-->
कालेबुङ साइन्स सेन्टरद्वारा पर्यावरण दिवसको अवसरमा सफाई कार्य सम्पन्न

कालेबुङ साइन्स सेन्टरद्वारा पर्यावरण दिवसको अवसरमा सफाई कार्य सम्पन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ 6 जून। कालेबुङ विज्ञान केन्द्रले पर्यावरण दिवसको अवसरमा डेलो फाटकदेखि सर-सफाई कार्य गरेको छ।
चारैतिर पर्यावरण दिवसको अवसरमा सबैले विभिन्न स्थानमा रूखहरूका विरूवाहरू रोप्ने कार्य गरिरहेको समयमा बिज्ञान केन्द्रले भने सर-सफाई गरिरहेका थिए।
स्थानीय मानिसहरूको सहयोगमा पालन गरिएको उक्त सर-सफाई कार्यक्रममा मानिसहरूले उत्साहपूर्ण सफाई गर्दै स्वच्छ परिवेश बनाएर राख्नु पर्ने सन्देश दिइरहेका थिए।
कार्यक्रममा विज्ञान केन्द्रका प्रमुख डा. बी.बी गुरुङ, क्षेत्रका वासिन्दा बिनोद बुढाथोकी लगायत सेन्टरका कर्मचारीहरूको विशोष उपस्थिति रहेको थियो।
सर सफाई कार्य सम्पन्न हुन अघि एउटा औपचारिक कार्यक्रम सम्पन्न भएको थियो। यस अवसरमा केन्द्रका प्रमुख बी.बी गुरूङले विश्वको बद्लदो जलवायुमाथि आफ्नो विचार राखेका थिए।
‘पर्यावरण दिवसमा रूखहरू मात्र रोपेर हुँदैन। रूख रोपेपछि त्यसको समय समयमा सही हेरचार पनि गरेको हुनुपर्छ। पर्यावरणको सुरक्षा एवं संरक्षण प्रत्येक घर घरबाट सुरू हुनुपर्छ। घरमा अधिक इन्धनको प्रयोग नगरौँ, खाध्य नष्ट नगरौँ, प्लास्टिक प्रयोग नगरौँ अनि गाडीहरूको प्रयोग कम गर्नाले पनि हाम्रो पर्यावरणलाई स्वच्छ राख्न सकिन्छ’ डा. बी.बी गुरुङले भने।
यसक्रममा उनले बर्खा याम सुरू अघि सबैले आफ्नो घर नजिक भएका झोडा नालाहरू सफा राख्नु पर्ने सुझाव राकेका थिए।
कार्यक्रममा उपस्थित बिनोद बुढाथोकीले सेन्टरद्वारा सुरू गरिएको उक्त कार्यक्रमको खुलेर प्रशंसा गरे। साइन्स सेन्टरका कर्मचारी लगायत स्थानिय मानिसहरू सबै मिलेर डेलो फाटकदेखि क्रुस डाँडासम्म सपाई अभियान गरे। त्यहाँ भएको नालाहरू सफा गरे।
पर्यावरण दिवसको सुअवसरमा सेन्टरद्वारा मासिकरूपमा प्रकाशित गरिने न्युजलेटर अनि साइन्स च्यानलको तेस्रो एपिसोड पनि प्रकाशित गरियो। यी दुवै सेन्टरको वेवसाइटमा उपलब्ध हुनेछ साथै न्युजलेटर प्रिन्ट भर्सनमा पनि उपलब्ध रहनेछ।

Related Posts

0 Response to "कालेबुङ साइन्स सेन्टरद्वारा पर्यावरण दिवसको अवसरमा सफाई कार्य सम्पन्न"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.