गोर्खाल्याण्ड राज्य निर्माणको मागमा दिल्लीमा गोरानिमोको धरना
दिल्ली देखी राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 13
अप्रेल। गोर्खाल्याण्ड्को माग गर्नु चुनाउमा भट्टयाउनु भन्दा मुख्य हो भन्दै भारतको राजधानी नयाँ दिल्लीको जंतर मंतरमा गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा एव नव राज्य निर्माण महासंघको सयुक्त आयोजनामा 2 दिने धरनाको आयोजन गरयो। गोर्खाल्याण्ड राज्य निर्माणको मागमा नारावाजी गर्दै दिल्लीमा बसो बासो गर्ने गोर्खाहरुले पनि 12 एवं 13 अप्रेलमा धरनासंगै भोक हड़तालमा भाग लिए।
गोर्खाल्याण्ड्को मांगमा भारतको राजधानी नयाँ दिल्लीमा नव राज्य निर्माण महासघको तत्वधानमा आयोजित प्रदर्शनमागोर्खाल्याण्ड राज्य निर्माण मोर्चाको पार्टीको पार्टी अध्यक्ष दावा पाखरीन अनि नव निर्माण राज्य महासंघको अध्यक्ष आर के तोमार लगायत दार्जीलिङ, दिल्ली, गुड़गांव अनि हरियाणाको गोर्खा नारी अनि यूवाहरुको उपस्थिति थियो ।
गोरानिमो पार्टी अध्यक्ष दावा पाखरिनको अगुवाईमा दिल्लीका समिर राई, दिपेन भूजेल,
दोर्जे भूटिया, समिर बिश्वकर्मा, दावा शेर्पा, एल वि राई आदिले भोक हड़तालमा भाग लिएका थिए । भोक हड़तालमा आकास रामुदामु, सुनिल शेर्पा, राज सुनार, लाक्पा लेप्चा,
हरि घताने, दिपमाला तामंग, प्रियका राई, जोतिका
तामाग, कबित गुरुङ, सपना विश्वकर्म, सुवला राई, सतिम राई आदिको
उपस्थिति थियो।
यसै परिप्रेक्ष्यमा अलग राज्यको माग गर्दै दिल्लीमा प्रधान मंत्री अनि गृह मंत्रीलाई गोरानिमोले ज्ञापन पनि चड़ायो । नव राज्य निर्माण महासंघले गोर्खाल्याण्ड अनि विधर्ब राज्य गठन गराउने मागमा आयोजन गरेको हो भन्दै नव निर्माण राज्य महासंघको अध्यक्ष आर के तोमारले भने कि गोर्खाल्याण्ड
राज्यको माग भारत स्वाधीन हुन भन्दा अघि देखीको हो, यसको सुनवाइ बंगाल सरकार अनि केन्द्र सरकारले गर्नुपर्छ, गोर्खाहरुको अलग राज्य हुनू पर्छ। सिमानामा प्राणको आहुति दिएर सुरक्षा दिने गोर्खा हाम्रो सन्तान भन्दै तोमारले आफ्नो महासघको पूर्ण समर्थन रहेको बताए । सांसदहरुको समर्थन जुटाउने काममा पनि नरानिमहासंघको पूर्ण समर्थन हुनेछ भन्ने तिनले थप् बताए ।
गोजमुमोको यूवा मोर्चा त्यागेर् गोरानिमोको झण्डा पकड़ीएका समिर राईले बताए कि दिल्लीमा बस्ने गोर्खाहरुले गोर्खाल्याण्ड्को एउटैमात्र लक्ष्य लिएर गोरानिमोको यस प्रदर्शनमा सहभागी भएका हुन। आजको भोक हड़तालको कदर भारत सरकारले गर्नु पर्ने छ् ।
गोरानिमोको नारी मोर्चाका दिप माला तामागले गोर्खाल्याण्डको निम्ति आत्मदाह गर्न परे पनि तैयार भएको बताइन। यस अवसरमा गोर्खाल्याण्ड राज्य निर्माण मोर्चाको अध्यक्ष पाखरिनले भने कि पहाड़मा अहिले गोर्खाल्याण्ड मांग गर्ने पार्टीहरु धेरै छन तर एउटै लक्ष्य पहाड़ तराई एवं डुवर्सलाई लिएर अलग राज्य गोर्खाल्याण्ड राज्यको गठन राख्ने पार्टी गोरानिमो मात्रै हो। तिनले कुनै राजनैतिक पार्टीको नाम नलिइ आवहान गर्दै भने कि पहाडमा पार्टीहरुले आन्दोलनको नाममा गोर्खाल्याण्ड मागी खाने भाडा मात्र बनाइ रहको छ यसकारण हाम्रो मागलाई सफल बनाउन सबैले गोरानिमोलाई सहयोग गर्नुपर्छ। उनले भने " पहिले म गोर्खा राष्ट्रीय मुक्ति मोर्चामा1986 देखी अलग राज्यको निम्ति खटि आएका हु अनि अहिले पनि अलग राज्यको निम्ति खटि रहेको छु"।
प्रधान मंत्रीले 2014को चुनावी जनसभामा सिलगड़ी आउदाँ गोर्खाको सपना मेरो सपना भनेका थिए सो पुरा गर्ने पाखरिनले आफ्नो सम्बोधनमा अनुरोध गरे । पहाडमा सबै राजनैतिक पार्टी चुनावको दौडमा दौड़ीरहेको समयमा सांसदहरुको समर्थन जुटाउनको निम्ति संसद चलिरहेको समय गोर्खाल्याण्डको आवाज यहा गुंजाइरहेको तिनले थप बताए।
0 Response to "गोर्खाल्याण्ड राज्य निर्माणको मागमा दिल्लीमा गोरानिमोको धरना"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.