लालकिल्लाबाट प्रधानमन्त्रीले गोर्खाल्याण्ड गठनको घोषणा गर्नुपर्छ – क्रामाकपा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 13 अगस्त। ‘गोर्खाको सपना मेरो सपना’ भन्ने भारतका
प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 70औँ स्वतन्त्रता दिवसको अवसरमा छुट्टै राज्य ‘गोर्खाल्याण्ड’ गठनको घोषणा गर्नुपर्ने क्रामाकपाले
माग गरेको छ।
प्रधानमन्त्री मोदीले गोर्खाहरूको दिर्घकालिन समस्या समाधानको निम्ति अनि भाजपाले बारम्बार गोर्खाहरूको समस्यालाई साहनुभूतिपूर्वक विचार गरिरहेको भन्दै आश्वासन दिनको साटो अब लालकिल्लाबाट सोझै प्रधानमन्त्रीले घोषणा गर्नु पर्ने क्रामाकपाको माग रहेको छ।
यस सम्बन्धका क्रामाकपाले आज शहरको विभिन्न
स्थानहरूमा फ्लेक्स लगाएको छ। यता यसबारे क्रामाकपा कालेबुङ शहर जोनल समितिका संयोजक विक्रम छेत्रीले पत्रकारहरूसँग कुराकानी गर्दै ‘भारतका प्रधान मन्त्री नरेन्द्र मोदीले गोर्खाहरूको सपना मेरो सपना’ भनेका थिए। भाजपा नेता राजीव प्रताप रूढीले मेला ग्राउण्डमा आगामी वर्ष गोर्खाल्याण्डमा स्वतन्त्रता दिवसको सलामी ग्रहण गर्ने भनेका थिए। भाजपा केवल बाचा मात्रै गर्दै आइरहेको छ। अब त्यस वाचालाई उनीहरूले पुरा गर्ने उचित समय आएको छ’
भने।
देश स्वतन्त्र बनाउँनका निम्ति गोर्खाहरूले दिएको योगदानको
मूल्याङ्कन गर्नकै निम्ति पनि प्रधानमन्त्रीले लाल किल्लाबाट गोर्खाल्याण्ड गठनको घोषणा गर्नुपर्ने क्रामाकपाको माग रहेको छ। गोर्खाहरूको समस्या समाधानको निम्ति अब आश्वासन होइन तर समाधान रहेको बताउँदै प्रधानमन्त्रीले समाधनको पहल गर्नुपर्ने विक्रम छेत्रीले बताए।
अर्कोतिर दलका आञ्चलिक सचिव सुधन प्रधानले पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खाहरूको सपना केवल छुट्टै
राज्य मात्र रहेको बताउँदै त्यस छुट्टै राज्यको सपनालाई प्रधानमन्त्रीले पुरा गर्नुपर्ने माग गरे। भाजपाले गोर्खाहरूको दीर्घमियादी मागलाई सहानुभितिपूर्वक हेरेको भन्दै जसरी आश्वासनका पोका थमाउँदै आइरहेको थियो त्यस आश्वासनलाई कार्यरूपमा परिवर्तन गर्ने सही समय नै स्वतन्त्रता दिवसको दिन छुट्टै राज्य गोर्खाल्याण्डको घोषणा गरेर हुने दाबी गरेका छन्।
छुट्टै राज्य गोर्खाल्याण्डकै निम्ति गोर्खाहरूले एस.एस आहलुवालीयालाई संसद बनाएर पठाएको दाबी गर्दै अब उनीहरूले आफ्नो राजनैतिक प्रतिबद्धता र ईमान्दारिता देखाउनुपर्ने सुधन प्रधानले माग गरेका छन्। भाजपाको ईमान्दारिता देखाउने स्वतन्त्रता दिवस उचित समय रहेको कारण नै अब प्रधानमन्त्रीले लालकिल्लाबाट 70 औँ स्वतन्त्रता दिवसमा गोर्खाल्याण्ड गठनको घोषणा गर्नु उचित हुने प्रधानले अझ बताएका छन्।
0 Response to "लालकिल्लाबाट प्रधानमन्त्रीले गोर्खाल्याण्ड गठनको घोषणा गर्नुपर्छ – क्रामाकपा"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.