पञ्चायत चुनाव सम्बन्धि प्रधानमन्त्री कार्यालयबाट कृषक कल्याण सङ्गठनलाई
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 12 मई। दार्जीलिङ पहाडमा आजसम्म पञ्चायत चुनाव सम्पन्न नभएको सन्दर्भमा राज्यसरकारले झट्ट जवाब दिनुपर्ने भनि प्रधानमन्त्री कार्यलयबाट राज्यको मुख्य सचिवलाई पत्र पठाएको छ।
कालेबुङ कृषक कल्याण सङ्गठनले प्रधानमन्त्रीलाई आजसम्म दार्जीलिङ पहाडमा पञ्चायत चुनाव नभएको उल्लेख गर्दै गत 18 अप्रेलको दिन लखेको पत्रको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले पश्चिम बङ्गालको मुख्य सचिवलाई कार्वाही गर्नुपर्ने माग गर्दै जवाब मागेको छ। जुन पत्रको प्रतिलिपी प्रधानमन्त्री कार्यालयले कालेबुङ कृषक कल्याण् सङ्गठनलाई पठाएको हो।
ग्राम पञ्चायत अनि कृषिलाई देशभरि नै अझ सक्षम बनाउन वर्तमान एनडीए सरकारले गत 14 अप्रेलदेखि 24 अप्रेलसम्म ग्रामोदयदेखि भारत उदय अभियान चलाएको थियो। यस अभियान अन्तर्गत ग्रामीणस्तरलाई अझ सशक्तिकरण बनाउने सरकारको योजना भएपनि पहाडमा 2001 देखि यता पञ्चायत चुनाउ हुन नसकेको कारण यस्ता राष्ट्रिय योजनाहरू पहाडका गाउँहरूसम्म नपुग्ने कुरा उल्लेख गर्दै सङ्गठनले प्रधानमन्त्री नरेद्र मोदीलाई पत्रचार गरेको थियो।
गत 18 अप्रेलका दिन सङ्गठनले पठाएको पत्रको प्रत्युत्तर आज प्रधामन्त्री कार्यालयबाट आएको छ। उक्त प्रत्युत्तरमा प्रधानमन्त्री कार्यालयले पश्चिम बङ्गालको मुख्य सचिवलाई निर्देश दिदै पञ्चायत चुनाउ सम्बन्धी स्पष्टिकरण मागिएको छ। उक्त स्पष्टिकरण सङ्गठनलाई पनि दिने अनि प्रधानमन्त्री पोर्टलमा पनि हाल्ने प्रधानमन्त्री कार्यालयको निर्देश छ।
उक्त प्रत्युत्तर प्राप्त गरिसकेपछि सङ्गठनका महासचि विष्णु छेत्रीले पञ्यात चुनाउबारे सरकारपक्षबाट पहल हुने आशा गरेका छन्। उनले पञ्चायत चुनाउको अभावको कारण बितेको वर्ष उच्च न्यायालयमा पनि मुद्दा दर्ता गरेको बताए। उक्त मुद्दाको सुनुवाई गत शुक्रबार सम्पन्न भएको थियो भने उक्त सुनुवाइमा न्यायालयले राज्य सरकारलाई एफिडेभिट फाइल गर्ने निर्देश दिएको छेत्रीले बताए।
0 Response to "पञ्चायत चुनाव सम्बन्धि प्रधानमन्त्री कार्यालयबाट कृषक कल्याण सङ्गठनलाई"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.