-->
सप्तश्री ज्ञानपिठको आयोजनामा 25 औँ नेपाली भाषा मान्यता दिवस पालन ..... जसले आफ्नो भाषा छोड्छ उसले आफ्नो अस्तित्व पनि हराउँछ – सी.के. श्रेष्ठ

सप्तश्री ज्ञानपिठको आयोजनामा 25 औँ नेपाली भाषा मान्यता दिवस पालन ..... जसले आफ्नो भाषा छोड्छ उसले आफ्नो अस्तित्व पनि हराउँछ – सी.के. श्रेष्ठ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 20 अगस्त। ‘जसले आफ्नो भाषा छोड्छ उसले आफ्नो अस्तित्व पनि हराउँछ। यसकारण आफ्नो अस्तित्व बचाएर राख्नका निम्ति आफ्नो भाषा हराउनु हुँदैन’ – उक्त कुरा सी.के.श्रेष्ठले 25औँ नेपाली भाषा मान्यता दिवस कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन्। 
उनी आज यहाँको सप्तश्री ज्ञानपिठको आयोजनामा पालन गरिएको 25 औँ नेपाली भाषा मान्यता दिवस कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेका थिए। यसक्रममा विशिष्ठ अतिथिका रूपमा वयोवृद्ध श्रीमती सानुमति राई, सुश्री पवित्र भण्डारी, कमल रेग्मी अनि योगेन्द्र घतानी उपस्थित रहेका थिए। 
विद्यालयकै प्रेक्षागृहमा आयोजित कार्यक्रममा मुख्य अतिथि अनि विशिष्ट अतिथिको बाहुलीबाट दीप प्रज्ज्वलन गरेपछि सुरु भएको कार्यक्रममा सप्तश्री ज्ञानपिठका निर्देशक तपन कुमार प्रधानले स्वागत सम्बोधन राखेका थिए। कार्यक्रममा विद्यालयको पक्षबाट निर्देशक तपन कुमार प्रधानद्वारा वयोवृद्ध साहित्यकार श्रीमती सानुमती राईलाई दोसल्ला अनि स्मृति पत्र प्रदान गरेर सम्मानित गरिएको थियो। 
यसै अवसरमा नेपाली साहित्यको क्षेत्रमा सेवा गर्दै आइरहेका कवि कमल रेग्मी, पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आइरहेका हाम्रो प्रजाशक्तिका सम्पादक पवित्र भण्डारी अनि साङ्गीतिक क्षेत्रका महत्वपूर्ण योगदान दिइरहेका योगेन्द्र घतानीलाई पनि 25 औँ भाषा मान्यता दिवसको अवसरमा सम्मानित गरिएको थियो। कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेका सी.के. श्रेष्ठको बाहुलीबाट उनीहरूलाई दोसल्ला अनि स्मृति पत्र प्रदान गरेर सम्मानित गरिएको थियो। 
सोहि अवसरमा विद्यालयका आईएससी अनि आईसीएसई परीक्षामा नेपाली भाषामा सर्वोच्च अङ्क प्राप्त गर्ने विद्यार्थीवर्गलाई पनि सम्मान जनाइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि सी.के श्रेष्ठले अन्य भाषा जान्नु राम्रो भए पनि आफ्नो भाषालाई भने बिर्सनु नहुने बताए। 
यसक्रममा उनले भाषा आन्दोलनको क्रममा आफुहरूले गाएका गीत समेत प्रस्तुत गरेर विद्यार्थीवर्गलाई उदाहरण प्रस्तुत गरे। ‘बाघले बिरालोले जस्तो म्याऊ गर्नु हुँदैन। अथवा बिरालोले बाघले गस्तो गर्जनु हुँदैन। जुन दिन बाघले म्याउँ गर्छ त्यसै दिन त्यसले आफ्नो अस्तित्व हराउँछ। अर्थात आफूले आफ्नो भाषा बिर्सिए आफ्नो अस्तित्व नै हराउनेछ। यसैकारण हामीले पनि आफ्नो भाषा हराउँनु हुँदैन’ सी.के श्रेष्ठले भने। उनले नेपाली भाषा प्रत्येक नेपालीको मुटुसँग जोडिएको बताउँदै अङ्ग्रेजी भाषा भने मानिसको रोजगारसँग जोडिएको बताए। 
‘अङ्ग्रेजी भाषा जान्नुपर्छ। यो व्यवसायिक भाषा हो। हाम्रा नानीहरूले अङ्ग्रेजी भाषा जान्यो भन्दैमा नेपाली भाषालाई नै बिर्सनु भने हुँदैन। जहाँ जहाँ नेपाली भाषाको प्रयोग गर्ने ठाउँ प्राप्त हुन्छ त्यहाँ नेपाली भाषा नै प्रयोग गर्नुपर्छ। संविधानले मान्यता दिएको भाषालाई हामीले नै प्रयोग गरेन भने भाषाको विकास कसरी हुनेछ?’ सी.के श्रेष्ठले भने। 
आफ्नो सम्बोधनको क्रममा उनले कालेबुङमा अङ्ग्रेजी माध्यमका विद्यालयहरूमा सप्तश्री ज्ञानपिठले नेपली भाषाको श्रीवृद्धीमा गरिरहेको कार्यहरूबारे खुलेर प्रशंसा पनि गरे। 
सोहि क्रममा यता कार्यक्रमलाई सम्बोधन गर्दै कमल रेग्मीले पनि आफ्नो भाषालाई भुल्न नहुने बताउँदै नेपाली भाषाको प्रत्येक विद्यार्थीवर्गले प्रयोग गर्नुपर्ने बताए। 
यस अवसरमा सह शिक्षक पारश शर्माले कार्यक्रमको औचित्यबारे जानकारी गराएका थिए भने विद्यार्थी श्रीतिका छेत्रीले नेपाली भाषा सम्बन्धि वार्ता प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा विद्यार्थीहरूले विविध लोक नृत्य, गीत, कवितावाचनसँगै गीति नाटक पनि प्रस्तुत गरेका थिए। भुवन खनालले सम्बोधन गरेको कार्यक्रममा होमा प्रधानले धन्यवाद ज्ञापन राखेका थिए।

0 Response to "सप्तश्री ज्ञानपिठको आयोजनामा 25 औँ नेपाली भाषा मान्यता दिवस पालन ..... जसले आफ्नो भाषा छोड्छ उसले आफ्नो अस्तित्व पनि हराउँछ – सी.के. श्रेष्ठ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.