अलगडामा पिउने पानीको हाहाकार .... खण्डविकास अधिकारीको विरोधको सम्मुखिन
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 12 मई। अलगडावासीले लगभग दुई हप्तादेखि पिउने पानी पाएका छैनन्। जसको कारण सम्पूर्ण क्षेत्रवासी आक्रोशित बनेका छन्। पिउने पानी नपाएका आक्रोशित अलगडावासीले अलगडा खण्डविकास कार्यालयमा धर्ना दिएको थियो। यसक्रममा खण्ड विकास कार्यालयका कर्मचारीहरू सहित खण्ड विकास अधिकारी देवरश्री नाथलाई धर्नाकारीहरुले कार्यालयमा पस्न दिएनन्।
विहान ९ बजे पिउने पानीको समस्याले पिरोलिएका क्षेत्रवासी अलगडी खण्ड विकास कार्यलय पुगेका थिए। जहाँ अधिकारीलाई निकैबेर पर्खनु परेको थियो।
विशेष गरेर अलगडा बजारले पिउने गरेको पानीको ६ माइल स्थित मुहानमाथि छेवैका गाउँलेहरूले खनेर अर्को पाइप लाइन लाएपछि यता अलगडा बजारमा पानी अपुग भएको क्षेत्रवासीको आरोप रहेको छ।
उक्त विषयबारे क्षेत्रवासीले लिखित रूपमा समस्याको समाधान गरिनु पर्ने मागमा खण्ड विकास अधिकारी, पी एच ई विभागलाई ज्ञापन चढाई सकेको छ। यसको साथै ३ माइल निवासी नर कुमार राईले अलगडा आउने पिउने पानीको पाइपमा ट्यापिङ गरेको आरोपमा उनी विरुद्ध अलगडावासीले कालेबुड थानामा प्राथामिकी समेत दर्ता गरिसकेको छ। यद्यपी यसबारे कुनै पक्षबाट केही पहल नभएको कारण आज विहानी पुन: खण्ड विकास अधिकारी देवरश्री नाथलाई भेट्न पुगेका थिए।
सोहि अवधी क्षेत्रवासीलाई खण्ड विकास अधिकारी नाथले आफूहरूसँग अभद्र व्यवहार गरेको मानिसहरूले आरोप लगाएका छन्। पिउने पानीको समस्याले ग्रस्त क्षेत्रवासीलाई खण्ड विकास अधिकारीले अभद्र व्यवहार गरेपछि जनता आक्रोसित बनेका थिए। यसक्रममा आक्रोशित जनताले सोझै खण्ड विकास कार्यालयमा घर्ना दिएका हुन्।
कार्यालयमा जनताले धर्ना दिइरहेको खबर कर्मचारीहरूले उनी समक्ष पुऱ्याएता पनि निकै अबेर गरी अधिकारी हाँँकिएर कार्यालय आइपुगेका थिए। यसबेला उनी बलजफ्ती कार्यलय भित्र प्रवेश गर्न खोज्दा क्षेत्रवासीले उनलाई कार्यलयमा प्रवेश गर्न दिएनन्। यसबेला उनले घट्ना स्थलमा उपस्थित पत्रकारहरूलाई औँली ठडाएर फोटो नखिच्ने आदेश दिइरहेका थिए।
आक्रोसित जनताले उनलाई भित्र पस्न नदिएपछि कुनै सिप नलागेर उनले जनताको कुरा सुन्दै समस्याबारे कुरा सुनेका थिए। जनताको विरोधको सम्मुखिन बनेका खण्ड विकास अधिकारी देवरश्री नागले समस्याबारे कुरा सुनेपछि सम्पूर्ण धर्नाकारीको साथमा उनी सुरक्षाकर्मीसित ६ माइल स्थित पानीको मुहानमा पुगेर निरिक्षण गरे।
उक्त निरिक्षणको क्रममा अलगडावासीले वर्षौबाट पिउँदै गरेको पानीको मुहानमाथि स्थानीय गाउँलेहरूले खनेर अर्को पाइप लाइन तानेको कारण तलतिरको मुहानको पानी सुकेको अवस्थामा देखिएको थियो।
आजसम्म त्यसमुहानबाट करिब २०० घर परिवार साथै विभिन्न शैक्षिक संस्थान आदिले पानी पिइरहेका छन् भने उता मुहानमाथिबाट पानी खनेर लाने गाउँका पनि करिब ५० घर परिवारले त्यही पानी पिउनु पर्ने वाध्यता रहेको छ। यसबारे समस्या समाधानको निम्ति सम्बन्धित निकायहरूलाई जनाएता पनि आजसम्म केही पहल हुन सकेको छैन। जसको कारण आज क्षेत्रवासीले अधिकारीवर्गलाई घेराऊ गरेको हो।
पिउने पानीको समस्याले पिरोलिएका जनताको आक्रोशको सम्मुखिन भएका खण्डविकास अधिकारी देवरश्री नाथसँग यस विषय जान्न चाँहदा यसको जिम्मावारी आफ्नो नरहेको बताएर पन्सिएका छन्।
0 Response to "अलगडामा पिउने पानीको हाहाकार .... खण्डविकास अधिकारीको विरोधको सम्मुखिन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.