कालेबुङमा 2016को चुनाउमा राम्रो खेला हुनेछ- बिमल गुरुङ्
राजेश शर्मा, कालिमन्युज, बाग्राकोट
30 दिसम्बर । दिल्ली भ्रमण पश्चात डुवर्सको बाग्राकोट स्थित चुनाभट्टीमा गोर्खा
जनमुक्ती मोर्चाको पार्टी अध्यक्ष बिमल गुरुङले एउटा आपतकालीन सभालाई सम्बोधन गरे।
62 दिन पदयात्रा गरेपछि गृह मंत्री राजनाथ सिंहको आमंत्रणमा बातचित गर्न दिल्ली
लागेता पनि पदयात्रा समाप्त नभएको तिनले आज बताए।
गोर्खाल्याण्डको एजेण्डामा बातचित
हुने भएकोले दिल्ली गएको तिनले थप बताउदै 396 मौजा अंतर्भुक्त मात्रै होइन तर
गोर्खाल्याण्ड्को प्रस्तावित् मानचित्रमा उल्लेखित सिलगडी अनि डुवर्सको सुनकोस नदी
सम्मको भुभाग माग राखिएको तिनले बताए। डुवर्सको भूभाग मेरो मूटू हो भनि यदि म
हनुमान भएको भए छाती चिरेर देखाई दिन्थे भनि तिनले आफ्नो सम्बोधनमा बताए।
2010को 8 फरवरीको दिन सिबसुमा
निता खवास, बिक्की लामा र बिमला राई अनि डुवर्सका अकबर लामाले
गोर्खाल्याण्डको निम्ति जातीको अनि सन्तानको निम्ति गोली खाएर शहीद भएको गराउदै म त्यसलाई भुलेर पनि गद्दार बन्न सक्दीन भन्ने
बताए। तिनले अझै भने बिमल गुरुङले इमान बेचेको छैन । गोर्खा जातीको निम्ति चिन्हारीको
मागको निम्ति मैले आफ्नो घर पनि नजाने वाचा गरेको हुदा मैले आफ्नो अफीसलाई
नै बासस्थान बनाएको छु, यो वाचा गोर्खा जातीको निम्ति गरेको छु, तिनले भने। विधान
सभा चुनाउ आउदै छ यसैको फायदा लिएर बिरोधीहरुले गोर्खा जातीलाई च्यातने काम गर्ने
प्रयास गरिरहेकोछ् त्यस देखी बाचेर हिड़ने अपिल मेरो आमा बाबालाई गर्छु तिनले अझै
भने।
आगामी 3 तारीख जयगाउ आउने पनि तिनले जनाए । प्रधान
मंत्री संग भएको बात चितको बारेमा बताउदै तिनले बताए कि अब हुने दिल्ली धर्नामा सबैजना
आफ्नो खर्चमा जानू पर्छ। 5 तारीख हुने त्रिपक्ष वार्ताको निम्ति दस्तावेजहरु तैयार
भैरहेको तिनले बताए । 11 वटा गोर्खा जातिलाई जनजाती सर्व भारतिय स्तरमानै जनजातीको
दर्जा दिलाउने दिल्लीमा माग गरिएको पनि तिनले बताए ।
कालेबुङको जिल्ला सन्दर्भमा बोल्दै जिल्ला एउटा
देखावटी मात्र रहेको बताए। कालेबुङमा 2016को चुनाउमा राम्रो खेला हुने छ तर पनि
गोजमुमोले 10 गोलले बिजय हुने दावी गर्दै त्यस क्षेत्रको मानिसहरुले यो बारे धेरै
सोचनु पर्ने तिनले जनाए। गोजमुमोको नेताहरुलाई यो चुनौती हो, हर्क बहादुरले जति
जति बोल्छ त्यतिनै त्यहाँकाहरुले अब डिफेनसिभ् खेल खेल्नु पर्ने अवस्था आएको छ अनि
त्योनै गोजमुमोको निम्ति राम्रो कुरो हो ।
पेपरमा लेखीएको कुराले डुवर्सले मन
खिन्न गर्नु हुदैन भन्दै तिनले भने डुवर्सको निम्ति गोजमुमो र यसको सांसदले दिल्लीमा
आवाज उठाइ सकेकोछ। माईकल तामंगको अध्यक्षतामा आयोजित यस सभामा
डुवर्सका सागठनीक सचिव रोहित थापा, सभासद ज्योती कुमार राई, त्रिलोक चन्द रोका, दिवाकर गुरुङ, सुचना एवं संस्कृति बिभागका सभासद विनय तामंग, पिटी
ओला लगायत डुवर्सका बिभिन्न क्षेत्रका गोजमुमो समर्थकहरुको उपस्थित थिए ।
0 Response to "कालेबुङमा 2016को चुनाउमा राम्रो खेला हुनेछ- बिमल गुरुङ् "
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.