-->
कालचिनि ब्लकमा गोजमुमो समर्थित् भाजपाको हार ...बिमल. मोदी कसैको केही लागेन

कालचिनि ब्लकमा गोजमुमो समर्थित् भाजपाको हार ...बिमल. मोदी कसैको केही लागेन

राजेश शर्मा , कालिमन्युज, जयगाँउ 19 मई । अलिपुरद्वारको कोर्ट मैदानमा सम्पन्न मतगणनामा बंगालको विधान सभाको 5 वटा विधान सभाको चुनाउको परिणाम घोषित गरियो । 10 एसटि कुमारग्राम क्षेत्रको मतगणना 22 राउन्डमा, 11 एसटि कालचिनिको 19 राउन्डमा, 12 अलिपूरद्वारको 20 राउन्डमा, 13 फालाकटाको 19 राउन्डमा अनि 14 मदारीहाट विधान सभाको 16 राउन्डमा गणना पूर्ण भयो ।
यस समय गोर्खा बाहुल्य भएको क्षेत्र कालचिनिको मतगणना धेरै रोचक भयो। यसपाली गोर्खाको भोटले गोर्खा उम्मेद्वारलाई बिजय बनाउन सफल भएन । गोर्खाहरुको भोटले गोजमुमोको टिकटमा 2011को विधान सभा चुनावमा गोजमुमोको टिकटमा विजय भएर विधायक बनेका विलसन चम्प्रमारीले गोजमुमो छोड़ेर तृणमूल कांग्रेसमा पसेर तेस्रो चोटी कालचिनिका विधायक बन्ने मौका पाए । यसपालीको मतदानले गोर्खा भोटको कुनै खास प्रभाव यस क्षेत्रमा नपरेको प्रमाणीत् भएकोछ ।
चम्प्रमारीले गोजमुमो समर्थित् भाजपाको टिकटमा उठेका विशाल लामालाई मात्र1511 भोटले हराएका छन् । तिनले 62051 भोट पाए । यस चुनाउले गोजमुमो र बिमल गुरुंङलाई ठूलो असर पारेको देखीन्छ | वीरपाड़ा क्षेत्रमा प्रधान मंत्री नरेन्द्र मोदी चुनाव प्रचारमा आउदा विलसन चम्प्रमारी हारने निश्चित देखिएको थियो तर नतिजा बेग्लै भयो।
अलिपूरद्वारको 5वटा विधान सभा क्षेत्रमध्ये मदारिहाट्मा भाजपा उम्मेद्वार मनोज तिग्गाले 66989 भोट प्राप्त गरे भने तिनको प्रतिद्वन्दी तृणमूल कांग्रेसको उम्मेद्वार पदम लामालाई 22038 हजार भोटले हराएर 35 साल अघिको बामफ्रण्ट पार्टीको गड मानिने सिटलाई भाजपाले जितेर नयाँ इतिहास रचेको छ ।
कुमारग्राममा पनि तृणमूल कांग्रेसका जेम्स कुजूर बिजयी भएका छन, भने फालाकटा विधान सभा क्षेत्रमा तृणमूल कांग्रेसका अनिल अधिकारीले 86,647 भोट प्राप्त गरेर् तिनको प्रतिद्वन्दी क्षितिजचन्द्र रोयलाई 6153 भोटले हराएर दोस्रो चोटी विजयी बनेका छन् । अलिपूरद्वारदेखी तृणमूल कांग्रेसका सौरभ चक्रवर्तिले काग्रेसको प्रख्यात नेता विश्वरंजन सरकारलाई 12615 भोटले हराएर अलिपरद्वारमा पनि नयाँ इतिहास रचेका छन् ।

0 Response to "कालचिनि ब्लकमा गोजमुमो समर्थित् भाजपाको हार ...बिमल. मोदी कसैको केही लागेन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.