-->
पत्रकारहरुको भूमिका तेलंगना राज्य गठनमा महत्वपूर्ण थियो - उप मुख्यमंत्री श्रीहरि

पत्रकारहरुको भूमिका तेलंगना राज्य गठनमा महत्वपूर्ण थियो - उप मुख्यमंत्री श्रीहरि

राजेश शर्मा, कालिमन्युज, तेलंगना । भारतको 29 वा नयाँ राज्यको तेलंगनाको राजधानी वारंगलमा इण्डीयन जर्नलिस्ट यूनियनको नेसनल काउंसिलको 2 दिने सभा बस्यो। 18 राज्यहरुबाट आएका प्रतिनिधि मण्डलको माझमा पत्रकारहरुको समस्यालाई लिएर दुइ दिने नेसनल काउंसिलको बैठक राष्ट्रीय अध्यक्ष एस एन सिन्हाको अध्यक्षतामा सम्पन्न भयो । आजको पहिलो दिनको बैठकको प्रमुख अतिथिको रुपमा तेलंगनाका डिप्टी सिएम कडियम श्रीहरि अनि विशिष्ट् अतिथिको रुपमा सांसद सिताराम नायक, विधायक बिनय भासकर लगायत सुचना एंव संचार बिभागको उच्च अधिकारी नविन मित्तल उपस्थित थिए। 
भारतका 18 वटा राज्यका पत्रकारहरु अनि पूर्व उत्तर क्षेत्रको इस्टर्न हिमालय जर्नलिस्ट यूनियनको प्रतिनिधिहरु पनि यस कार्यक्रममा उपस्थित् थिए । 
यस अवसरमा उपमुख्यमंत्री श्रीहरिले आफ्नो भाषणको क्रममा भने कि पत्रकार भनेको जनताको ऐना हो सरकारले जनताहरु माथि भई रहेको समस्यालाई पत्रकारहरु मार्फत देख्छन यसैले पत्रकारको ठूलो भूमिका छ। तेलंगना राज्य बनिनुमा यस क्षेत्रको पत्रकारहरुको ठूलो भूमिका छ। यो राज्य गठनको आन्दोलन भइरहेको बेला जनताको आवाजलाई सरकार समक्ष सहि रुपमा पुरयाउने ठूलो भूमिका पत्रकारहरुले लिएका थिए।
यसैले, सरकारले पत्रकारको हितको निम्ति बिमारीहरुको विमा योजनाको निम्ति आर्थीक सहयोग अनि सरकारी बसमा निशुल्क यातायातको व्यवस्था गरेको छ। प्रत्येक् जिल्लामा पत्रकारहरुलाई बस्ने घर बनाएर दिने योजना हाम्रो छ ।100 कड़ोरको धन राशीको योजना बनाइएको मंत्रीले घोषणा गरे । एक्रिडिटेसन कार्ड भएका 10 बर्ष पुरा भएकाहरुलाई 10 हजार पेन्सनको रुपमा सरकारले दिने अघिवाटै घोषणा भएको पनि तिनले थप बताए । 
यता प्रसंगवश उनले भने कि स-साना राज्यहरुको मांग गरिरहनेहरुले म यो सुझाउ दिन चहान्छु कि त्यस स्थानको पत्रकारहरुलाई सम्मान साथ सहायता लिएर आन्दोलन गरे मात्रै आफ्नो अलग राज्यको मांगलाई सफल बनाउन सकिंछ । 
यस अवसरमा सांसद सिताराम नायकले अहिले पत्रकारहरुलाई विभिन राज्यहरुमा एउटा कर्मचारीको रुपमा मात्र हेर्ने गरिएको छ तर त्यो ठीक होइन भन्दै पत्रकारहरुलेसाचो अनि सत्य खबर प्रकासन गरेर सरकारलाई मदत पुराउनू आवस्यक छ भन्ने सुझाव राखे । तिनले भने यस अवसरमा इण्डीयन जर्नलिस्ट यूनियनको अध्यक्ष एस एन सिन्हा तेलंगना राज्य सरकारलाई धन्यबाद दिदै यस्तो योजनाहरुलाई अरु राज्यले पनि लागु गर्नु पर्ने आफ्नो मन्तब्य पोखे । संगठनले भारत सरकारलाई अर्जी गरे वापद पत्रकारहरुको निम्ति रेलको कन्सेसन इ टिकट आउदो 1 अप्रेल देखी शुरु हुने भएको पनि बताए । 
यता असमको जर्नलिस्ट युनियनको अध्यक्ष गितार्थ पाठकले भने अहिले असम सरकारले हालैमा 20 बर्ष सेवा गरिसकेका एक्रिडिटेसन कार्ड हुने नहुने सबै पत्रकारहरुलाई 5 हजार गरेर पेनसन दिने घोषणा गरेको जनाए।

Related Posts

0 Response to "पत्रकारहरुको भूमिका तेलंगना राज्य गठनमा महत्वपूर्ण थियो - उप मुख्यमंत्री श्रीहरि"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.