-->
चुनाव परिणामले जापले जितेको छ – युवा प्रकोष्ठ

चुनाव परिणामले जापले जितेको छ – युवा प्रकोष्ठ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 21 मई। विधानसभा चुनाउको परिणामपछि आज पहिलोपल्ट जनआन्दोलन पार्टीको युवा प्रकोष्ठले एक पत्रकार सम्मेलनको आयोजना गर्दै चुनाउ परिणामलाई लिएर साङ्गठनिक अडान स्पष्ट पारेको छ। आज स्थानीय पार्टी कार्यालयमा सम्पन्न पत्रकार सम्मेलनमा युवा प्रकोष्ठका प्रवक्ता विशाल राई, व्यूरो मेम्बर भुपेन्द्र राई, हाइवे ब्लक कमिटीका संयोजक लेखराज छेत्री अनि निर्मल सुब्बा उपस्थित थिए। 
पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा युवा प्रवक्ता विशाल राईले जापले चुनाउ हारेर पनि जितेको बताए। ‘जुनप्रकारले यो छोटो समयमा पनि हामीले भारी जनमत प्राप्त गऱ्यौँ यसै घटनाले नै जापले चुनाउ हारेर पनि जितेको कुरा प्रमाण हुन्छ। जापको मेनिफेष्टो, दर्शन, कार्यक्रम, योजना र कार्यकौशल हेरेर अनि हाम्रो अवधारणालाई पछ्याएर नै हामीले सचेत भोट पाएका हौँ। चुनाउको समयमा हामीले जनतालाई जुन मुद्दाहरूमा प्रतिबद्धता देखाएका थियौँ आगामी
दिनमा पनि हामी त्यही प्रतिबद्धता लिएर नै अघि बढ्नेछौँ’-युवा प्रवक्ता राईले भने।
उनी अनुसार शुरूका दिनमा छोटो समयमा नै राजनैतिक दल खोल्नुपर्ने अनिवार्यता आएको थियो। यसपछि अडाई महिना नबित्दै चुनाउ मुखमा थियो। यो छोटो समयभित्र साङ्गठनिक विस्तार गर्दै चुनाउको प्रतिस्पर्द्धा गर्नु अनि यो चुनाउमा जनताले भारी मात्रामा जनमत दिनु भनेको योभन्दा ठूलो जीत जापको निम्ति अर्को छैन। उनले अझ भने अनुसार हिड्नुभन्दा उभिनु ठूलो कुरा हो। 
आज कालेबुङमा जाप उभिन सक्षम भएको बताउँदै यसपल्टको जनमतले कालेबुङलाई हेरेर बसेको दार्जीलिङ खरसाङ तराई-र डुवर्समा पनि कार्यकर्ताहरू पाउन सकेको राईले बताए। यस क्रममा उनले हाल विभिन्न ठाउँहरूमा मोर्चाले जाप कार्यकर्ताहरूलाई धमक्याउने अनि ढुङ्गा-मुँडा गर्ने कामहरू गरिरहेको आरोप लगाउँदै यस्ता कार्यमा लिप्त आरोपीहरूलाई पुलिसले यथाशिघ्र कार्यवाही गर्नुपर्ने उनले माग गरेका छन्। 
यसरी नै अर्कोतिर जाप युवा प्रकोष्ठका ब्यूरो मेम्बर भुपेन्द्र राईले जुन ठाउँहरूमा जाप पुग्न सकेको थिएन आगामी दिनमा ती ठाउँहरूमा पनि पुगेर साङ्गठनिक गतिविधि अघि बढाउने बताएका छन्। जुन ठाउँहरूबाट जापले कम मत पाएको छ ती ठाउँहरूमा पुगेर जापको पार्टीको अवधारणा बुझाउने अवसर पाएको राईले बताए। उनले कालेबुङमा गोजमुमोले जति मत प्राप्त गरेको छ त्योभन्दा धेर विपक्ष खेमामा मत खसेको कारण गोजमुमोले खुशी मनाउने औचित्य नरहेको बताए। 
यसरी नै हाइवे ब्लक कमिटीका संयोजक लेखराज छेत्रीले हाइवे लगायत जापलाई मतदान गर्ने सबैप्रति आभार प्रकट गरे। उनले हाइवेबासीले भोगिरहेको विविध समस्याहरूसितै हाइवे क्षेत्रका वनवस्ती अनि सिन्कोनाबासीको पर्चापट्टाको समस्यालाई प्रमुखता दिँदै कार्य गर्ने बताएका छन्।

Related Posts

0 Response to "चुनाव परिणामले जापले जितेको छ – युवा प्रकोष्ठ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.