गोजमुमोको कालेबुङमा चुनावी शक्ति प्रदर्शन बङ्गालको विधानसभामा अन्तिम विधायक पठाउँदैछौँ – विमल गुरुङ
डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 अप्रेल। ‘यसपल्ट हामी बङ्गालको विधानसभामा अन्तिमपल्ट विधायकहरू पठाइरहेका छौँ। अब अर्कोपालि हामी हाम्रै ठाउँमा विधायकहरू पठाउँछौँ’ उक्त कुरा गोजमुमो अध्यक्ष विमल गुरुङले कालेबुङमा आयोजित मोर्चाको चुनावी जनसभालाई सम्बोधन गर्दै भनेका हुन्। ‘19 मईका दिन भोटको गन्ती शुरू हुनेबित्तिकै म दार्जीलिङबाट कालेबुङ हिँड्नेछु। त्यसदिन जम्मै समुदायले ढोल-ढ्याङग्रो, मादल लिएर नाचगान गर्नुपर्छ। म त्यसदिन कालेबुङ आएर नाच्नेछु। हामी बिहानैदेखि नाचेको नाचेकै गर्नेछौँ, डा. हर्कबहादुर छेत्री हेरेको हेरेकै हुनेछन्’-कालेबुङमा आयोजित गोजमुमोको चुनावी जनसभाको आज अन्तिम दिन हजारौँका सङ्ख्या उपस्थित समर्थकहरूलाई सम्बोधन गर्दै मोर्चा अध्यक्ष गुरूङले उपरोक्त कुरा भनेका हुन्। यहॉंको मोटर स्ट्याण्डमा आयोजित जनसभामा हजारौँका सङ्ख्यामा मोर्चा कार्यकर्ताहरूको उपस्थिति देखेपछि गुरूङको मनोबल बढेको हो।
आफ्नो सम्बोधनको क्रममा पनि जनआन्दोलन पार्टी अनि तृणमूल कङ्ग्रेसप्रति निक्कै आक्रमक देखिए। उनले छ हजार मान्छेलाई लिएर राजनीति गर्नु उचित नरहेको बताउँदै 6 हजारलाई पॉंचले गुणा गर्दा 30 हजार भोट जापले पाउने आशय पोख्दै जापले जित्ननसक्ने दावी गरे। यसअवधि उनले मुख्यमन्त्री ममता ब्यानर्जीले झुटको राजनीति गरिरहेको आरोप लगाउँदै भने, ममता ब्यानर्जीले खरसाङको जनसभाबाट जीटीएलाई अहिलेसम्म राज्य सरकारले 1 हजार करोड रूपियॉं दिइसकेको बताएकी थिइन्। हामीले वित्त विभागमार्फत यसबारे छानबीन गर्दा जीटीए अस्तिवमा आएको सॉंडे तीन वर्षको अन्तरालमा राज्य सरकारले केवल 238 करोड रूपियॉं मात्र दिएको छ। यसरी झूटको राजनीति गर्नु हुँदैन।
केही दिनअघि मुख्यमन्त्री ममता व्यानर्जीले आफ्नो प्राण रहेसम्म बङ्गाल विजान नहुने भनी दिएको वयानमाथि प्रतिक्रिया व्यक्त गर्दै गुरूङले भने, हामीले बङ्गाल विभाजन गर्न खोजेको हैन। हामीले हाम्रो अधिकार मागेका हौँ। मुख्यमन्त्रीलाई बङ्गाल विभाजन हुँदैन भन्ने अधिकार छैन। यो अधिकार केन्द्र सरकारलाई छ।
यसरी नै गुरूङले जनआन्दोलन पार्टी अनि डा. हर्कबहादु छेत्रीमाथि आक्रमक बन्दै भने, मलाई विमल गुरूङ मूर्ख हो पढेको छैन भन्छ। तर मैले कैले ढॉंट्ने काम गरेको छुइनँ। जातिलाई धोका दिने काम गरेको छुइनँ। सम्पूर्ण जातिको पर्वाह गर्छु व्यक्तिको होइन।
मलाई जञ्जिरको बाघ भन्यो। जञजिरको बाघ नै भएपनि मैले जातिलाई धोका दिएको छुइनँ तर तिमीले बॉंदरको हूल बॉंधेर हिँडिरहेका छौँ। बॉंदरले आफ्नो घर पनि बनाउँदैन अरूको पनि बनाउन दिँदैन।
