-->
जिल्ला गठनको निम्ति प्रशासनले आधिकारिक बैठक बोलायो ....भोटाङ्लाई सोध्नपर्छ भन्नेहरूलाई गतिलो जवाब हो – डा. छेत्री

जिल्ला गठनको निम्ति प्रशासनले आधिकारिक बैठक बोलायो ....भोटाङ्लाई सोध्नपर्छ भन्नेहरूलाई गतिलो जवाब हो – डा. छेत्री

डी के वाइबा, कालिमन्युज, कालेबुङ 6 जून। ‘कालेबुङ जिल्ला गठनको कानूनी प्रक्रिया शुरू हुनु भनेको जिल्ला विरोधी र भोटाङ् प्रेमीहरूको निम्ति राजनैतिक थप्पड़ हो’ उक्त कुरा जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भनेका हुन। कालेबुङ जिल्ला गठनको आधिकारिक प्रक्रियाको निम्ति प्रशासनलेपहिलो पल्ट सर्वदलिय बैठक डाकेपछि डा. छेत्रीले उक्त प्रतिक्रिया व्यक्त गरेका हुन। जिला गठनको निम्ति आधिकारिक् बैठक डाकेको पत्र पाउन साथ आज जन आन्दोलन पार्टीका कार्यकर्ताहरूले शहरमा एक्कासी विजय जुलुस नै निकालेका थिए।
एका-एक डम्बर चौकमा पडेका पड्काउँदै जन आन्दोलन पार्टीका कार्यकर्ताहरूले ‘जय जाप, जय जिल्ला’-को नारा लगाउन थालेपछि शहरमा मानिसहरू अवाक बनेका थिए। जिल्ला गठनको निम्ति आधिकारिक प्रक्रिया आरम्भ भएको कारण जाप कार्यकर्ताहरूले नाराबाजीको साथमा पटेका पड्काएर खुशीयाली मनाउन थालेपछि मानिसहरूको भीड पनि जमेको थियो।
जिल्ला प्रशासन सुत्र अनुसार प्रशासनले 7 जूनको दिन दार्जीलिङ जिल्लापाल कार्यालयमा आधिकारीक बैठकको आयोजना गर्ने भएको छ भने प्रशासनको आधिकारीक पहलपछि हर्षव्यक्त गर्दै जाप आध्यक्ष डा. हर्कबहादुर छेत्रीले कालेबुङ जिल्ला गठनको आधिकारिक पहल यहीँबाट शुरू भएको छ भने।
‘यो बैठक जिल्लाको निम्ति वैधानिक प्रक्रिया हो। हामी यसलाई ठूलो उपलब्धि मान्छौं’ डा. छेत्रीले भने। आधिकारिक बैठक बोलाएपछि डा. छेत्रीले मुख्यमंत्री ममता ब्यानर्जी प्रति आभार व्यक्त गरे। कोलकोत्तामा रहेका डा. छेत्रीले फोन मार्फत् भने, ‘यो हाम्रो निम्ति ठूलो उपलब्धि हो। गोजमुमोको निम्ति यो राजनैतिक थप्पड़ बराबर हो। जसले केवल जनतालाई भोटको निम्ति मुद्दा देखाउँछन् तर केही गर्दैनन्। अब जिल्लापालले प्रक्रिया शुरू गरे। कालेबुङलाई जिल्ला बनाउनलाई भोटाङ्लाई सोध्नुपर्छ भन्नेहरू अब के भोटाङ् जाने हुन् त ? ’ उनले विमल गुरूङलाई लक्ष्यमा राखेर प्रश्न गरे। यसैक्रममा ‘हामी गोजमुमो होइनौं। जसले चुनाउमा ललिपप देखाउँछ र हराउँछ। हामी केवल वचनमात्रै दिँदैनौं, तर वाचा पूरा गरेर देखाइदिन्छौं। यही उदहारण आज पनि दियौं’ डा. छेत्रीले अझ भने। उनले उक्त विषयबारे जाप पार्टी कार्यालयमा खबर दिएपछि दलका समर्थकहरूमा हर्षको माहोल छाएको देखियो। जिल्लाको निम्ति संघर्ष गर्दै आउने जाप समर्थकहरूले डम्बरचोक परिसरमा पटेका पढकाए। डम्बरचोकमा हर्कबहादुरको समर्थनमा व्यापक नाराबाजी समेत गरेको देखियो।
