-->
निजी प्रयासमा जमीन मुनीबाट पिउने पानी निकाल्न सफल

निजी प्रयासमा जमीन मुनीबाट पिउने पानी निकाल्न सफल

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 21 अप्रेल 2016। डी.के वाइबा, कालेबुङ। पिउने पानीको विकट परिस्थितिलाई मध्यनजर राखेर कालेबुङमा पहिलोपल्ट बोरिङ प्रणालीद्वारा जमीन खनेर पिउने पानी निकाल्ने कार्य भएको छ। 
कालेबुङ नगरपालिकाको वार्ड नम्बर 18 का बासिन्दा मार्क लिङ्डोले प्रथमपल्ट कालेबुङमा बोरिङ प्रणालीद्वारा जमिन खनेर पिउने पानी सफलतापूर्ण निकाल्न सक्षम भएका छन्। जुन कार्यले कालेबुङवासीले उक्त प्रणाली अप्नाएर निजी प्रयोगका निम्ति पिउने पानीको व्यवस्थापन आफै गर्न सक्ने सम्भावनाहरूको बाटो खोलिदिएका छन्। 
एम.एन.जी बोरेल्स प्रोजेक्टमा कार्यरत रहेका मार्क लिङ्डो अनि उनका दलले पहाडी अञ्चल सिक्किम अनि शिलङमा जमीन खनेर पानी निकाल्न सक्षम भएपछि उक्त प्रणालीलाई कालेबुङ प्रथमचोटी प्रयोग गरेका हुन्। डेड दिनको जमीन खन्ने कार्यपछि लगभग 250 फिट जमीन मुनिबाट बोरिङ प्रणालीद्वारा कालेबुङमा पिउने पानी निकाल्न उनी सक्षम भएका छन्। 
यहाँको हिलटप नजिक अलबेला स्कूल परिसमा उक्त बोरिङ प्रणालीद्वारा कालेबुङमा प्रथपल्ट जमीन मुनीबाट पिउने पानी निकाल्न सक्षम बनेपछि मार्क लिङ्डो अनि उनका द्ल खुशी भएका छन्। लगभग 3 लाखको निजी लागतमा निर्माण गरिएको उक्त बोरिङ प्रणालीद्वारा दैनिक 4 देखि 5 हजार लिटर पानी जमीन मुनीबाट पम्पको सहायताले निकाल्न सकिने उनले बताएका छन्। बड्दो पानीको सङ्कटलाई मध्यनजर राखेर आफूहरूले पिउने पानीको स्थायी समाधन गर्नका निम्ति उक्त प्रणाली प्रयोग गरेको अनि यसको सफलताले आफूहरू खुशी भएको मार्क लिङ्डोले बताएका छन्। 
स्मरण रहोस कालेबुङ शहरमा बड्दो पिउने पानीको सङ्कटले अहिलेघरी सम्पूर्ण कालेबुङवासी काकाकुली बन्न परिरहेको छ। पिउने पानी व्यवस्थापन गर्नका निम्ति कालेबुङमा तीनवटा विभागहरू क्रमैले जन स्वास्थ्य अभियन्ता विभाग, नेऊरा अनि वाटर वर्क्स विभाग रहेको छ। यद्यपी कालेबुङवासीलाई उक्त तीनवटा विभागले पर्याप्त पिउने पानी सर्वराह गर्न नसकेको कारण शहरवासी काकाकुली बन्न परेको हो। 
यस विषयमा शहरका आम मानिसहरूले पिउने पानीको माग गर्दै शहरमा जुलुस धर्ना निकालेर विभागलाई घेराऊ गर्ने काम गर्दा समेत आजसम्म पिउने पानीको सर्वराह गर्न सकेको छैन। जसको कारण मानिसहरू विभाग प्रति रूष्ट बनिरहेका छन्। 
आम जनतालाई पिउने पानी सर्वराह गर्नका निम्ति तीनवटा विभाग भएको कालेबुङ शहर हिउँदाका मौसम लाग्नसाथ काकाकुली त बन्ने गर्छन् नै तर यसबारे विभागले सर्वसाधरणलाई पिउने पानीको पूर्णरूपले सर्वराह गर्न नसक्नुको कारणसमेत बताउँदैनन्। 
यता पिउने पानीलाई केन्द्रमा राखेर समय समयमा राजनीति गर्नेहरू पनि जनतालाई भोटको समयमा वाहनमा सडक किनाराका मानिसहरूलाई मात्र पिउने पानी वितरण गरेर सडकदेखि टाडामा बस्नेहरूलाई भने वेवास्ता गरिदिने घटना सामान्य बनिसकेको छ। 
कालेबुङका आम नागरिकलाई वितरण गर्ने पिउने पानीको माग प्रतिदिन 15 लाख ग्यालन रहेको छ। तर हाल पिउने पानीको मुहानहरूमा सुकौरो मौसमको कारण जलभण्डारमा पर्याप्त पानी नहुँदा प्रत्येक पाँच अथवा छ दिनमा केवल 8 ग्यालण पानी वितरण हुने गरेको छ। यस्तो अवस्थामा कालेबुङका आम नागरिक काकाकुली बन्नको साटो अर्को कुनै विकल्प नै रहेको छैन। 
कालेबुङका जनतालाई मध्यनजर राखेर डेलोमा निर्मित ब्रिटिसकालिन दुईवटा जलभण्डार रहेको छ जसमा 4 मेगा ग्यालन अनि 1 मेगा ग्यालन पानी अटाउँन सक्ने क्षमता रहेको छ। उक्त दुवैवटा जलभण्डारलाई जन स्वास्थ्य अभियन्ता विभागले हेरचाह गर्ने गर्छ भने त्यस जलभण्डारमा पिउनी पानी भने नेउरा विभागले दिने गर्दछ। यसकारण नेऊरा विभागबाट पर्याप्त पानी आउन नसकेकोले उक्त जलभण्डरमा पानीको मात्र घटेको कारण शहरवासीले समयमा पर्याप्त पानी पाउन नसकेको विभागीय अधिकारीबाट जानकारी प्राप्त भएको छ।

Related Posts

0 Response to "निजी प्रयासमा जमीन मुनीबाट पिउने पानी निकाल्न सफल"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.