-->
जापले गणतंत्र कायम राखेको छ यसैले यसमा आउने र जाने स्वतंत्रता छ - नयन प्रधान

जापले गणतंत्र कायम राखेको छ यसैले यसमा आउने र जाने स्वतंत्रता छ - नयन प्रधान

प्रे वि , कालिमन्युज, कालेबुङ, 8 अप्रेल 2016: जन आन्दोलन पार्टीका महासचिव नयन प्रधानले यो दल गणतान्त्रिक मुल्य र मान्यतामा विश्वास राख्ने दल भएको बताउँदै जापमा सामेल हुन र छोड्न कसैलाई भय, कर र वाध्यता नरहेको प्रतिक्रिया दिएका छन्। दलको आलोचना गर्दै केही मानिसहरूले जाप छोडेर गएको घटना सञ्चारमाध्यममा आएपछि महासचिव नयन प्रधानले यो प्रतिक्रिया दिएका हुन्। 'जन आन्दोलन पार्टी गणतान्त्रिक परिपाटीको दल हो। यसको नीति मन पर्नेहरू आउन सक्छन, मन नपर्नेहरू जान पनि सक्छन्' दलका महासचिव प्रधानले भने, 'पार्टीमा नयाँ या पुरानो मान्छे जो आए पनि उनीहरूको सोच चाँहि नयाँ हुनु जरूरी छ। हामी मान्छे त परिवर्तन गर्न सक्दैनौं तर मान्छेको मानसिकता र विचार परिवर्तन गर्ने जापको प्रयास हो"
उनले जड राजनैतिक सोच र शैलीमा काम गर्न चहाने मानिसहरू दल छोडेर जाँदा कुनै नोक्सान नहुने दावी पनि गरेका छन्। उनले पार्टीभित्र व्यक्तिवादी नीति र आचरणलाई कुनै ठाउँ नभएको बताउँदै जिम्मेवार पार्टीकर्मीले दायित्वबोधको भावनाले काम गर्नु पर्ने खाँचो रहेको विचार व्यक्त गरेका छन्। 
'आजको विसंगत र भ्रष्ट राजनैतिक समाजको सफाइ र परिवर्तन गर्ने प्रतिबद्धता लिएर आएको मान्छेले जापमा भनेको जस्तो ठाउँ पाइनँ, पद पाएर पनि काम गर्न दिएन, सभाहरूमा बोलाइएन भन्ने गुनासो गरिरहदैन। जाप भनेकै जागरूक र सचेत जनताको पार्टी हो। यहाँ त आफै अघि आउनुपर्छ, आफै आफ्नो भागको काम गर्नुपर्छ। हामी दलको आदर्श, नीति र कार्यभन्दा पनि आफैलाई बढी प्रोजेक्ट गर्ने मानिसहरूलाई महत्व दिदैँनौं। जापको निम्ति एकजना व्यक्तिलाई महत्व दिनु भन्दा जनताको हकहितको निम्ति काम गर्नु महत्वपूर्ण कुरा हो "
उनले देखावटी मुद्दा र कुराहरूको साटो यथार्थ र जनहितका कुरामा जापको विश्वास रहेको बताउँदै कालेबुङ जिल्लाको मुद्दा यसको स्पष्ट उदाहरण रहेको बताएका छन। "हामी जनतालाई भावनाको राजनीति र मुद्दामा भ्रमित पारेर आफ्नो दूनो सोझ्याउने राजनीति गर्न चहाँदैनौं। कालेबुङ जिल्लाको मुद्दा एउटा व्यवहारिक र जनहितको मुद्दा हो। कालेबुङले जिल्लाको मर्यादा पाउँदा यसको सुविधाको उपभोग जापका नेता र कार्यकर्ताहरूले मात्र गर्दैनन तर सारा कालेबुङवासीहरू यसबाट लाभान्वित हुनेछन। हामी कालेबुङका आमजनताको छोराछोरीको वर्तमान र भविष्य सहज, सुनिश्चित र सुरक्षित बनाउने दिशामा काम गरिरहेका छौं" जाप महासचिव नयन प्रधानले भने। 

Related Posts

0 Response to "जापले गणतंत्र कायम राखेको छ यसैले यसमा आउने र जाने स्वतंत्रता छ - नयन प्रधान"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.