-->
युवा मोर्चाको कालेबुङमा शक्ति प्रदर्शन ....... डा. छेत्रीलाई सहिदको आँसुले पिरोल्नेछ -  प्रियवर्द्धन राई

युवा मोर्चाको कालेबुङमा शक्ति प्रदर्शन ....... डा. छेत्रीलाई सहिदको आँसुले पिरोल्नेछ - प्रियवर्द्धन राई

डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 अप्रेल। विधानसभा चुनावलाई लिएर कालेबुङमा अहिलेघरी जन आद्नोलन पार्टी अनि गोजमुमो पार्टीले शक्ति प्रदर्शन गरिरहेको छ। यसैक्रममा आज गोर्खा जनमुक्ति युवा मोर्चाले शहरमा शक्ति प्रदर्शन गरेको थियो। जपा युवा एकाईद्वारा शक्ति प्रदर्शन पछी आज युवा मोर्चाले शक्ति प्रदर्शन गरेको थियो। गोजयुमोद्वारा आयोजित जुलुस अनि जनसभाको माध्यमबाट जापलाई सोझै चुनावी चुनौति दिएको थियो। 
यसक्रममा विभिन्न स्थानबाट युवामोर्चा कार्यकर्ताहरू भेला भएका थिए। युवा मोर्चा महकुमा समितिको आयोजनामा व्यापक नाराबाजीसितै यहाँको डम्बरचोकबाट निस्किएको जुलूसले यहाँको 10 माईल डीएस गुरूङ रोड हुँदै शहरको परिक्रमा गरेपछि पुनः डम्बरचोकमा आएर जनसभामा परिणत भएको थियो। अलग राज्य गोर्खाल्याण्डको माग अनि जनान्दोलन पार्टी र डा. हर्कबहादुर छेत्री विरोधी नाराबाजीपछि सभा शुरू भएको थियो।
सम्बोधनको क्रममा युवा मोर्चा केन्द्रिय महासचिव प्रियवर्द्धन राईले गोजमुमो गोर्खाल्याण्डको निम्ति कटिबद्ध रहेका भन्दै जनआन्दोलन पार्टी अनि डा. हर्कबहादुर छेत्रीको निकै खैरो आलोचना गरे। उनले डा. छेत्रीलाई शहीदको श्राप लाग्ने बताउँदै सहीदको आँसुले पिरोल्ने दाबी गरे। 
‘यो यहीँ डम्बरचोक हो जहाँ मङ्गलसिंह राजपुतले आत्मदाह गरेका थिए। राजपुतविक्की लामानिता खवासविमला राई आदि गोर्खाल्याण्डको निम्ति नै शहीद बनेका थिए। यसैले आज हर्कबहादुर छेत्रीले जुन कालेबुङको भावनासित खेलवाड गर्ने काम गर्दैछन् यसले गर्दा उनलाई शहीदको श्राप लाग्नेछ’ प्रियवर्द्धन राईले भने। उनले गोजमुमो अध्यक्ष विमल गुरूङले कालेबुङलाई धेरै माया गर्ने गरेको अनि डा. छेत्रीसित पहाडबासीले धेरै आकांक्षा बोकेको भएपनि अन्ततः डा. छेत्रीले जनतालाई धोका दिएको राईले आरोप लगाए। 
यसक्रममा उनले जाप अनि डा. छेत्रीको निकै जमेर आलोचना गरेका थिए। अर्कोतर्फ युवा मोर्चा महकुमा समितिका अध्यक्ष बारूद् थापाले सोमबार तृणमूल नेत्री ममता ब्यानर्जीले आफ्नो प्राण रहेसम्म गोर्खाल्याण्ड नदिने वयानलाई उद्घृत गर्दै गोर्खाल्याण्डविरोधी तृणमूल कङ्ग्रेसको समर्थन लिएर चुनाउ लडिरहेको जापलाई थापाले बङ्गालको एजेन्ट हो भन्न पछि परेनन्। 
उनले यसअवधि मोर्चाले चुनाउ जितिसकेको दावी गर्दै सम्बोधनभरी जाप अनि डा. छेत्रीको तिखो आलोचना गरे। यसक्रममा जापले आफुबिरूद्ध घरिघरि प्राथमिकी दर्ता गरिरहेको आरोप लगाउँदै यदि डा. छेत्रीलाई सुरक्षा चाहिए युवाहरूले सुरक्षा दिने बताए। उनले अहिलेघरी जनआन्दोलन पार्टीले धेरै सिद्धान्त र नीतिको कुरा गरेपनि निम्नस्तरीय राजनीति गरिरहेको थापाले आरोप लगाए। यता सभालाई युवा मोर्चा महकुमा सचिव विनय घिसिङसाङ्गठनिक सचिव प्रभात घिसिङ आदिले सम्बोधन गरेका थिए।
 

Related Posts

0 Response to "युवा मोर्चाको कालेबुङमा शक्ति प्रदर्शन ....... डा. छेत्रीलाई सहिदको आँसुले पिरोल्नेछ - प्रियवर्द्धन राई"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.