-->
पिउने पानीको माग गर्दै जापको अनिश्चितकालिन धर्ना प्रदर्शन सुरु

पिउने पानीको माग गर्दै जापको अनिश्चितकालिन धर्ना प्रदर्शन सुरु

डी के वाइबा, कालिमन्युज, कालेबुङ 18 मई। चुनाउ परिणामलाई भन्दा पिउने पानीको समस्यालाई धेर महत्त्व दिँदै आजदेखि जनआन्दोलन पार्टीले अनिश्चितकालीन धरना शुरू गरेको छ। बङ्गाल विधानसभा चुनाउको परिणाफल घोषित हुन ठिक एक दिनअघिदेखि जापले यहाँको थानाडाँडास्थित त्रिकोण पार्कमा धरना प्रदर्शन गर्दै चुनाउको परिणाम जे-जस्तै भएपनि पिउने पानीको समस्याको निम्ति जापले निरन्तर कार्यक्रमहरू गरिरहने बताएको छ। 
हिजोसम्म यहाँको डम्बरचोकमा प्रदर्शन गरिरहेका जाप कार्यकर्ताहरूले आजदेखि त्रिकोण पार्कमा धरना प्रदर्शन गर्दै प्रशासनको अनुमति पाएको खण्डमा 24 घण्टै धरनामा बस्ने बताएको छ। यद्यपि समाचार लेखुञ्जेलसम्म जापलाई 24 घण्टे धरनाको निम्ति प्रशासनिक अनुमति भने प्राप्त भएको थिएन। एकातिर चुनाउ परिणामलाई लिएर कालेबुङको पक्ष-विपक्षका दलहरूसितै सम्पूर्ण जनता नै उत्साहित भइरहेको समय जापले पिउने पानीको आन्दोलनलाई तीब्र रूपमा अघि बढाउन शुरू गरेका कारण मानिसहरूमा अझ धेर कौतुहुलतमा बढिरहेको छ। 
यस सम्बन्धमा प्रश्न गर्दा जाप टाउन कमिटीका संयोजक प्रदीप छेत्रीले भने, सबैजना चुनाउको परिणामसित उत्साहित छन् भने जनआन्दोलन पार्टी कालेबुङको विकराल समस्या पिउने पानीको समस्याको निम्ति चिन्तित छ। हामीलाई चुनाउ परिणामसित खासै सरोकार छैन। हामीले जितेपनि अथवा हारेपनि पानीको आन्दोलन जारी रहनेछ। जबसम्म पिउने पानीको स्थायी समाधान हुँदैन तबसम्म हाम्रो धरना जारी रहनेछ। 
पीएचई विभागका भारप्राप्त सभासद्ले आजसम्म कालेबुङको पिउने पानीको समस्या समाधानको निम्ति कुनैपनि पहल नगरेकोमा दुखः व्यक्त गर्दै छेत्रीले अझ भने, कालेबुङको पिउने पानीको सङ्कट चरम अवस्थामा पुगिसक्दा समेत पनि आजसम्म पीएचई विभागका भारप्राप्त सभासद्ले कालेबुङ आएर पानीको समस्या बुझेको हामीलाई जानकारी छैन। 
उनी सम्बन्धित विभागका सभासद् अनि जनप्रतिनिधि हुँदाहुँदै पनि जनहितका कुनै काम गरेका छैनन्। सभासद्कोको निष्क्रियतादेखि हामी दुःखी छौँ। उनले जापले यदि चुनाउ जितेको खण्डमा पनि पानीको धरनालाई निरन्तरता दिने बताउँदै पानीको समस्यालाई लिएर जाप गम्भिर रहेको बताए। 
अर्कोतिर जाप जनचेली एकाईँको पक्षमा केल्जाङ भोटियाले पनि आजसम्म पीएचई विभागले पानीको समाधानको निम्ति कुनै पहल नगरेको आरोप लगाइन्। उनले भनिन्, आजसम्म हामीले धेरै धरना प्रदर्शनहरू गरिरहेको भएपनि आजसम्म पीएचई अनि सम्बन्धित सभासद्ले कुनै पहल गरेका छैनन्। 
जापका कार्यकर्ताहरूले नेउका, रेली अनि थुकचुकको स्रोतमा भ्रमण गर्दा त्यहाँ पर्याप्त मात्रामा पानी रहेको छ। तर पीएचई विभागले आजसम्म आश्वासनबाहेक केही दिएको छैन। यसैले हाम्रो माग पुरा नभएसम्म धरना रहनेछ। 
स्मरण गारइन्छ, लगभग एक महिना अघिदेखि नै जापले पिउने पानीको मागमा विविध कार्यक्रमहरू गर्दै आइरहेको छ। अघिबाट नै नगरपालिका, पीएचई कार्यालय अनि स्थानीय डम्बरचौकमा धरना प्रदर्शन गर्दै आइरहेको जापका कार्यकर्ताहरूले आजदेखि उक्त प्रदर्शनलाई अझ तीब्रता दिँदै अनिश्तिकालीन धरना शुरू गरेको हो।

Related Posts

0 Response to "पिउने पानीको माग गर्दै जापको अनिश्चितकालिन धर्ना प्रदर्शन सुरु "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.