
तक्लिंग पेशोक मिडल लिंगडिंगमा 42 घर मोर्चा जापमा सामेल
डी के वाइबा, कालिमन्युज, 6 मार्च, कालेबुंग: जीटीएको तक्लिंग पेशोक समष्टी क्षेत्र अन्तर्गत पर्ने मिडल लिंगडिगका 42 परिवारले गोर्खा जनमुक्ति मोर्चा त्याग गरी जन आन्दोलन पार्टीमा सामेल बनेका छ्न् । मिडल लिंगडिगको प्राथमिक पाठशालामा स्थानीय भरत खवासको सभापतित्वमा सम्पन्न सभामा गोर्खा जनमुक्ति मोर्चाका यी कार्यकर्ताहरुले दल त्याग गरी जन आन्दोलन पार्टीमा सामेल बनेको जाप सुत्रले जनाएको छ ।
कार्यक्रम अवधि जन आन्दोलन पार्टीका युवा केन्द्रीय प्रवक्ता विशाल राईले यिनीहरुलाई पार्टीमा स्वागत जनाउँदै झण्डा प्रदान गरेका थिए । स्थानीय लोवर लिंगडिगमा जन आन्दोलन पार्टीको विस्तार भएको केही दिन पछि नै यस क्षेत्रका मोर्चा कार्यकर्ताहरु नव गठित दल जन आन्दोलन पार्टीमा सामेल बनेका हुन् ।
सभामा पुर्व मोर्चा कार्यकर्ता रहेका स्थानीय संजीत तामंगले हालसम्म लिंगडिग साथै समष्टीभित्र बस्ती इलाकाहरुको विकासको निम्ति क्षेत्रीय सभासद साथै जीटीएद्वारा कुनै पहल नभएको बताउँदै यतिका छोटो अवधिभित्र भने केही नहुने सत्ताधारी नेताहरुको पुंजी प्रचुर विकास भएको बताए ।
सभासद र जीटीएको सरोकार नहुँदा नै लिंगडिगमा हालसम्म बाटो,सार्वजनिक भवन, पिउने पानी जस्ता निम्न बुनियादी विकासदेखि क्षेत्र टाढा रहेको उनले बताए । सभामा युवा प्रवक्ता विशाल राईले दार्जीलिंग,तराई डुवर्स क्षेत्रमा आज जनताको हित र अधिकारको निम्ति बौद्धिक र राजनैतिक संस्कार लिएर जन आन्दोलन पार्टीको गठन भएको बताउँदै अहिलेसम्म जनताको समस्या ठीक ठाउँमा, ठीक तरिकाले बोल्न सक्ने ठीक मान्छेहरुको अभावले नै आजको यो अवस्था भएको बताए । हालसम्म जनतालाई राजनैतिक दलले माँगी खाने बनाएको बताउँदै वास्तवमा राजनैतिक दलको काम भनेको जनतामा क्षमता र चेतना विकास गर्ने रहेको सभामा खुलाए। मुनाफाखोरी र एजेण्टगिरी राजनैतिक व्यवस्थाबाट दार्जीलिंग पहाड र जनतालाई बचाउँन सबै शिक्षीत र विचारशील जमात अब लागि पर्नुपर्ने उनले आव्हान गरे । संजीत तामंग र जोजन लेप्चाले सन्चालन गरेको सभालाई जाप केन्द्रीय युवा सदस्य दिपेश सिंह, पर्चापट्टा मांग समिति सन्योजक सुदिप कार्की, तक्दाह टिस्टा भ्याली समष्टी सन्योजक भुपेन्द्र राज राई, समष्टी युवा सन्योजक दिनेश खडका, धनबहादुर थापा ,राजेन खवास आदिले पनि सम्बोधन गरेका थिए ।
0 Response to "तक्लिंग पेशोक मिडल लिंगडिंगमा 42 घर मोर्चा जापमा सामेल"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.