सम्बोधनको क्रममा गुरूङले अनान्दोलन पार्टीले शिक्षाबाट वञ्चित गराएर कम उमेरका नानीहरूलाई सिटी फुक्न लगाइरहेको आरोप लगाए। सरिता राईको जीत कालेबुङमा निश्चित रहेको दाबी गर्दै उनले सबैभन्दा पहिला राईले विधासभामा पानीको मुद्दा उठान गर्ने बताए। उनले भने, कालेबुङको अवस्था दिनोदिन जीर्ण बनिरहेको छ। हामीले सॉंडेतीनवर्षमा धेरैकाम गरिहेका छौँ। मानिसहरूलाई रोजगार दिएका छौँ, शिक्षा, स्वास्थ्य, पानी, सडक आदि समस्याहरूमाथि काम गरिहेका छौँ। तर जनआन्दोलन पार्टीले यस्ता समस्याहरूबारे कुरा गर्नुको सट्टा दोषारोपण गर्ने काम मात्र गर्दैछ। गुरूङले एकाअर्कामा टिप्पणी गर्नुको सट्टा यी समस्याहरूको समाधानको निम्ति काम गर्नुपर्ने सुझाउ राखे।
जापले गोजमुमोमाथि लगाएको भ्रष्ट्चारहरूमध्ये तोदे-ताङ्ताको सडक सम्बन्धमा बोल्दै गुरूङले उक्त सडकको निम्ति दोस्रो चरणको राशी अहिलेसम्म अनुमोदन नभएको भन्दै जतासुकै बोल्नु नहुने सुझाउ राखे। प्रमाणबिना नै भ्रष्टचारको आरोप लगाउनका सट्टा आरटीआई गरेर पेपरमार्फत प्रमाण दिन सक्नुपर्ने गुरूङले सुझाउ राखे।
डा. छेत्रीप्रति टिप्पणी गर्दै भने, तिमीलाई सृजना गर्ने मान्छे म हुँ। आज खुट्टा लाग्ने भएपछि सृजना गर्ने मान्छेलाई नै गाली गर्दैछ। तिमीले जस्तो जातिलाई गद्दार गरेको छुइन। जातिलाई बेच्ने काम गरेका छैनौँ। एकदिन बॉंच र इमानसँग बॉंच। उनले आफू जातिप्रत समर्पित रहेको भन्दै आफूले आजसम्म आफूले जनहीतमा नै काम गर्दै आइरहेको दावी गरे।
अर्कोतिर कालेबुङ जिल्लाको प्रसङ्गमा बोल्दै भने, जिल्लाको भयो भनेर कालेबुङमा धेरै पटेका पड्काइसकेको हो। फेरि कुन जिल्लाको कुरा गर्दैछ? हर्कबहादुर छेत्रीले जस्तो हामी व्यक्तिगत फाइदाको लागि जिल्ला मागेको होइन सबैको निम्ति मागेका हौँ।
गुरूङले जनजातिको मुद्दालाई दह्रोसित उठान गर्दै डा. छेत्रीले जनजातिको मुद्दा सरह जिल्लाको मुद्दामा लिखित कागज अनि प्रधामन्त्रीको वयान जस्तो गम्भिर कुरा डा. छेत्रीले ल्याउन नसकेको पनि गुरूङले आरोप लगाए। उनले गोजमुमो अलग राज्यप्रति अग्रसर भइरहेको भन्दै यो पश्चिम बङ्गाल विधानसभाको निम्ति अन्तिम चुनाउ हुनसक्ने बताए।
यसअवधि उनले सासंद एसएस अहलुवालियाले आफ्नो ठाउँमा काम गरिरहेको अनि गोजमुमोले आफ्नो ठाउँमा काम गरिरहेको बताए। आजको जनसभालाई कालेबुङका प्रार्थी सरिता राई, सासंद एसएस अहलुवालिया, आर. मोक्तान, अनिल लोप्चन, गायत्री सुब्बा, तोपदेन भोटिया, पी. अर्जुन, डा. आरबी भुजेल आदिले सम्बोधन गरेका थिए।

0 Response to "गोजमुमोको कालेबुङमा चुनावी शक्ति प्रदर्शन बङ्गालको विधानसभामा अन्तिम विधायक पठाउँदैछौँ – विमल गुरुङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.