-->
पूर्व गोरामुमो नेता अनिल लोप्चन गोजमुमोमा सामेल.... गोर्खाल्याण्डको निम्ति गोजमुमो अहिलेको अभिभावक् सङ्गठन हो – लोप्चन

पूर्व गोरामुमो नेता अनिल लोप्चन गोजमुमोमा सामेल.... गोर्खाल्याण्डको निम्ति गोजमुमो अहिलेको अभिभावक् सङ्गठन हो – लोप्चन

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ ५ अप्रेल। पूर्व गोरामुमो नेता अनिल लोप्चन गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। गोरामुमो अध्यक्ष स्व सुवास घिसिङले छुट्टै राज्य गोर्खाल्याण्डको नाउँकरण गरि ५ अप्रेल 1980 को दिन आन्दोलन थालनी गरेको पावन अवसर भएको कारण उनले गोर्खाल्याण्डकै निम्ति आजको यस दिनमा आफू गोजमुमो पार्टीमा सामेल भएको बताएका छन्।
20 नोभेम्बर 2016का दिन गोर्खा राष्ट्रिय मुक्ति मोर्चा त्यागेर लोप्चन सक्रिय राजनीतिबाट टाडिएका थिए। गोरामुमोको संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको मृत्युपछि गोरामुमोको कुनै ठोस्‌ कार्यक्रम र स्पष्ट नीति नभएको भन्दै उनले गोरामुमो त्यागेर मौन बसेका थिए। यद्यपी गोरामुमो त्यागेपछि उनी गोजमुमो पार्टीको सम्पर्कमा रहेको देखिन्थ्यो। गोरामुमो पार्टीमा छँदा उनी कालेबुङका छात्र संगठनका अध्यक्ष रहेका थिए भने पछि उनी गोरामुमो कालेबुङ महकुमा समितिका सहसचिव पदमा आसिन थिए।
सुवास घिसिङको मृत्यु पछि पार्टीले कुनै ठोस राजनैतिक कार्यक्रम नगरेपछि उनले राजीनामा पत्र सुम्पेर मौन बसे पनि आखिरमा उनी गोजमुमो पार्टीमा औपचारिक रुपले सामेल भएका छन्।
‘अहिले विभिन्न गोर्खा गोर्खाल्याण्डलाई निमिट्यान्न पार्नमा तल्लिन छन्‌। यस्तो अवस्थामा गोजमुमो मात्र एउटा यस्तो दल हो जसले गोर्खा र गोर्खाल्याण्डलाई विभिन्न षड्यन्त्रहरूबाट बचाउनसक्छ’- गोजमुमो पार्टीमा औपचारिक सामेल भएपछि लोप्चनले भने। गोर्खा अनि गोर्खाल्याण्डका निम्ति गोजमुमो मात्र अविभावक सङ्‌गठनको रूपमा रहेका कारण नै आफू आजदेखि गोजमुमोमा सामेल भएको लोप्चनले बताए। स्थानीय गोजमुमो पार्टी कार्यालयमा आज उनलाई गोजमुमोद्वारा दलमा स्वागत जनाइयो। गोजमुमोको केन्द्रिय समितिका सदस्य देशभक्त सुब्बाको विशेष उपस्थितिमा मोर्चा प्रतिनिधि अनि कार्यकर्ताहरूले लोप्चनलाई स्वागत जनाएका हुन्‌। यसपछि उनले पत्रकार सम्मेलनको आयोजना गर्दै आजेदखि गोजमुमोमा रहेर निष्ठापूर्वक काम गर्ने बताए।
लोप्चनले यसबारे एक प्रेस विज्ञप्ति पनि जारी गरेका छन्‌। विज्ञप्तिमा उल्लेख भए अनुसार उनले गोरामुमोबाट पॉंच महिनाअघि नै राजीनामा दिएपनि अहिले चुनाउको समय गोरामुमोको अडानले उनी गोरामुमोदेखि अझ निराश भए। जनआन्दोलन पार्टीका शीर्षर्थ नेतृत्वहरू छैटौँ अनूसूचिको विरूद्धमा रहेको सर्वविदित हुँदाहुँदै पनि गोरामुमोले कालेबुङ विधानसभा समष्टिमा जापलाई समर्थन गरेकोमा लोप्चनको आपत्ति हो।
‘छैटौँ अनूसूचि विरोधी दललाई गोरामुमोले समर्थन गर्नु अनि जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले सोझौ छैटौं अनुसूचिलाई समर्थन छैन भन्न नमिल्ने तर ग्रेटर अटोनमीको लिखित समर्थन दिएको घटनाले जाप अनि गोरामुमोको दोहोरो चरित्र उदाङ्‌गो हुन्छ’-विज्ञप्तिमा उल्लेख गरिएको छ।
लोप्चनलाई लागेको छ, गोजमुमो छैटौँ अनूसूचिको विरोधमा थिएन तर आजका जापका नेतृत्वहरूले नै छैटौँ अनूसूचिको गलत व्याख्या गरेका थिए। यी नै नेतृत्वहरू आफ्नो उद्देश्य पूर्ण भएपछि जाप गठन गरेर गोर्खाल्याण्ड राज्य निर्माणलाई रोक्न बङ्‌गालपन्थी भएर काम गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तो अवस्थामा 11 वटा जातगोष्ठीलाई जनजातिको मर्यादा दिलाउन सक्षम बनिरहेको अनि गोर्खा र गोर्खाल्याण्डलाई बङ्‌गालपन्थी शक्तिहरूका षड्यन्त्रबाट बचाउने दल गोजमुमो मात्र रहेको कारण नै आफू मोर्चामा सामेल भएको लोप्चनको भनाइ रहेको छ।

Related Posts

0 Response to "पूर्व गोरामुमो नेता अनिल लोप्चन गोजमुमोमा सामेल.... गोर्खाल्याण्डको निम्ति गोजमुमो अहिलेको अभिभावक् सङ्गठन हो – लोप्चन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.