-->
सुन्तला खेतीमाथि एक दिवसीय प्रशिक्षण शिविर सम्पन्न

सुन्तला खेतीमाथि एक दिवसीय प्रशिक्षण शिविर सम्पन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 13 जनवरी। दार्जीलिङ पहाडको सुन्तला खेतीलाई पुन: पुरानै गौरवमा फर्काएर ल्याउने उद्देश्यले भारतीय कृषि अनुसन्धान संस्थान कालेबुङ शाखा अनि भारतीय किसान सङ्घको संयुक्त आयोजनामा सुन्तला खेतीमाथि एक दिवसीय प्रशिक्षण शिविर सम्पन्न भएको थियो।
यहाँको आठ माइल स्थित संस्थाको सभागृहमा सम्पन्न प्रशिक्षण शिविरमा विभिन्न क्षेत्रका 25 जना उद्यमि कृषकहरूले सहभागिता जनाएका थिए। यस अवसरमा बैज्ञानिकहरूले वर्तमान स्थितिम सुन्तलाको खेतीमा आइरहेको ह्रास सम्बन्धि कृषकवर्गलाई जानकारी गराउने कार्य भयो।
शिविरका स्रोत व्यक्तिका रूपमा भारतीय कृषि अनुसन्धान संस्थान कालेबुङ शाखाका बैज्ञानिक डा. सुजीत सरकार अनि डा. नायसा गुरूङ उपस्थित थिए। प्रशिक्षणबारे जानकारी गराउँदै वैज्ञानिक डा. सुजीत सरकारले गुणवत्ताका निम्ति दार्जीलिङ सुन्तला विश्वप्रसिद्ध भए पनि हाल विभिन्न रोगहरूको कारण सुन्तला उत्पादनमा कमी आइरहेको बताए। यसबारे संस्थानले सुन्तला खेतीमाथि सर्वेक्षण गर्दा दार्जीलिङ पहाडमा सुन्तला खेती गर्ने कृषकहरूको सङ्ख्यमा कमि आइरहेको अनि सुन्तलाको उब्जनीमा पनि कमि देखिएको सर्वेक्षणद्वारा पत्तो लागेको जानकारी दिएका छन्।
उचित व्यवस्थापनको अभाव र सुन्तला खेतीमाथिको बढ्दो रोगको प्रकोप यसका प्रमुख कारणहरू रहेको सर्वेक्षणमा भेटिएको वैज्ञानिक डा. सरकारले बताए। यससम्बन्धमा कृषकवर्गको क्षमता बिकास गर्न अनिवार्य रहेकै कारण यसरी प्रशिक्षण शिविर आयोजना गरिएको जानकारी गराए। रासायनिक पद्धति, यान्त्रिक प्रक्रिया साथै सांस्कृतिक प्रक्रियालाई मिलाएर दार्जीलिङको सुन्तलाको गरीमालाई पुनः फर्काइल्याउन सकिने उनले बताउँडै यसबारे कृषकवर्गमा खेतीबारे सचेतना हुन आवश्यक छ भने। 
यसबाहेक सुन्तलाबाट अझ धेर आय अर्जन गर्नसकिने भएका कारण सुन्तलाबाट जुस, अचारलगायतका सहायक उद्पादन गर्नसकिने व्यवहारिक प्रक्रियाबारे पनि कृषकहरूलाई प्रशिक्षण प्रदान गरिएको थियो। वैज्ञानिक डा. सुजित सरकारले संस्थानले दार्जीलिङ पहाडमा धेरैवटा नयाँ परिजोजनाहरू शुरू गरिरहेको बताए। नयाँ परियोजनाहरूमा संस्थानले आईआरआईको पोष्टअफिस लिङ्केज मोडल पहाडमा शुरू गर्नेछ। जसअन्तर्गत पोष्टअफिसको माध्मयबाट संस्थानले कृषकहरूलाई उन्नत जातका बोट-बिरूवाहरू प्रदान गर्नेछ। यसरी नै आईरआईकै एनजीओ लिङ्केज मोडल योजना अन्तर्गत एनजीओको माध्मयबाट कृषकहरूलाई तक्निकी सर-सामाग्रीहरू प्रदान गरिने उनले अझ बताएका छन्।

Related Posts

0 Response to "सुन्तला खेतीमाथि एक दिवसीय प्रशिक्षण शिविर सम्पन्न "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.