
बाग्राकोट अब एउटै जिल्ला कालेबुङ्मा हुनुपर्ने प्रस्तावना सरकार समक्ष पेश
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 18 जनवरी। नयाँ राजनैतिक दल गठन गर्नअघि कालेबुङका विधायक डा. हर्कबहादुर छेत्रीले विभिन्न ठाउँहरूमा गएर जनसम्पर्क गर्ने अभियानलाई निरन्तरता दिइरहेका छन्। कालेबुङ-दार्जीलिङतिर मात्र होइन तराई र डुवर्सका क्षेत्रहरूमा पनि डा. छेत्रीको भ्रमण जारी छ।
मानिसहरूको विचार बुझ्दै गठन हुनलागेको नयाँ दलको अवधारणा बुझाउने क्रममा आइतबार बाग्राकोट पुगेका डा. छेत्रीले स्थानीय समाज सचेतक एवं कार्यकर्ताहरूले भेट गरे। अपरान्हतिर् बाग्राकोट पुगेका डा. छेत्रीले पहिलो चरणमा स्थानीय सीबी घले, जेबी राई, डीडीसीका डुवर्स संयोजक रोशन पेरिवाल आदिसित लगभग 15 मिनट बैठक गरे। यस बैठकमा अधिवक्ता अमर लामा र अनमोल प्रसाद पनि उपस्थित थिए।
यसपछि दोस्रो चरणमा उनले स्थानीय पेमा लामा, ब्रुनो लेप्चा, विजय मङ्गर साथै सैयौँ कार्यकर्ताहरूसित भेट गरे। यस भेटमा छेत्रीले स्थानीय मानिसहरूको समस्याहरू सुन्दै आफूहरूको नेतृत्वमा गठन हुनलागेको नयाँ राजनैतिक दलले डुवर्सका मानिसहरूको समस्यालाई प्रमुखतासित उठान गर्ने बताए।
उक्त बैठकमा सयदिने रोजगारमा भइरहेको भ्रष्टचार, पिउने पानीको समस्या, चिया श्रमिकहरूको आर्थिक, सामाजिक एवं शैक्षिक अवस्था, पर्चा-पट्टा साथै प्रस्तावित कालेबुङ जिल्लाको सिमाङ्कन सम्बन्धमा चर्चा भएको थियो। स्थानीय कार्यकर्ताहरूलाई सम्बोधन गर्दै डा. छेत्रीले ठिकसित काम गर्नसके धेरै समस्याहरू समाधान गर्नसकिने बताए। डा. छेत्रीले भने, प्रस्तावित कालेबुङ जिल्लामा डुवर्सका कालेबुङ संलग्न क्षेत्रहरू अन्तर्भुक्त हुनुपर्छ भन्ने अडान राखेका छौँ। यदि सरकारले हाम्रो प्रस्ताव स्वीकार गरेको खण्डमा बाग्राकोट क्षेत्र दुईवटा जिल्लामा विभाजन भएर बस्दैन।
जम्मै बाग्राकोट क्षेत्र कालेबुङ जिल्लामा पर्नुपर्छ भन्ने हाम्रो माग हो। यस भेटमा छेत्रीले कालेबुङ जिल्ला पूर्ण रूपमा अस्तित्वमा आएपछि धेरै प्रशासनिक लाभहरू हुने बताए। उनले भने, नेताले ठिकसित जनताको कुरा राख्नुसक्यो भने धेरैवटा उपलब्धीहरू हासिल गर्न सकिन्छ। मैले तीन महिनाभित्रमा कालेबुङ जिल्ला ल्याएर देखाइदिएको छु। अरूले देखाउनलायकको चिज केही ल्याउन सकेका छैनन्। जीटीए मोर्चाले मात्र ल्याएको होइन आन्दोलनमा सबै लागेको कारण जीटीए पाएको हो। तर मोर्चाले ल्याएकै चिज पनि चलाउन जानेन।
यसअवधि उनले पत्रकारहरूसित कुराकानी गर्दै भने, डुवर्स सँधै भोटव्याङ्क मात्र भइरह्यो। डुवर्सबासी भावनात्मक आन्दोलनको शिकार भइरहे। डुवर्सका गोर्खा-आदिवासीको आम समस्या साँचो अर्थमा कहिले सम्बोधन भएन। उनीहरूलाई समाज अनि राष्ट्को मूलधारमा ल्याउने प्रयास गरिएन। बहुसङ्ख्यक डुवर्सबासी चियाबगानसित जोडिएको हुँदाहुँदै पनि चियाश्रमिकहरूको आर्थिक, सामाजिक र शैक्षिक अवस्थामा सुधार ल्याउने दिशामा ठोस पहल नभएको छेत्रीले आरोप लगाए। यसैले अब डुवर्सबासी पनि राजनैतिक व्यवस्था परिवर्तनको पक्षमा देखिएको भन्दै छेत्रीले शिक्षित र दुर्दर्शी नेतृत्वमाथि आस्था व्यक्त गर्दै हाल डुवर्सवासी पनि नयाँ दलप्रति आश्वस्त भएर आफूहरूसित जोडिरहेको बताए।
नयाँ दलले डुवर्सको हरेक समस्यालाई ठोस् रूपमा उठान गर्ने कुरा आश्वस्त गराउँदै उनले पहाड, तराई-डुवर्सका मानिसहरूको मूलभूत समस्याहरू समाधान गर्न आफूहरू प्रतिबद्ध रहेको छेत्रीले बताए।
यसरी नै डा. छेत्रीले स्थानीय प्रसिद्ध मूर्तिकार अमीर सुन्दासको नीजि निवासमा पुगेर उनका कलाकृतिहरूको पनि अवलोकन गरे। डा. छेत्रीले सुन्दासका कलाकृतिहरूको मुग्धकण्डले प्रशंसा गर्दै अमीर जस्ता कलाकारहरू समाजका समपत्तिहरू रहेको बताए। डा. छेत्रीको भ्रमणबारे मूर्तिकार सुन्दासले पनि खुशी व्यक्त गर्दै डा.छेत्रीको भ्रमणले आफूलाई अझ काम गर्ने प्रेरणा मिलेको सुन्दासले बताए।
0 Response to "बाग्राकोट अब एउटै जिल्ला कालेबुङ्मा हुनुपर्ने प्रस्तावना सरकार समक्ष पेश"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.