-->
गोजमुमो पार्टीलाई साथ छोड्ने भातृ संगठन फर्कियो पुन: पार्टीमा

गोजमुमो पार्टीलाई साथ छोड्ने भातृ संगठन फर्कियो पुन: पार्टीमा

डी के वाइबा, कालिमन्युज, कालेबुङ 25 अक्टोबर। गोजमुमो पार्टीले गोर्खाल्याण्डको मुद्दा छोडेर जीटीएमा फर्कियो भन्दै पार्टीको साथ छोड्ने भातृ संगठन जनमुक्ति युनाइटेड लेवर वेलफेर अर्गनाइजेशन आज पुन: मोर्चामा फर्किएको छ। 
ठिक पाँच दिन अघि मात्र जुल्वोले पार्टीको साथ छोडेको घोषणा गरेको थियो। गोर्खाहरुको भविष्य अनि चिन्हारीको संकट जीटीएले पूर्ण गर्न नसक्ने दाबी गर्दै कालेबुङ महकुमा समितिलाई राजीनामा पत्र बुझाउँने संगठनका सबै प्रतिनिधीहरु आज पुन: पार्टीमा फर्किएका छन। 
यहाँको गोजमुमो पार्टी कार्यलयमा आज जुल्वो अध्यक्ष डी बी प्रधान अनि उपाध्यक्ष श्याम गुरुङले एक पत्रकार सम्मेलन डाकेर आफुहरु पुन: पार्टीमा फर्कि आएको जनाए। 
“हामीले पाच दिन अघि पार्टीको साथ छोडेका थियौ। जीटीएले हाम्रो समस्या समाधान गर्दैन भनेर अनि गोर्खाल्याण्डको मुद्दालाई मोर्चाले छोडेको कारण हाम्रो निर्णय पार्टी छोडने थियो। आज पार्टीले जीटीएमा फर्के पनि गोर्खाल्याण्डको मुद्दालाई स्ंगै उठाउँने भनेको कारण हामी पुन: पार्टीमा फर्केर आएका हौँ” डी बी प्रधानले भने। 
यस अवसरमा तिनले पत्रकारहरुलाई सम्बोधन गर्दै आफुहरु गोर्खाल्याण्ड मुद्दाको निम्ति समर्पित रहेको बताएका छन। तिनले सम्बोधनको क्रममा यदि गोर्खाल्याण्डको मुद्दा पार्टीले छोडे आफुहरुले साथ छोड्ने स्पष्ट बताएका छन।
“हामी गोर्खाल्याण्डको निम्ति समर्पित छौँ जीटीएको निम्ति होईन। नेताहरुले यो कुरा बुझ्नु पर्छ। पार्टीले जुन दिन गोर्खाल्याण्डको मुद्दा छोड्छ हामीले पनि साथ छोडेका हुनेछौँ" प्रधानले स्पष्ट भने।

0 Response to "गोजमुमो पार्टीलाई साथ छोड्ने भातृ संगठन फर्कियो पुन: पार्टीमा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.