-->
विभागले राशन कटौति किन गर्दैछ – तारा सुन्दास

विभागले राशन कटौति किन गर्दैछ – तारा सुन्दास

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 15 फरवरी। खाद्य सर्वराह विभागले गरीब जनताको राशन कटौती गरेर गरीबहरूको रोटी खोस्ने काम गरेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन्। यसैक्रममा आज माकपा नेता सुन्दासको नेतृत्वमा यहाँको खद्य नियन्त्रक कार्यलय घेराव गरिएको थियो। यसक्रममा गरीब जनताले सही प्रकारले सरकारबाट प्राप्त हुने राशन नपाएको सन्दर्भमा जोडदार आवाज उठाएका थिए। यसक्रममा खाद्य नियन्त्रक कार्यलयमा माकपा नेता सुन्दास अनि खाद्य अधिकारी माझ निक्कै तनावपूर्ण वातावरण सिर्जना भएको थियो। 
हाल सस्तो दामको राशिन वितरण भइरहेको भएपनि रशिनमा 45 प्रतिशत कटौती भइरहेको आरोप लगाउँदै माकपाले महुकमा खाद्य सर्वराह विभाग विभाग कार्यालय घेराउ गरेको थियो। राशिनमा कटौतो गरेको कारण धेरै मानिसहरू सरकारी राशिन पाउनबाट बञ्चित रहेको आरोप लगाउँदै माकपा कार्यकर्ता अनि उपभोक्ताहरूले महुकमा खाद्य नियन्त्रक अधिकारी कार्यालयअघि व्यापक रूपमा प्रदर्शन गरे। 
माकपा नेता तारा सुन्दासको नेतृत्वमा उनीहरूको कार्यालयअघि विरोध प्रदर्शन गर्दै डिजिटलाइजेसनको प्रक्रियाको कारण आफूहरू राशिन पाउनबाट बञ्चित हुन नहुने माग गरेका छ्न। यस विरोध प्रदर्शन अवधि प्रदर्शनकारी अनि अधिकारीहरूमाझ निक्कै तर्का तर्की भएको थियो। एकातिर राशिन थाप्दा आधार कार्ड, राशिन कार्ड, पञ्जिकरण आदिको बाहन बनाएर स्थानीय कर्यालयमा राशिन पाउनबाट वञ्चित गरिरहेको माकपा नेता तारा सुन्दासले आरोप लगाएका छन् भने अर्कोतिर खाद्य निरिक्षक अधिकारीले राशिन नपाउने उपभोक्ताहरूको राशिन कार्ड निरक्षण गरिने प्रक्रिया भइरहेको बताएका छन्।

Related Posts

0 Response to "विभागले राशन कटौति किन गर्दैछ – तारा सुन्दास"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.