17 औं कर्मापालाई सिक्किम राज्यमा प्रवेश गराउन माग गर्दै वौद्ध भिक्षुहरुको राजधानी दिल्लीको जन्तर-मन्तरमा धरना
5 May 2016
Comment
राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 4 मई । 17 औं कर्मापा उगेन थिनले दोर्जीलाई सिक्किम राज्यमा प्रवेश गराउने माग गर्दै सिक्किमका वौद्ध भिक्षुहरुले राजधानी दिल्लीको जन्तर-मन्तरमा धरना दिइरहेका छन।
सिक्किम क्रान्तिकारी मोर्चाका विधायक सोनाम लामाको नेतृत्वमा केन्द्र सरकारलाई दवाव दिन वौद्ध भिक्षुहरुले धरना दिई रहेका छन। दुई दिने धरना कार्यक्रममा सहभागि हुन सिक्किमका विभिन्न गुम्बाहरुबाट वौद्ध भिक्षुहरु दिल्लीको जन्तर मन्तर सम्म पुगेका छन।
यस अघि सिक्किम क्रान्तिकारी मोर्चाका तीनै जना विधायकहरुले पनि केन्द्र सरकारका मन्त्रीहरुलाई छुट्टा-छुट्टै भेट्घाट गर्दै 17 औं कर्मापालाई सिक्किम राज्यमा प्रवेश गराउन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए।
मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाएको दुई सातापछि वौद्ध भिक्षुहरुले दिल्लीको जन्तर-मन्तरमा दुई दिने धरना कार्यक्रमको आयोजना गरेका छन। उक्त धरना कार्यक्रममा सिक्किम क्रान्तिकारी मोर्चाले समेत ऐक्यवद्वता जनाएको छ।
सिक्किम क्रान्तिकारी मोर्चाका तर्फबाट विधायक सोनाम लामाको नेतृत्वमा यो धरना कार्यक्रम भइरहेको छ।
विधायक लामाले राज्यको विधानसभाले सन 2014 मा नै बहुमतले 17 औं कर्मापालाई सिक्किममा प्रवेश गराउने प्रस्ताव पारित गरेको जनकारी दिएका छन। भाजपा नेतृत्वको तत्कालिन सरकारले पनि कर्मापालाई सिक्किममा प्रेवश गराउन आश्वासन दिएको समेत लामाले जानकारी दिए। राज्य सरकारले 22 वर्ष सम्म शासन गर्दा समेत 17 औं कर्मापालाई सिक्किममा प्रवेश गराउन नसकेको आरोप लामाले लगाए।
लामाले आफुहरुको माग सम्बोधन नभए सिक्किममा आन्दोलन गर्ने चेतावनी समेत दिए।
0 Response to "17 औं कर्मापालाई सिक्किम राज्यमा प्रवेश गराउन माग गर्दै वौद्ध भिक्षुहरुको राजधानी दिल्लीको जन्तर-मन्तरमा धरना"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.