-->
रोशन गिरीको वक्तव्यको जापद्वारा खण्डन

रोशन गिरीको वक्तव्यको जापद्वारा खण्डन

प्रे वि, कालिमन्युज, कालेबुङ, 27 फरवरी: जन आन्दोलन पार्टी मोर्चा महासचिव नयन प्रधानले गोजमुमो महासचिव रोशन गीरिले जन आन्दोलन पार्टीका अध्यक्ष एव कालेबुङका विधायक डा. हर्कबहादुरलाई लगाएको विभिन्न आरोपहरुको खण्डन गरेका छन। 
प्रधानले एक विज्ञप्ति मार्फत बताएका छन कि मोर्चा महासचिवलाई आजसम्म पनि थाहा छैन रहेछ कि छुट्टै राज्य गोर्खाल्याण्ड कसलाई माग्नु पर्ने हो भनेर। उनले आफूहरुले जस्तै गोर्खाल्याण्डको माग गरी जनतालाई डाट्नका निम्ति हामीलाई सिकाइ रहेका छन्। राज्यका मन्त्री अरुप विश्वासलाई छुट्टै राज्य माग्नु कुनै ठूलो कुरा होइन। तर, मन्त्री विश्वासबाट गोर्खाल्याण्ड सम्भव हुँदैन भन्ने कुरा जन आन्दोलन पार्टीलाई थाहा छ। यसैले हामी मन्त्री समक्ष केवल गोर्खाल्याण्डको कुरा राखेर आम पहाड़वासीलाई डाट्न चहाँदैनौ। यस्तै उपटाङ्ग कुरा गर्दा हाम्रा पार्टी अध्यक्ष डा. छेत्रीले शुरुमा नै भनेका थिए, गोर्खाल्याण्ड कहाँ माग्नु पर्ने सो हामीलाई थाहा छ, अनि हामी माग्छौ पनि। 
अध्यक्ष डा. छेत्रीले गोर्खाल्याण्ड आन्दोलनको निम्ति मोर्चाको अध्यक्ष बनाउ सम्म भनेका थिए। उनले जीटीएको चिफ बनाउनु भनेका थिएनन। यदि डा. छेत्री मोर्चाको अध्यक्ष भएका भए उनको प्रथम जिम्मेवारी नै जीटीए त्यागेर गोर्खाल्याण्डको माग गर्नु हुने थियो। मोर्चा सचिवले गोर्खाल्याण्डको निम्ति पार्टी अध्यक्ष बिमल गुरूङले जीटीएको पदसमेत त्यागेको उल्लेख गरेका छन्। तर, यो सरासर हास्यद्पदको कुरा हो। यदि मोर्चा अध्यक्ष साचो गोर्खाल्याण्ड प्रेमी हुन भने दुइ-दुइ चोटी जीटीएको शपथ किन ग्रहण गरे। उनले जीटीएको पदबाट दिएको राजीनामा दार्जीलिङ पहाड़को आँखामा धुलो हाल्ने नाटक मात्र हो। यो नाटकदेखि जनता अनभिज्ञ छैनन् भनि विज्ञप्ति बताउछ। 
विज्ञप्तिमा बताइएको छ कि केन्द्रको सत्तासिन दल भारतीय जनता पार्टीले दलको घोषणा पत्रमा गोर्खा अनि तराई-डुवर्सवासीको दिर्घमियादी मागलाई सहानुभूतिपूर्वक निरिक्षण गरी सकारात्मक पदक्षेप उठाइने छ भन्ने उल्लेख भएको मोर्चा सचिव रोशन गीरिले दावी गरेका छन्। तर, त्यो दिर्घमियादी माग के हो? सो आजसम्म स्पष्ट छैन। यसको साथै गोर्खाको सपना मेरो सपना भनेर प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको भोट मात्र होइन सपना पनि खोसेको छ। केन्द्रमा भाजपाको पूर्ण बहुमतको सरकार बनिदा पनि किन आजसम्म देश भरिका गोर्खाहरुको सपना पुरा हुन सकेन? दार्जीलिङबाट भाजपा पार्थी एसएस अहलुवालीयालाई सांसद बनाउने मोर्चाले किन प्रधानमन्त्री समक्ष गोर्खाको सपना पुरा गरीदेउसमेत भन्न सक्दैन? आज आएर मोर्चाले गोर्खाल्याण्डको निम्ति कमिटि गठनको माग गर्दैछ। त के गोर्खाको सपना कमिटि गठन गर्नु हो? दिल्ली गएर 11 वटा जातीलाई जनजातीको मान्यता दिइनु पर्ने माग गर्छ। त के यो गोर्खाको सपना हो। कि दार्जीलिङ जिल्लामा विश्वविद्यालयको माग गर्नु चै गोर्खाको सपना हो। आम जनता अन्योलमा छन्। 
विज्ञ्प्तिमा बताइएको छ् कि वास्तवमा गोर्खाको सपना के हो सो मोर्चा नेतृत्वहरुले स्पष्ट पार्नुपर्छ। विधायकलाई गोर्खाल्याण्डको आवाज उठाउन विधानसभा पठाएको भन्दै भोट बटुलेर मोर्चाले भोट जीते पछि विधायकहरुलाई सरकार पक्षको बेञ्चमा बस्ने आदेश दिएको थियो साथै राज्यसभा चुनाउमा तृणमूललाई भोट हाल्न लगाएको थियो। पछिबाट जीटीएमा हस्तक्षेप भएको कारण नै विधायकहरुलाई राजीनामा दिन लगाएको हो। तर, साढे चार वर्षसम्म कहिले पनि मोर्चाले विधायकहरुलाई गोर्खाल्याण्डको कुरा गर्न दिएन। विधानसभामा विधायकहरुको मुख बन्द गर्ने शक्ति मोर्चा नै हो त्यो मोर्चा सचिव रोशन गीरिलाई राम्रोसँग थाहा छ। 
जन आन्दोलन पार्टीले डुवर्सवासीलाई राजनीतिको नयाँ बाटो देखाइ दिएको छ। आज डुवर्सवासीहरु मुख्यमन्त्री समक्ष खड़ा भएर बोल्न सक्ने भए। मोर्चाको आन्दोलनमा ज्यान दिने डुवर्सवासीलाई जीटीएले हालसम्म कुनै प्रकारको विकासको सहुलियतहरु दिन सकेको थिएन। त्यसैले जापले डुवर्सको विकासको निम्ति सोझै मुख्यमन्त्रीसँग डुवर्सवासीको सम्पर्क गराउने काम गरेको छ। अब डुवर्सले गरेको विकासबाट जीटीएले शिक्षा लिनु जरुरी छ। डुवर्सलाई प्रयोग गर्छु भन्ने मोर्चा नेतृत्वहरु अहिले डुवर्सको राजनीतिक क्षमतादेखि डराइरहेका छन्। जापले डुवर्सलाई राजनैतिक शरण नदिएर, डुवर्सलाई राजनैतिक रुपमा आफ्नै खुट्टामा सम्मानसँग खड़ा हुन सिकाएको छ भनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

Related Posts

0 Response to "रोशन गिरीको वक्तव्यको जापद्वारा खण्डन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.