-->
विमल गुरुङले चालकहरूसंग माफी माग्नुपर्छ – डा. हर्कवहादुर छेत्री

विमल गुरुङले चालकहरूसंग माफी माग्नुपर्छ – डा. हर्कवहादुर छेत्री

डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 मई। जन आन्दोलन पार्टीका कार्यकर्ताहरू बोकेर दार्जीलिङ गएका दुईवटा वाहनका चालकलाई कुटपिट गरेको घट्नामा गोजमुमो अध्यक्ष विमल गुरुङले सम्पूर्ण चालकवर्ग प्रति माफी माग्नुपर्ने माग गरेका छन्। 
‘दार्जीलिङ सिँहमारी गोजमुमो पार्टी कार्यालय नजिक दुईजना चालकवर्गलाई कुटपिट गरेको घट्ना निन्दनीय छ। यसको हामी घोर भर्त्सना गर्दछौँ। त्यसबेला गोजमुमो पार्टी अफिसमा विमल गुरुङले अन्य सभासदहरूको साथ सभा गरिरहेको थियो भन्ने जानकारी छ। उनको उपस्थितिमा जाप कार्यकर्ता बोकेको वाहनका चालकलाई कुटपिट हुनुमा निसन्देश उनकै हात छ। यसकारण यो दुई चालकवर्गलाई मात्र अपमान होइन तर सम्पूर्ण कालेबुङका चालकवर्गको अपमान हो। यसबारे विमल गुरुङले माफी माग्नुपर्नेछ’ डा. हर्कबहादुर छेत्रीले भने। 
आफूहरू जिल्लापाल कार्यालयमा वाहनबाट ओर्लिए पछि वाहन घुमाउनका निम्ति चालकवर्ग सिँहमारी पुगेको अवस्थामा उनीहरूलाई गोजमुमो कार्यकर्ताहरूले कुटपिट गरेको आरोप छ। 
‘चालकवर्गलाई कुटपिट गर्नु सम्पूर्ण चालकवर्गको अपमान हो। यसमा विमल गुरुङले माफी माग्ने समय दिनेछौँ। यदि उनले माफी नमागे हामी यसको विरोधमा कालो झण्डा लगाएर विरोध प्रदर्शन गर्नेछौँ’ डा. छेत्रीले भने। चालकहरूको कार्य नै मानिसहरू लिएर एक ठाउँबाट अर्को ठाउँ जानुपर्ने हुँदा अनि उनीहरूले जुन सुकै पार्टीको मानिसहरू बोक्न सक्ने बताउँदै प्रतिपक्षी दलका कार्यकर्ताहरू बोकेको वाहनका चालकलाई कुटपिट गर्नु अत्यन्तै निन्दनीय रहेको डा. छेत्रीले बताए। 
‘यो अपमान सम्पूर्ण चालकवर्गको हो। यसवारे प्रेस बिज्ञप्ति जारी गरेर भए पनि माफी माग्नै पर्छ’ डा. छेत्रीले भने। उनले उक्त माफी माग्नका निम्ति एकदिनको समय दिँदै यदि एकदिन भित्रमा माफी नमागे अर्को दिनदेखि वाहन अनि दोकानहरूमा कालो झण्डा लगाएर उक्त कार्यको विरोध गर्ने जानकारी गराए। 
अर्कोतर्फ डा. छेत्रीले केहिदिन अघि सहिद मङ्गलसिँह राजपुतको सहिदवेदी तोडफोड भएको घट्नाबारे पनि टिप्पणी गर्दैजोडदार भर्त्सना जनाए। उनले घट्नाको सत्यता पत्तो लगाउन प्रशासनले झट्टै न्यायिक जाँच समिति गठन गर्नु पर्ने माग गर्दै सत्यको उजागर गर्नुपर्ने माग गरे। 
‘मङ्गल सिँह राजपुत साँचो सहिद हुन्। गोर्खाल्याण्डको निम्ति गोलि ठोक्छु भन्नेहरू आज पनि जिउँदै छन्। तर मङ्गलसिँह राजपुतले कहिले गोर्खाल्याण्डको निम्ति आत्मादाह गर्छु भनेनन्। उनले कतै हल्ला नगरी सहिद भए। उनी साँचो सहिद हुन्। यस्ता सहिदको सहिदवेदी तोडफोड गर्नु निन्दनीय घट्ना हो’ डा. छेत्रीले भने। 
‘हामी घट्नाको सत्यता पत्तो लगाउँन न्यायिक जाँच कमिटिको माग गर्छौँ। जुन कमिटिले सत्यता पत्तो लगाएर दोषीहरूलाई कार्वाही गर्नुपर्छ’ डा. छेत्रीले अझ भने। 
यता दार्जीलिङमा चालकलाई कुटपिट गरेको सम्बन्धमा जाप युवा प्रकोष्ठले पनि विरोध जनाएको छ। जाप युवा प्रकोष्ठका अमिर बस्नेतले पत्रकारहरूलाई सम्बोधन गर्दै घट्नाको विरोध जनाए। ‘चालकवर्गको पेशा नै मानिसहरू बोकेर जानु हो। उनीहरूलाई अर्को दलको मानिसहरू बोक्यो भनेर कुटपिट गर्नु निन्दनीय घट्ना हो। यसबारे चालकवर्गको हितमा बोल्ने चालक महासँघ पनि बोल्नुपर्छ’ अमिर बस्नेतले भने। 
यसैक्रममा उनले दार्जीलिङमा अवस्थित जीटीए कार्यालय लालकोठिमा आम जनतालाई प्रवेश गर्न नदिने गरेको आरोप लगाउँदै ‘जनताको कार्यालयमा जनता पस्न नपाउँनु दुर्भाग्यपूर्ण हो’ भने। यसक्रममा उनले जीटीएको कार्यालयलाई गोजमुमोले आफ्नो पार्टी कार्यालय जस्तो बनाउने गरेको आरोप लगाउँदै उक्त कार्यालय जनताको हितमा खुल्ला हुनपर्ने माग गरेका छन्।

0 Response to "विमल गुरुङले चालकहरूसंग माफी माग्नुपर्छ – डा. हर्कवहादुर छेत्री"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.