-->
एस एस बी जवानको गोली हानी अस्वाभाविक मृत्यु

एस एस बी जवानको गोली हानी अस्वाभाविक मृत्यु

राजेश शर्मा, कालिमन्युज, जयगाँउ 19 जुलाई । भारत भोटाङ सिमा क्षेत्रको जयगाउँँ चेक पोस्टमा ड्युटिमा रहेका एक सशस्त्र सिमा बल जवानलाई गोली हानी मृत्य भएको अवस्थामा फेला पारिएकोछ। एसएसबी सुत्र अनुसार उक्त सिपाहीले आत्म हत्या गरेको आशंका गरिएकोछ्। गत सोमबार राती 53औ सशस्त्र सिमा बलको 28 वर्षीय सिपाही गिरीराज गुजड़को आफ्नै राईफलले चिउड़ो मुनि दुई गोली फायर गरिएको थाहा लागेको छ। सम्भवत तिनले आफ्नै राइफलले आत्महत्या गरेको हो भन्ने आशंका गरिएको छ अनि यो खबरले यहाँ सनसनि फैलिएको छ । यस सम्बधमा सशस्त्र सिमा बलको कमाण्डेन्ट मुन्ना सिंगले बताए कि हिजो राती जयगाँउ स्थित अन्तर्राष्ट्रिय सिमामा अवस्थित फरेन चेकपोस्टमा राती 12 बजे देखी 3 बजे भित्र राजस्थानको जयपूरको जय रामगड़ निवीसी सिपाही संख्या 120805317 रहेको गिरीराज गुजड़ले आफ्नो ड्युटी गरिरहेका थिए । जब 3 बजेदेखी डिउटी बदलि हुने समयसम्म पनि सिपाहीले डिउटी बद्ली नभएको हुदाँ एक जना एसआईले डिउटी गरिरहेको स्थानमा आइ जाँच गर्दा गिरीराजलाई मृतक अवस्थामा देखीएको जानकारी गराए। तिनले यसै सन्र्भमा बताउदै भने कि दुईवटा राईफलको गोलिको खाली खोल पाइएकोले दुई चोटि गोलि चलाएर आत्महत्या गरेको अनुमान लगाइएकोछ । आज मृतक एसएसबी जवानको मृतदेहलाई जयगाँउ पुलिसको सहायतामा अलिपूरद्वार जिल्ला अस्पतालमा पोसमोर्टमको निम्ति बिहान पठाईयो । जुन राईफलबाट् गोलि चलाइएको थियो त्यसलाई एसएसबीले जयगाँउ थानामा जिम्मा लगाइएको बताइएको छ। घटना बारेमा एसएसबी जवानहरुमाझ घटनाको कारण अधिकारिहरुको कडा हुकुम हुन सक्ने खासखुस कुरा चलिरहेको थाहा लागेकोछ । खबर लेखुन्जेजेलसम्म पोसमोर्टमको रिपोट आइपुगेको थिएन।

0 Response to "एस एस बी जवानको गोली हानी अस्वाभाविक मृत्यु"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.