-->
अस्थायी कर्मचारीवर्गलाई स्थायीकरण गर्नुपर्ने मागमा पोस्टरिङ

अस्थायी कर्मचारीवर्गलाई स्थायीकरण गर्नुपर्ने मागमा पोस्टरिङ

डी के वाइबा, कालिमन्युज, कालेबुङ 15 फरवरी। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनमा कार्यरत सम्पूर्ण अस्थायी कर्मचारीवर्गलाई चुनावी आचरसंहिता लागु हुनअघि नै स्थायीकरण हुनुपर्ने माग गर्दै आज सम्पूर्ण पे व्याण्ड कर्मचारीवर्गले शहरमा पोष्टर टाँसिएको छ।
पोष्टरमा जीटीए अन्तर्गतमा सबै अस्थायी कर्मचारहरूलाई विधानसभा चुनाउको आचारसंहिता लागु हुनअघि नै स्थानीयकऱण गर्नुर्ने माग गिरएको छ। यसबाहेक आगामी मार्च 16 देखि एनसीटीको अधिनियम शुरू हुनअघि नै पे व्याण्ड शिक्षक-सिक्षिका स्थायीकरण हुनुपर्ने अनि जीटीएको कोशबाट कर्मचारीहरूलाई वेतन दिने जीटीएको वचनअनुसार जीटीएले उक्त राशी स्थायीकरणको निम्ति खर्च गर्नुपर्ने पनि पोष्टमा माग गरिएको छ।
यसबारे अस्थायी कर्मचारी संगठनका महकुमा समितिका अध्यक्ष केसी राईले जानकारी गराउँदै वर्षौदेखि आफूहरू स्थायीकरणका निम्ति संघर्षरत रहेपनि आजस्म स्थायीकरण हुनसकेनौँ भन्दै चुनावी आचारसंहिता लागु हुनअघि नै स्थायीकरण हुनपर्न माग अनि स्थायीकरण सम्बन्धी सङ्गठनको अडान सार्वजनिक गरेका छन्। यसक्रममा कोलकोताको उच्च न्यायलयले चार महिना भित्रमा सम्पूर्ण अस्थायी कर्मचारीवर्गलाई स्थायीकरण गर्नुपर्ने आदेश दिए पनि आजसम्म सरकारले भने यसबारे कार्य नगरेको आरोप लगाउँदै सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। 
यसक्रममा उनीहरूको समस्यालाई जीटीए प्रमुख विमल गुरूङले पनि समाधान गर्ने आश्वाशन दिएको बताउँदै यसबारे जीटीएले पनि काम गर्नुपर्ने माग गरेका छन्।

Related Posts

0 Response to "अस्थायी कर्मचारीवर्गलाई स्थायीकरण गर्नुपर्ने मागमा पोस्टरिङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.