उठ्यो कोल्टे पाखा घाम लाग्ने आशामा
डी के वाइबा, कालिमन्युज, कालेबुङः कहिले आन्दोलनको निम्ति ज्यान दिँने त कहिले विकासको निम्ति पछाड़िएको कोल्टे पाखा भनेर चिनिँदै आएको रेली पारिको निम्बोङ पाब्रिङ क्षेत्र अब सुत्दैन, बरबोटमा आयोजित डिस्ट्रिक्ट डिमान्ड कमिटीको जनसभा अवधि आएका सालडाँड़ा क्षेत्रका 65 वर्षीय मनबहादुर भूजेलले भने,हामी जहिले पनि प्रयोगको बस्तु बन्यौं। ठूलो ठूलो सपना देखाइयो, तर कहिले पूरा गरिएन। गोजमुमो अध्यक्ष विमल गुरूङ यो जमाना कम्प्यूटरको जमाना हो भन्दै आए, तर कम्प्यूटर युगका नानीहरूलाई पढ्ने एउटा स्कूलधरि बनाइदिएन्।
सालडाँड़ा, गिदाङ, दोस्रो दलपचन्द गरेर एसएसके र प्राथमिक पाठशालाहरू चारवटा छन। तथापि एउटा एमएसकेसम्म छैन। जसले गर्दा विद्यार्थीहरूले कक्षा चार पढीसकेपछि स्कूल छोड़ेर गाई बाख्रा चराउनुपर्छ। त्यसपछि अलिकति वुद्धी आए दिल्ली र मुम्बई जानुपर्छ। अब डिमान्ड कमिटीसंगै एउटा आशा छ। उनीहरूले मलबुङ क्षेत्रको निम्ति एउटा एमएसके भए पनि जुनियर हाईस्कूल भए पनि व्यवस्था गरिदिए यो ठूलो क्षेत्रलाई नै सुविधा हुने थियो। उनले दावी गरे, अब कोल्टे पाखा निन्द्रा बाट उठ्यो।
अब विकासको निम्ति यहाँबाट आवाज उठ्ने छ।
निम्बोङ क्षेत्रकै सोर्याक्साबाट आएका याकुब लेप्चाले जनाएअनुसार कालेबुङको सबै भन्दा टाड़ो मानिने तोदेताङतालाई अब सड़कले जोड़्यो। जसले गर्दा अब उनीहरू नजिक भए। तर निम्बोङको सोर्याक्सा क्षेत्र आज पनि तोदे ताङता भन्दा अभेकको ठाउँ बनेर बसिरहेको छ। जहाँका जनता आज पनि खच्चड़ जस्ता भएर बसिरहेका छन्। उक्त क्षेत्रलाई सड़कसंग जोडिदिए क्षेत्रमा घाम लाग्ने थियो।
यता पेमलिङ क्षेत्रका ओङछिरिङ लेप्चाले पनि क्षेत्रमा सड़क, पानी र शिक्षाको बिकराल समस्या रहेको बताए। उनले भने, क्षेत्रमा एउटा जुनियर हाईस्कूल छ। जो 26 वर्षदेखि निजी रूपमा सञ्चालन भइरहेको छ। यसको निम्ति जिमान्ड कमिटीबाट पहलको माग गर्छौं।
चुइखिम क्षेत्रका छत्र गुरूङले जनाएअनुसार क्षेत्रमा रहेको माइन जुनियर हाईस्कूललाई सरकारी मान्यता पाए क्षेत्रमा धेरै सुविधा हुनेछ। हाम्रा नेतृत्वले उसै पनि ज्ञानखेती गर्ने घोषणा गरिसकेका छन्। यसलाई कार्यान्वान्यनमा नल्याएसम्म गाउँमा घाम लाग्दैन। यसैले डिमान्ड कमिटीले नयाँ स्कूलहरूको निर्माणमा जोड़ दिइयोस्।
याङमाकुम क्षेत्रका दिलिप छेत्रीले जनाएअनुसार क्षेत्रमा पनि धेरैवटा समस्याहरू रहेको छ। उनको दावी अनुसार याङमाकुममा बरू गोरामुमो कालमा दुईवटा पूल बनियो। तर गोजमुमोको समयमा एलोट्मेंट् भयो भनिएको रोङ खोलाको पूल धरि बनाइएन।
अर्कोतिर क्षेत्रका ब्लक कमिटी संयोजक अजय सुब्बाले जनाएअनुसार नेतृत्वको भिजन नभएकोले गर्दा नै रेलीवारि प्रशासनिक सुविधाको कुनै काम हुन सकेन। मूड़े पोलिटिक्सको कारण नै रेली वारि एउटा पुलिस चेकपोस्टसम्म नरहेको जनाउँदै उनले थपे, यहाँ बेरोजगारको थाक लागेको छ। हाम्रा युवाहरू बाहिरहेको छ। छोरी चेली बिक्री हुने घटना घरि घरि दोहोरिरहन्छ। यस्तो समस्याहरूलाई हाम्रो राजनैतिक दलहरूले कहिले सम्वोधन गर्न सकेनन्। सत्ता मात्रै देख्ने राजनैतिक दलले जनताको आकंक्षा कहिले पूरा हुन नसक्ने देखेपछि नै जनताले परिवर्तनको नारा लगाएका हुन्।
अर्कोतिर खोपी गाउँ क्षेत्रका बिशाल गुरूङले जनाएअनुसार क्षेत्रका मनिसहरू आज पनि यस्ता समस्यामा छन्, जहाँ कोही बिमारी भए डोकोमा बोकेर लान वाद्य छन्। उनले भने, यहाँ शिक्षा छैन। स्वास्थ्य केन्द्र ठीक छैन। सड़क छैन। व्यवस्था ठीक छैन। नेताहरूले गोर्खाल्याण्ड माग्नको निम्ति घरलौरी जानुपर्छ भन्छन्। तर त्यही जनताको निम्ति केही गर्दैनन्। यसैले 27 जनवरीदेखि नयाँ दिन शुरू हुने आशा हामीले गरेका छौं।
0 Response to "उठ्यो कोल्टे पाखा घाम लाग्ने आशामा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.