-->
गणेश निम्न बुनियाँदी पाठशाला भवनको नयाँ भवन निर्माण हुने

गणेश निम्न बुनियाँदी पाठशाला भवनको नयाँ भवन निर्माण हुने

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 13 जनवरी। कालेबुङ, 13 जनवरी। सरकारी आँखी ओझेलमा परेको बोङ्बस्तीको गणेश निम्न बुनियाँदी पाठशाला भवनको नयाँ भवन निर्माण हुने भएको छ। जसको निम्ति आज क्षेत्रिय सभासद सुनिल प्रधानले भूमीपूजन गरेर नयाँ भवन निर्माणको शिल्यान्यास गरेका छन्।
जीटीएको शिक्षा विभागद्वारा स्कूल भावन निर्माण हुनेछ। 25 लाख रूपियाँको लागतमा स्कूल भवन निर्माण हुनेछ। हिन्दु धर्म अन्तर्गत पूजा अर्चनापछि निर्माणकार्य शुरू गरिएको छ भने उक्त निर्माण कार्य आठ महिनाभित्र पूर्ण गर्नुपर्ने विभागीय निर्देश रहेको छ।
क्षेत्रीय सभासद् सुनिल प्रधानले भवन निर्माण कार्यका निम्ति जीटीए प्रमुख विमल गुरूङप्रति आभार प्रकट गरेका छन्। गुरूङले क्षेत्रमा भ्रमण गर्दा स्कूलको सोचनीय अवस्था देखेपछि नै स्कूल भवन निर्माण तय गरेको भन्दै जीटीए प्रमुख विमल गुरूङको सदिच्छाको कारण नै स्कूल भवन बन्न गरिरहेको प्रधानले बताए।
यसरी नै अर्कोतिर स्थानीय ठेकेदार जीवन छेत्रीले विद्यार्थाहरूको पठन-पठानलाई केन्द्र गर्दै आगामी मार्च महिनाभित्र नै भवन निर्माण प्रक्रिया पूर्ण हुने बताएका छन्। वर्षौदेखि सोचनीय रहेको भवनमा पठनपाठन गराउनपर्ने बाध्यतासित जुझिरहेका स्कूलका शिक्षक-शिक्षिकाले भवन निर्माण प्रक्रिया शुरू भएका कारण धेरै राहत अनुभव गरिरहेका छन्। 
स्कूलका शिक्षिका प्रभा शर्माले स्कूल भवनको सोचनीय अवस्थाबारे आफ्नो अनुभव साझा गर्दै भवन निर्माण कार्य पूर्ण भए पठनपाठनमा सहयोग हुने बताइन्। यसको निम्ति सम्बन्धित विभाग प्रति आभार व्यक्त गरेकी छन्।

Related Posts

0 Response to "गणेश निम्न बुनियाँदी पाठशाला भवनको नयाँ भवन निर्माण हुने "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.