कालेबुङका जाप समर्थकहरूले जनाएअनुसार पेदोङ, अलगड़ा, गोरूबथान, रेलीपाला, निम्बोङ बरबोट, गीतडाब्लिङ, तोदेताङ्दा, हाइवे आदि क्षेत्रका समर्थकहरूले पनि आआफ्नो स्थानमा पटेका पड़काउँदै हर्ष व्यक्त गरेको जनाइएको छ।
‘गोजमुमोले राज्य राजनीतिबाट धेरै सिक्न जरूरी छ’, उनले अघि थपे, ‘ठीकसंगले ठाउँ मान्छेसंग ठीक कुरा राखे असम्भव केही छैन। यो त्यसैले एउटा उदहारण हो। जापले जे भन्छ, त्यो पूरा गरेर देखाइदिन्छ। अरू जस्तो भोटपछि हराउने दल होइनौ हामी। हामीलाई विश्वास छ, जनताले आखिरमा त्यही दल रोज्नेछन्। जुन दलले जनतासंग उभिएर काम गर्नेछ। हामी पानी, पञ्चायत र पर्चापट्टाको मुद्दालाई पनि यसरी नै फत्ते गर्नेछौं। यो हाम्रो ठूलो उपलब्धि हो।’
गोजमुमोले उठाएको एउटै मुद्दा पनि पूरा हुन नसक्ने ठोकुवा गर्दै उनले कटाक्ष गर्दै भने, ‘मोर्चाले हातमा रहेको काम पनि गर्न सक्दैन। पीएचई विभाग आफूसंग छ। तैपनि पानीको वितरणसम्म ठीक गर्नसक्दैन। जापले हिसाब किताब खोज्न थाल्यो। तब अभियन्तालाई स्थानान्तरण गरेछ।‘
‘हाम्रो माग यो होइन। अभियन्तालाई हटाए कालेबुङले पानी पाउँछ ?’ प्रश्न गर्दै अघि भने, ‘यो ता सभासद्संग जोड़िएको छ। त्यसपछि मोर्चाका माथिल्लो ओहोदामा समेत जोड़ेको छ। हिसाब निस्किए समस्या हुने भयले जोगाउने काम हुँदैछ। हामी यसको विरोध गर्छौं। अभियन्तालाई स्थानान्तरण गर्नु पानीको समस्या समाधान हुनु होइन। जनताको आँखामा धुलो हाल्ने काम नगर्दा हुन्छ।’
यसतो दलबाट अन्य मुद्दाको समस्या समाधान हुन्छ भन्नु दिवा सपना देख्नु सरह रहेको दावी छेत्रीले गरे।
यसको तुलनामा जापले कहिले आफ्नो भाका नफेरेको जनाउँदै उनले थपे, ‘जिल्ला मुद्दा उठायो। यहाँसम्म ल्याइपुर्यायौं। पानीको निम्ति संघर्ष जारी छ। पञ्चायत हामी गराएर देखाइदिनेछौं। पर्चापट्टाको मुद्दालाई ठीकसंगले सम्वोधन गर्नेछौं। चिया श्रमिकहरूको समस्या ठीकठाउमा राख्नेछौं। अब जनताले डर र लालच देखाएर आश्वासन दिनेलाई होइन, काम गर्ने दललाई नै साथ दिनेछ। अब पहाड़का जनताले सरोकारको राजनीति गर्नुपर्ने जनाउँदै जापले यसको उदहारण पेश गरिरहहेको दावी गरे। (समाचार उपलब्ध केवल कालिम्पोङ न्युज अनि दैनन्दिनी समाचार )

Related Posts

0 Response to "जिल्ला गठनको निम्ति प्रशासनले आधिकारिक बैठक बोलायो ....भोटाङ्लाई सोध्नपर्छ भन्नेहरूलाई गतिलो जवाब हो – डा. छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.