-->
बिमल गुरूङको बयान विवादित-जाप

बिमल गुरूङको बयान विवादित-जाप

प्रेवि, कालिमन्युज, कालेबुङ, 31 जनवरी 2016। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङले गत हप्ताह कालेबुङ्को जनसभामा दिएको वक्तव्य विवादित रहेको जापको भनाइ छ भने मोर्चा सहसचिव विनय तामाङको स्पष्टिकरण झन अलमल्ल पार्ने रहेको जन आन्दोलन पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्रीले एक प्रेस विज्ञप्ति मार्फत बताएका छन्। 
 विज्ञप्तिमा भनिएकोछ आज प्रकाशित दैनिक पत्रिकामा मोर्चा सहसचिव विनय तामाङले दोहोरो बयान दिएका छन्। एउटै विषयमाथि मोर्चा अध्यक्ष गुरूङ अनि सहसचिव तामाङको डबल स्टयाण्ड कसरी हुन सक्छ? यदी कालेबुङको भू-भाग भुटानको हो भने मोर्चाले कसरी यहाँ छुट्टै राज्यको माग गर्नसक्छ? आफ्नो ठाउँ नै नभए पछि मोर्चाले यहाँ गोर्खाल्याण्डको माग गर्नु सकिन्दैन भनेर कुरा स्पष्ट पार्नुपर्छ। मोर्चाले भारतको संसदमा पठाएको सांसदलाई फर्काउनु पर्छ। र म(डा. हर्कबहादुर छेत्र)लाई पनि भुटानको भोटले जितेर विधानसभामा गरेको हो भन्दै विधानसभाबटा फर्काउनु पर्छ। मोर्चाले दोहोरो कुरा गरिरहेको छ। जिल्ला नहुने ठाउँमा कसरी राज्य हुन्छ ? मोर्चालाई मेरो प्रश्न छ। 
 बिज्ञप्तिमा भनिएकोछ मोर्चा अध्यक्ष गुरूङकोमा राजनीतिक क्षमता नभएको कारण नै आज कालेबुङको भू-भागलाई लिएर मोर्चाले यस प्रकारको देश द्रोही बयान दिइरहेका छन्। गुरूङसँग केवल पार्टी महासचिव रोशन गीरि अनि सहसचिव वियन तामाङ मात्र बस्नसक्न छन्। जसले बुझेर पनि दल प्रमुखलाई यी कुरा सोध्ने आट गर्दैनन् उनीहरुमात्र मोर्चामा बस्न सक्छ। हामी सोच्ने भयो यसैले यस्तो उत्पट्याङ राजनीति गर्दैनौ। यसले जनताको भलो हुँदैन। मोर्चाले हालमा राष्ट्राको सर्वभौमिक्तामाथि प्रश्न उठाइरहेको छ। देशको मानचित्रमा भएको ठाउँलाई मोर्चा नेतृत्वहरुले देशको होइन भन्दैछन् । 
यसको मतलब उनकोमा देशप्रति हुनुपर्ने बफादारी छैनरहेछ। यो मोर्चा अध्यक्षको देश द्रेही क्रियाकलाप हो। यस ठाउँलाई भारतको होइन भन्नु अघि मोर्चा अध्यक्षले 1952 सालदेखि यता निरन्तर रुपमा देशको संसद अनि विधानसभामा दार्जीलिङ पहाड़बाट उम्मेद्वारहरु पुगेको कुरालाई किन बुझ्दैनन्। हाम्रा मान्छेहरु लोकसभा अनि विधानसभामा पुगे तर, कहिले पनि कसैले यो कुरा उठाएनन्। किन भने प्रश्न उठाउने ठाउँ नै छैनन्। आफू मूर्ख भएको कारण मोर्चा अध्यक्षले सबैलाई मूर्ख देखिरहेको छ। मूर्खको नेतृत्वमा गोर्खाल्याण्ड होइन आम भारतीय गोर्खाहरुलाई नै शंकाको घेरोमा हाल्ने काम हुन्छ। उनले त प्रश्न उठायो तर, अब सम्पूर्ण भारतीय गोर्खाहरुलाई देशले शंकाको नजरले हेर्नेछ। किनभने देश भित्र बसेर हाम्रैहरुले देश द्रोहीको कुरा गरिरहेका छन् । 
सन् 1917 सालमा पनि हिल्सम्यान एसोसिएसनले दार्जीलिङवासीको अनुहार चीनसँग मिल्ने कुरा गरेर विवाद उत्पन्न गराएको थियो। यसैको आधारमा सन् 1950 सालमा गोर्खाहरु देश प्रति बफादार नरहेको कुरा उल्लेख गर्दै प्रथम गृहमन्त्रीले पत्रचार गरेको थियो। यसैले गर्दा नेहरु कालेबुङ आउँदा कालेबुङलाई स्पाइहरुको गुड़ भनेको हो। हाम्रो पार्टीले शुरूमा नै देश प्रतिको बफदार र सर्वभौमिक्तालाई प्रथमिक्ता दिएको छ। पार्टी मार्फत लेखित रुपमा यस प्रकारको विवादहरुलाई मेटाउने प्रयास भइरहेको छ। तर, यहाँ मोर्चा अध्यक्षले पुन विवाद बढाउने काम गरिरहेका छन्। यो स्थिति सबैका निम्ति खतराको शंकेत हो। देशले गोर्खाहरुलाई हेर्ने दृष्टीकोण मोर्चा अध्यक्षले बुझ्दैन। तर, उनको अज्ञान्ताको कारण आम भारतीय गोर्खाहरुलाई देशले शंकाको नजरले हेर्नेछ। । पार्टी प्रमुखको विवादित बयान प्रति समर्थकहरुले उत्साह देखाएर ताली बझाउनु हुँदैन। आफ्नो नेताको समक्षा हेरेर नै समर्थकहरुले पनि सह्योग गर्नुपर्छ। मूर्ख नेतृत्वले जहिले पनि समस्या निमत्याउनेछ भनी बिज्ञप्तिमा सुझाव दिइएको छ।

0 Response to "बिमल गुरूङको बयान विवादित-जाप"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.