसम अघि आउँछ तब-तब गोजमुमोले छुट्टै राज्य गोर्खाल्याण्डको कुरा गरेर रोटी सेक्ने कार्य गरिरहेको आरोप लगाए। 
उनले जिटिएको विकासका निम्ति राज्यले 16 सय करोड रूपियाँ अघिबाटै दिइसकेको दाबी गर्दै जीटीएले पहाडको विकास कार्य भने नगरेको आरोप लगाए। 
‘जीटीएले आजसम्म कुन चाहीँ उल्लेखनीय कार्य गरेको छ? उनीहरूले गरेको कार्य देखाउनलाई के छ? जति पनि यहाँ पूर्वाधारहरू जीटीएले बनाउनुपर्ने हो त्यो उनीहरूले बनाएको छैन। यहाँ भएको पूर्वाधारहरू सबै दागोपापले मात्रै बनाएको हो। जीटीएले केहि गरेको छैन’ बिन्नी शर्माले भने। 
अहिले पहाडमा नगरपालिका चुनाव नजिक आउँदै गरेको कारण गोजमुमोले गोर्खाल्याण्डको कुरा गरिरहेको बताउँदै मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति पूर्ण समर्थन पाएर पनि कुनै उपलब्धि ल्याउन नसकेको दाबी गरे। 
पहाडमा गोजमुमो सत्तामा आएपछि शिक्षाको गुणस्तर घटेको अनि यहाँको शिक्षा व्यवस्था डावाडोल भएको पनि आरोप लगाए। 
‘अहिले गोजमुमोले गोर्खाल्याण्डको आन्दोलन गर्छु भन्दैछ। विद्यार्थीहरूलाई अनशनमा राख्दैछ। यदि मोर्चाले आन्दोलन गर्छ भने विमल गुरुङ भोक हडतालमा बस्नु पर्छ। सभासदहरू अनशनमा बस्नुपर्छ’ बिन्नी शर्माले अझ भने। 
यसक्रममा शर्माले पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीएले पहाडमा विकास गर्नको साटो केवल ठेकेदार जन्माउने र भ्रष्टचार बढाउने कार्य मात्रै गरेको आरोप लगाए। ‘गोजमुमोको कुनै भिजन र मिशन छैन। उनीहरूको मिशन नै कमिशन हो’ बिन्नी शर्माले अझ भने। 
उनले खर्साङको जनसभाबाट मन्त्री अरूप विश्वासले ‘पहाडका जनताले एकदिन विमल गुरुङलाई खेद्नेछ’ भनि दिएको वक्तव्यको समर्थन गर्दै यसभन्दा पनि अघि पहाडका जनताले नै सुवास घिसिङलाई खेदेको उदाहरण दिँदै भविष्यमा पनि समय आएपछि पहाडका जनताले नै विमल गुरुङलाई पहाडबाट खेद्ने दाबी गरे।

Related Posts

0 Response to "गोजमुमो पार्टीको धरातल फुस्किसकेको छ – विन्नी शर्मा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.