-->
  ‘इन्डिया रिमेम्बर्स्’ मार्फत सेनानीहरूलाई सम्झना गर्दै युएसआई सेनानीहरूको नलेखिएको इतिहासलाई अघि ल्याउन आवश्यक छ – मिङमा लह्मु पाख्रिन

‘इन्डिया रिमेम्बर्स्’ मार्फत सेनानीहरूलाई सम्झना गर्दै युएसआई सेनानीहरूको नलेखिएको इतिहासलाई अघि ल्याउन आवश्यक छ – मिङमा लह्मु पाख्रिन

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 20 अगस्त। ‘इन्डिया रिमेम्बर्स्’ नामक योजना मार्फत पहिलो विश्वयुद्ध देखि अहिलेसम्मका भारतीय थल सेना, जल सेना, वायु सेना अनि अर्द्ध सेनाहरूलाई सम्झना गर्ने पहल युनाइटेड सर्भिस इन्टिट्युसनले सीडब्ल्युजीसी, एफएच अनि बिग आइडियाको सहयोगितामा सुरु गरेको छ। सोहि कार्यक्रमबारे जानकारी दिन आज ‘युनाइटेड सर्भिस इन्टिट्युसन’ की सह-योजना प्रबन्धक मिङमा लहमु पाख्रिन कालेबुङ आइपुगेकी थिइन्।
यसक्रममा उनले विशेष कुराकानी गर्दै गत 14 जुलाई देखि सुरु भएको उक्त योजना आगामी 7 दिसम्बरसम्म चल्ने जानकारी दिइन्। ‘भारतका अनेकौँ सैनिकहरूले युद्ध लडिसकेका छन्। पहिलो विश्वयुद्ध, दोस्रो विश्वयुद्ध देखि अन्य युद्ध लड्नेहरूमा कोहि अझै जीवित छन् त कोहि वितेर गइसकेका छन्। त्यति मात्रै नभएर आजपनि अनेकौँ जवानहरू गाउँ-गाउँमा छन्। उनीहरूलाई सम्झना गर्ने यस योजनाको मुख्य उद्देश्य रहेको छ’ मिङमा लहमु पाख्रिनले भनिन्।
‘हामी सेनानीहरूको इतिहासलाई जगेरा गर्न चाहन्छौँ। आजसम्म नलेखिएका इतिहासलाई अघि ल्याउने योजना छ। यस कार्यका निम्ति हामी सम्पूर्ण संघ-संस्था, विद्यालय, व्यक्ति विशेष सबैबाट सहयोगको अपेक्षा गर्दछौँ’ उनले अझ भनिन्। देशको निम्ति बहुमूल्य योगदान दिने सेनानीहरूलाई प्रत्येकले सम्झना गर्न आवश्यक रहेको बताउँदै नलेखिएको इतिहासलाई लेखेर विश्वको सामु प्रस्तुत गर्न सके राम्रो कार्य हुने उनले अझ जानकारी गराइन्। सोहि उद्देश्य लिएर ‘इन्डिया रिमेम्बर्स्’ योजना मार्फत कार्य गरिरहेको बताउँदै यसबारे सबै तहबाट पहल हुनपर्ने उनले बताइन्।
‘गाउँ-गाउँमा सेनानीहरू हुन्छन्। उनीहरूको इतिहास नलेखिएको हुनसक्छ। यसको निम्ति जानेकाहरूले उनीहरूबारे कार्यक्रम गर्नुपर्छ। यसको निम्ति सेनानीहरूलाई केन्द्रमा राखेर विद्यालयहरूले हाजिरी जवाब प्रतियोगिता, वाकपटुता, निबन्ध प्रतियोगिता आदि आयोजना गरेर नलेखिएका इतिहासलाई अघि ल्याउँदै सेनानीहरूलाई सम्झना अनि श्रद्धा गर्न सकिनेछ’ मिङमा लहमु पाख्रिनले अझ भनिन्।
उनले विशेष गरेर मानिसहरूलाई सेनानीहरूको योगदानलाई सम्झना गरेर अघि ल्याउनका निम्ति अनि देशको निम्ति योगदान दिने वीरहरूलाई समाजका हरेक व्यक्तिहरूलाई परिचित गराउन आवश्यक रहेको जानकारी गराए। यस महत कार्यको निम्ति प्रारम्भमा पञ्जाब, दिल्ली, उत्तरपूर्वाञ्चल, बङलोर, हैदराबाद अनि उत्तरबङ्गाललाई चयन गरेको जानकारी दिए। देशका प्रत्येक सेनानीहरूलाई परिचित गराउने यस कार्यमा विशेष गरेर गोर्खा सेनानीहरूले देशलाई दिएको योगदानबारे नलेखिएका इतिहासलाई लेख्न सकिने यस योजना एउटा महत्वपूर्ण अवसर रहेको बताउँदै प्रत्येक गोर्खा सेनानीहरूले दिएको योगदानलाई समाजका हरेक व्यक्तिहरूले विविध कार्यक्रमहरू आयोजना गरेर अघि ल्याउनमा सहयोग पुर्‍याइदिने उनले अपिल गरेकी छन्।
