
पिउने पानीको माग गर्दै जापको सप्ताहव्यापी धर्ना सुरू
डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 मई। पिउने पानीको मागमा आजदेखि जनआन्दोलन पार्टीले सप्ताहव्यापी धरणा शुरू गरेको छ। यहाँको त्रिकोण पार्कमा एकहप्ताको निम्ति शुरू भएको धरनामा 40 भन्दा अधिक जाप कार्यकर्ताहरूको सहभागिता रहेको छ। उक्त धरना 24 घण्टै जारी रहने भएको छ। जाप टाउन कमिटीको आयोजनामा सम्पन्न भएको धरनामा जाप युवा प्रकोष्ठ, चेली एकाईँ एवं युवा कार्यकर्ताहरूले सहभागिता जनाइरहेका छन्।
महिनादेखि जापले पिउने पानीको मागमा विविध कार्यक्रमहरू गरिरहेको भएपनि सम्बन्धित निकायहरू मौन रहेको कारण आजदेखि जापले लगातार धरणा बस्ने निर्णय लिएको हो। ‘जबसम्म कालेबुङबासीले पिउने पानी पाउँदैन तबसम्म हाम्रो कार्यक्रम जारी रहनेछ। पानीको मागमा हामी दिनरात धरनामा बस्नेछौँ’-टाउन कमिटीका संयोजक प्रदीप छेत्रीले भने। आजदेखि शुरू भएको धरना विशेष गरी दुईसूत्रिय मागमा आधारित छ।
अहिलेसम्म शहरमा लगभग सप्ताहमा एकदिन पानी वितरण भइरहेको छ भने पानीको सरवराह सप्ताहमा होइन प्रत्येक दिन हुनुपर्ने जापको माग रहेको छ। पिउने पानी सप्ताहमा एकदिन वितरण गरिएपनि वारटवर्क्सले वर्षभरिको बील पठाउने गरेको कुरालाई आधार गर्दै जापले दैनिक रूपमा पानी पाउनुपर्ने माग गरेको छ। य
सबाहेक बितेको तीन वर्षभित्र पिउने पानीको निम्ति नगरपालिकाले गरेको कार्यप्रणालीमाथि पनि जापको असन्तुष्टि छ। यसैले बितेको तीन वर्षभित्र नगरपालिकाले पानीको निम्ति गरेको आय व्ययको विवरण पनि जापले धरनामार्फत मागिरहेको छ। ‘कालेबुङमा जुनप्रकारको पानीको समस्या छ त्यो एकदमै जटिल समस्या हो। जुन समस्या समाधानको निम्ति आजसम्म कुनै ठोस् पहल भएको छैन। यसैले पिउने पानीको स्थायी समाधान हुनुपर्छ भन्ने हाम्रो माग हो’-छेत्रीले भने।
आजदेखि शुरू भएको धरनाले एकहप्ता पूरा गरिसक्दा पनि विभागीय पहल नभए जापले आगामी दिनमाअझ वृहत कार्यक्रमहरूको आयोजना गर्ने चेताउनी दिएको छ। पहिलो चरणको कार्यक्रम अन्तर्गत उक्त धरनापछि पनि कालेबुङबासीले पिउने पानी नपाए भावी कार्यक्रमहरू लिएर आन्दोलन गर्ने जाप टाउन कमिटीले चेताउनी दिएको छ।
0 Response to "पिउने पानीको माग गर्दै जापको सप्ताहव्यापी धर्ना सुरू"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.