-->
शहरदेखि गाउँ-बस्तीतिर चुनाव प्रचार गर्दै क्रामाकपा

शहरदेखि गाउँ-बस्तीतिर चुनाव प्रचार गर्दै क्रामाकपा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 अप्रेल। अरु सबै दल कालेबुंग शहरमा भीड जुटाउने प्रतिस्पर्धामा लागिरहेको बेला क्रामाकपाले आफ्नो चुनावी प्रचार अभियान शहरदेखि गाउँतिर तीब्र बनाएको देखियो । आफ्ना उम्मेदवारहरूको पक्षमा भोट प्रचार गर्नार्थ दलको सांस्कृतिक टोलीद्वारा निर्माण गरिएको “प्रचार स्लोगान” बजाउँदै कालेबुंगका क्रामाकपा कार्यकर्ताहरू केही दिन अघिदेखि नै गाउँ-घर अभियानमा छन् ।
यही क्रममा आज उनीहरूले पेदोंग, पुदुंग, बाह्र माइल, तेह्र माइल, सिन्देबुंग, डोङरा बस्ती, कम्सी, रौसे आदि क्षेत्रहरूमा व्यापक प्रचार अभियान चलाए । ती क्षेत्रका मतदाताहरूको घर-घरमा पुगेर पार्टीद्वारा प्रकाशित पर्चा, घोषणा-पत्र, मुखपत्र आदि हात-हातमा थमाउँदै उनीहरूले आगामी विधानसभा चुनावमा २२-कालेबुंग समष्टिको निम्ति दलका उम्मेदवार किशोर प्रधानलाई कलमको निबको चिन्हमा भोट गरिदिने अपील गरे | 
“मर्न परे मर्छौं बरु बंगालको अघि झुक्दैनौं, हक हाम्रो लडेर लिन्छौं भीख हामी माग्दैनौ, हजार पीडा सहन्छौँ बरु गोर्खाको इमान बेच्दैनौ, लड्दा लड्दै मर्छौं बरु गोर्खाको शीर बेच्दैनौं, अरुलाई सघायौं बारम्बार – क्रामाकपालाई सघाऔं यसबार” आदि नाराहरू सुनाउँदै गाउँ पसेको उक्त प्रचार टोलीमा क्रामाकपा उम्मेदवार किशोर प्रधान स्वयं उपस्थित थिए भने उनीसँग पार्टी आन्चालिक समितिको पक्षबाट मोहन पौड्याल, सुधन प्रधान, भीम गुरुङ, राकेश क्रान्तिकारी,सन्नी प्रधान, सुवास प्रधान, विक्रम छेत्री, रविन्द्रकुमार आदि प्रमुखरुपले सहभागी रहेका थिए । 
प्रचार अभियानको क्रममा उनीहरूले जनतासित प्रत्यक्ष संवाद गर्दै जनताको वास्तविक पीडाहरू सुने भने जातीय मुक्ति र वर्गीय मुक्तिको निम्ति बीस वर्षदेखि क्रामाकपाले गरेका विविध संघर्षहरूबारे अवगत गराउँदै जनताको निम्ति लड्ने पहाडको एकमात्र इमान्दार राजनैतिक दल क्रामाकपालाई आगामी चुनावमा जनताको आशीर्वाद आवश्यक रहेको बताए । यस प्रचार अवधिमा जनताले क्रामाकपालाई धेरै माया र भरोशा गरेको अनुभव गरेको कुरा प्रचार टोलीका मोहन पौड्यालले बताएका छन् । 
यसरीनै उक्त टोलीले यहाँको चन्द्रलोक, नासपाती डाँडा, दिप्चोक, बुचडी, सत्रघरे, बरबोट, आर्मी डांडा, सेल्टर, देव्राली, फत्फाते गोलाई, प्रिम्ताम रोड आदि क्षेत्रहरूमा प्रचार अभियान चलाएको थियो ।

Related Posts

0 Response to "शहरदेखि गाउँ-बस्तीतिर चुनाव प्रचार गर्दै क्रामाकपा "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.