‘कुनै पनि सेनानीहरूलाई भेटेको खण्डमा तपाईँहरूले एउट सयपत्री फूल दिनुहोस। सयपत्रीको फूल यस योजनाको प्रतिक हो। हामी उनीहरूलाई एउटा फूल दिएर समाजसँग सधैँ जोडेर नजिकमा राख्न सक्छौँ। उनीहरूको इतिहासलाई जिउँदो राख्न सक्छौँ। नलेखिएका इतिहास लेखेर विश्वलाई परिचित गराउन आजको आवश्यक्ता हो’ पाख्रिनले भनिन्। उनले आजसम्म नलेखिएका सेनानीहरूको इतिहासलाई उक्त योजना अन्तर्गत संरक्षण र सम्वर्द्धन गरेर राख्ने अनि भविष्यमा सेनानीहरू माथि इतिहास लेख्न चाहनेहरूका निम्ति उक्त कार्य दस्तावेजको रूपमा संरक्षित रहेर बस्ने बताइन्।
‘हाम्रो योजना अनुसार देशभरीका सेनानीहरूलाई सम्झना गर्नु हो। यति हुँदा हुँदै पनि आजसम्म देशलाई गोर्खाहरूले दिएको योगदान अनि गोर्खा सेनानीहरूको नलेखिएको इतिहासलाई उजागर गर्नु, उनीहरूको वीरतालाई संरक्षण र सम्वर्द्धन गर्नु अनि भावी पिँढीका निम्ति संरक्षित गरेर राखिदिने यो सुनौलो अवसर हो। यसैकारण पनि यहाँका गोर्खा सेनानीहरूको इतिहासलाई हाम्रो यस योजना अनुसार जोडेर जानकारी गराइदिने अपिल गर्दछौँ’ मिङमा लहमु पाख्रिनले भनिन्।
यसक्रममा उनले सेनानीहरूको इतिहास आफ्ना छोरा-छोरीलाई मात्र नभनेर सम्पूर्ण देशवासी र विश्वलाई नै भन्न आवश्यक रहेको कारण पनि उक्त योजना एउटा सुनौलो अवसर रहेको उनले मत व्यक्त गरिन्। ‘आजसम्म नलेखिएका भारतीय सेनानीहरूको इतिहासबारे सचेतना, उनीहरूको सम्झना, युद्ध विरासतहरूको संरक्षण र सम्वर्द्धन गर्नु आवश्यक छ। हामीले थाह भएका यस्ता नलेखिएका इतिहासलाई अघि ल्याउने कार्य गर्नुपर्छ। यसको निम्ति सबैले कार्य गर्नुपर्नेछ’ उनले स्पष्ट भनिन्।
वास्तवमा समाजका मानिसहरूले यस्ता इतिहासलाई भुलेर जाने गरेको कारण समाजका हरेक व्यक्तिहरूलाई जोडेर राख्नका निम्ति पनि वीरहरूको सम्झनामा कार्यक्रमहरू गर्नुलाई यस योजना अनुरुप कार्य गरिरहेको उनले थप बताइन्। यसबारे विभिन्न विद्यालय, संघ-संस्थालाई अपिल गरेको जानकारी दिँदै सबैले आ-आफ्ना ठाउँहरूबाट नलेखिएका इतिहास अघि ल्याउनका निम्ति कार्य गरिदिने अपिल गरेकी छन्। तीन दिने भ्रमणमा रहेकी मिङमा लहमु पाख्रिन दार्जीलिङ भ्रमण सकेर आज कालेबुङ आइपुगेकी थिइन भने भोलि सिक्किम जाने जानकारी दिएकी छन्।

0 Response to " ‘इन्डिया रिमेम्बर्स्’ मार्फत सेनानीहरूलाई सम्झना गर्दै युएसआई सेनानीहरूको नलेखिएको इतिहासलाई अघि ल्याउन आवश्यक छ – मिङमा लह्मु पाख्रिन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.